Home समाचार सर्वोच्चबाट सजायँ तोकिएका फरार संग्रौला पक्राउ

सर्वोच्चबाट सजायँ तोकिएका फरार संग्रौला पक्राउ

झापा । ठगी मुद्दाका फरार अभियुक्त संग्रौलालाई प्रहरीले तेह्रथुमबाट पक्राउ गरेको छ ।
हालको कनकाई नगरपालिका वडा नं.– २ ६८ वर्षिय हरिभक्त संग्रौलालाई तेह्रथुम जिल्ला प्रहरी कार्यालयको समन्वयमा साउन १६ गते साविक छातेढुङ्गा गाविसबाट पक्राउ गरिएको थियो । पक्राउ गरेका संग्रहैलालाई सोमबार जिलला अदालतमा पेश गरी कारागार पठाइएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता राकेश थापाले जानकारी दिनसभयो ।
ठगि मुद्दामा संग्रौलालाई २०७३ साल चैत ७ गते सर्वोच्च अदालतले तीनवर्ष कैद सजाँय सुनाएको थियो । फैसलाताका एक वर्ष नौ महिना पन्ध दिन कैद सजायँ भुक्तान नगरी फरार भएका उनलाई पुनः नियन्त्रणमा लिई कारागार पठाइएको जनाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

समाचार सर्वोच्चबाट सजायँ तोकिएका फरार संग्रौला पक्राउ

Most Popular

Recent Comments