Home समाचार सोमबार झापाका पाँचजनामा कोरोना संक्रमण

सोमबार झापाका पाँचजनामा कोरोना संक्रमण

झापा । झापा ५ जनामा आज (सोमबार) कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।
कोशी अस्पताल विराटनगर र प्रादेशिक प्रयोगशाला विराटनगरको प्रयोगशालामा गरिएको पिसिआर परीक्षणमा अर्जुनधाराका–४ पुरुष र विर्तामोडकी एक महिलामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौंलागाईले जानकारी दिनुभयो । आज कोरोना देखिएका दुवै नगरपालिकामा हाल लकडाउन गरिएको छ ।
संक्रमण पुष्टि भएका पाँचजना मध्ये विर्तामोडकी महिला भारतबाट आएर क्वारेन्टिनमा बसेकी हुन् भने अर्जुनधारा संक्रमित केही दिन अघि विदेशबाट आएर नगरपालिकाको क्वारेन्टिनमा बस्दै आएका थिए ।
देशभर आज ४१८ जनामा कोरोना संक्रमण पुष्टि भएसंगै नेपालमा कोरोना संक्रमितको संख्या २०७५० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले जनाउनु भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

समाचार सोमबार झापाका पाँचजनामा कोरोना संक्रमण

Most Popular

Recent Comments