Home समाचार ऋषी तर्पणी मनाइदै

ऋषी तर्पणी मनाइदै

झापा १९ साउन । आज श्रावण शुक्ल पूर्णिमा । तागाधारीहरुले बैदिक विधीपूर्वक मन्त्रिएका जनै तथा रक्षाबन्धन बाँधेर मनाउँदैछन् । प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन ऋषिहरुको विशेष पूजा आरधना गरी रक्षासूत्र धारण गरी मनाइन्छ ।
वैदिक सनातन धर्म मान्नेहरुले ऋषितर्पणी अर्थात जनै पूर्णिमाका दिन वैदिक मन्त्रोच्चारणद्वारा मन्त्रणा गरिएको जनै फेरेर र रक्षाबन्धन (डोरो) बाँधेर मनाउँदै आएका छन् ।
साउन शुक्ल पूर्णिमाका नजिकैको नदी तथा तलाउमा गई संकल्पसहित सामुहिक स्नान गर्ने, जौ, तिल र कुशद्वारा ऋषिहरुलाई तर्पण गरी वैदिक रुद्राभिषेक पद्धतिबाट मन्त्रिएको नयाँ जनै (यज्ञोपवीत)तथा रक्षाबन्धन बाध्ने र ऋषिमुनीहरुको पूजाआरधनासहित दिनभर ब्रत बस्ने चलन छ । दैनिक स्नान, स्रयाध्र्य, सन्ध्याबन्धन र यो विशेष दिनमा ऋषिहरुलाई तर्पण गर्नाले जन्मदै लिएर आएको ऋषिऋणबाट मुक्त हुने जनविश्वास छ ।
गुरु पुरोहितले विधिपूर्वक मन्त्रिएको डोरो (रक्षासूत्र) धारण गरेमा नकारात्मक तत्वबाट सुरक्षा प्राप्त हुने धार्मिक जनविश्वास समेत पाइन्छ ।
मानव रक्षाका लागि जप, तप र पूजा गरी मन्त्रिएको रक्षाबन्धन अर्थात् डोरो वैदिक परम्पराको मन्त्रोच्चारण गर्दै ब्राह्मण पुरोहितहरुले यजमानको दाहिने नाडीमा बाँधिदिने गर्छन् । वैदिक विधि तथा धर्मशास्त्रहरुका अनुसार ब्राह्मण, क्षत्री र वैश्य गरी तीन वर्णका तागाधारी छन् । तागाधारी सबैले साउन शुक्ल पूर्णिमाका दिन जनै फेर्नुपर्ने विधान उल्लेख छ । त्यसैले साउनको पूर्णिमालाई श्रावणी नुहाउने, जनै पूर्णिमा, ऋषिहरुलाई तर्पण गरिनेहुँदा ऋषितर्पणी आदि नामले पनि चिनिन्छ ।
अरुन्धतीसहित कश्यप, अत्रि, भारद्वाज, विश्वामित्र, गौतम, जमदग्नि, वशिष्ठ र अगस्त्य गरी आठ ऋषिलाई पूजा एवं तर्पण गर्ने वैदिक धार्मिक ग्रन्थहरुमा उल्लेख छ । वैदिक परम्पराअनुसार मन्त्रोचारित अर्थात यज्ञोपवितलाई ब्रम्हसूत्र अर्थात ज्ञानको धागोको रुपमा पनि लिइन्छ ।
जातजाति र क्षेत्र अनुसार नेपालमा फरक–फरक तरिकाले जनैपूर्णिमा मनाइन्छ । नेपालको तराई क्षेत्रमा साउन शुक्ल पूर्णिमाका दिन दिदीबहिनीले दाजुभाइलाई राखी बाँधिदिने गर्छन । यसले दिदीबहिनी र दाजुभाइका बीच प्रेमसम्बन्ध बढ्ने र आपसी सम्बन्ध सुमधुर हुने सामाजिक मान्यता छ ।
यता नेवारी समुदायले भने जनै पूर्णिमाका दिन विभिन्न जातका गेडागुडी मिसाई भिजाइएको गेडागुडीको रस (क्वाटी) खाने प्रचलन छ ।
मिश्रित गेडागुडीको रस अर्थात क्वाँटी खानाले शरीरमा रोग नलाग्ने, पेट सफा हुने र वर्षायामभर खेतीपातीको काम गर्दा शरीरमा लागेको चिसो निकाली भित्रदेखि नै तापको सञ्चार गर्छ भन्ने धार्मिक एवं आयुर्वेद शास्त्रको मान्यता छ । क्वाँटीले प्रत्यक ब्यक्तिको शरीरको रोग प्रतिरोधी क्षमतासमेत बढाउँछ ।
जनै पूर्णिमाका दिन काठमाडौंको उत्तरपूर्वी भेगमा रहेको मणिचूड, रसुवाको गोसाइँकुण्ड, ललितपुरको कुम्भेश्वर, सिन्धुपाल्चोकको पाँचपोखरी, धनुषाको जनकपुरधाम, धनुषसागर र गंगासागर, जुम्लाको दानसाधु एवं नवलपरासीको त्रिवेणीधामलगायत स्थानमा बिहानैदेखि मेला लाग्ने गरेकामा यस वर्ष कोरोना भाइरस संक्रमणको भयका कारण मेला स्थगित गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

समाचार ऋषी तर्पणी मनाइदै

Most Popular

खुकुरी प्रहारबाट श्रीमती ठहरै, एक घाइते

दमक ८ मंसीर । परपुरुषसंग लागेको शंका गरी झापा दमक नगरपालिका वडा नंं–१ का एक व्यक्तिले आफ्नै श्रीमतिको खुकुरी प्रहार गर्दा श्रीमतीको...

मेची–महाकाली बुहारीद्वारा अधिकारीलाई उपचार सहयोग

झापा ७ मंसीर । मेची–महाकाली बुहारी संयुक्त आवाज केन्द्रीय समिती र झापा जिल्ला समितिको सक्रियतामा झापा धुलाबारीकि शान्ता अधिकारीलाई आर्थिक सहयोग...

जेसीज सप्ताहः एकैदिन तीनवटा कार्यक्रम

भद्रपुर ६ मंसिर । जेसीज सप्ताहको सन्दर्भ पारेर भद्रपुर जेसीजले छुट्टा छुट्टै ३ वटा कार्यक्रमहरु सम्पन्न गरेको छ ।मंसिर ४ गतेबाट...

साना मझौला व्यवसायी बचत तथा ऋण सहकारीको दशौं साधारणसभा सम्पन्न

विर्तामोड ६ मंसीर । साना मझौला व्यवसायी बचत तथा ऋण सहकारी संस्थाले विभिन्न चरण पार गर्दै दशौं बार्षिक साधारणसभा शनिवार सम्पन्न...

Recent Comments