Home समुदायमा कोरोना जोखिमको त्रास, विर्तामोड र अर्जुनधारा लकडाउन

समुदायमा कोरोना जोखिमको त्रास, विर्तामोड र अर्जुनधारा लकडाउन

विर्तामोड १८ साउन । समुदायमा कोरोना संक्रमणको जोखिम बढेपछि विर्तामोड र अर्जुनधारा नगरपालिकामा लकडाउन गरिएको छ । आज (आइतबार) राति १२ बजेबाट लागु हुने गरी दुवै नगरपालिकाले लकडाउनको निर्णय गरेका हुन् ।
विर्तामोड नगरपालिकाले आइतबार राति १२ बजेबाट लागु हुनेगरी लकडाउनको निर्णय गरेको हो भने अर्जुनधारा नगरपालिकामा आइतबार विहानबाट लकडाउन लागु भएको छ ।
विर्तामोडमा आइतबार बसेको कोरोना संक्रमण जोखिम न्युनिकरण समितिको बैठकले विर्तामोड पनि संक्रमणको उच्च जोखिममा रहेको ठहर गर्दै राति १२ बजेदेखि अर्को सूचना नभएसम्मका लागि लकडाउन घोषणा गरेको हो ।
नगरप्रमुख ध्रुवकुमार शिवाकोटीको अध्यक्षतामा बसेको बैठकले अत्यावश्यक सेवाबाहेकका अरु सबै साधन बन्द गर्ने निर्णय गरेको मेयर शिवाकोटीले जानकारी दिनुभयो ।
उहाँका अनुसार नेकपा एमालेका बाह्रदशी गाउँपालिकाका नेता र औषधि ब्यवसायी, दुई सुरक्षाकर्मी विर्तामोडमा पनि हिडडुल गरेको पाइएपछि संक्रमीतको संम्पर्कमा रहेका एकहजारदेखि पन्ध्रसय जनासम्मको स्वाव संकलन गरी पिसिआर परिक्षण गरिने छ । लकडाउनको अवधिमा विहान ८ देखि ११ बजेसम्म अत्यावश्यक खाद्यान्न सामग्रीका पशल सञ्चालन हुनेछन् भने वैंक तथा वित्तीय संस्थाहरु बन्द गर्ने निर्णय भएको जनाइएको छ ।
यसैबीच अन्यत्रबाट आएका सार्वजनिक सवारी साधन सडकमा कुद्न पाउने तर विर्तामोडमा रोक्न नपाइएने निर्णय भएको नगरपालिकाका प्रवक्ता अग्नी पाण्डेले जानकारी दिनुभयो ।
यसैबीच अर्जुनधारा नगरपालिकाले ५ दिनका लागि नगर क्षेत्रमा आगामी २२ गतेसम्म लकडाउनको घोषणा गरेको छ ।
नगरको कोभिड क्राइसिस म्यानेजमेन्ट कमिटी (सीसीएमसी)को शनिबार आकस्मिक बैठक बसी साउन १८ गते बिहान ५ गतेदेखि २२ गतेसम्म लकडाउन गर्ने निर्णय गरेको हो । नगरपालिकाको सभाकक्षमा बसेको बैठकले नगरमा कन्ट्याक ट्रेसिङ गर्न सहज होस् भन्नका लागि उक्त निर्णय गरेको नगरप्रमुख हरिकुमार रानाले जानकारी दिनुभयो ।
अर्जुनधारा नगरपालिका वडा नं १ का एक ब्यक्तिमा कोरोना संक्रमण देखिएपछि समुदायमा फैलन सक्ने जोखिम कम गर्न लकडाउन घोषणा गरेको बताइएको छ ।
रानाका अनुसार लकडाउन अवधिभर निजी तथा भाडाका गाडी, मोटरसाइकलसमेत पूर्णरुपमा बन्द गर्ने तर, सरकारी, बैंक, वित्तीय संस्थालगायतका कार्यालय खुल्ला राख्ने निर्णय गरेको छ । वैंक तथा वित्तीय संस्थामा कार्यरत कर्मचारीले संस्थाको परिचयपत्र लगाएर मोटरसाइकल सञ्चालन गर्न पाउने मापदण्ड बनाइएको छ ।
यस्तै, नगरपालिका र वडा कार्यालय खुला रहे पनि साविकमा दिइँदै आएका सिफारिसलगायतका सेवाहरु बन्द रहने निर्णय गरिएको नगर प्रमुख प्रशासकीय अधिकृत पंकज भूर्तेलले जानकारी दिनुभयो ।
यसैबीच देशभरमा २४६ जनामा कोरोना पुष्टी भएको छ । यो सँगै देशभरमा संक्रमीतको संख्या २० हजार ३ सय ३२ छ भने १ सय ११ जना कोरोना जितेर घर फर्किएका छन् । कोरोनाका कारण विरगञ्जमा एकजनाको मृत्यु भएको छ भने हालसम्म १४ हजार ६ सय तीनजना कोरोना संक्रमण निको भएर घर फर्किइसकेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -

Most Popular

१० वर्षिया बालिकासहित मेचीनगरमा ८ जनामा संक्रमण

झापा । १० वर्षीया एक बालिकासहित भझापाको मेचीनगर नगरपालिकाका ८ जनामा कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमण पुष्टि भएको छ।बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको...

सूचना नलुकाएको दावी, बैंकका १६ कर्मचारीको कन्ट्रयाक ट्रेसिङ

झापा । कोरोना संक्रमण (कोभिड–१९) पुष्टि भएको सूचना पाएर पनि विर्तामोड नगरपालिकाले संक्रमितको सूचना नलुकाएको दावी गरेको छ ।एनएमबी बैंकको विर्तामोड शाखाका...

साउन २२ कालोदिनमा, लिम्बूवान स्थापनाका लागि लडिरहने प्रण

झापा २२ साउन । प्रत्येक वर्षको साउन २२ गतेलाई लिम्बूवानजन्य संघसंस्थाहरुले कालो दिनको रुपमा मनाउने गरेका छन् । वि.सं. १८३१ साल साउन...

विर्तामोड र अर्जुनधारामा निषेधाज्ञा भ्रम

झापा। झापाको विर्तामोड र अर्जुनधारा नगरपालिकामा स्थानीय तहले गरेको लकडाउन जारी छ । लकडाउन जारी रहेका बेला आज (बुधबार) एकाएक निषेधाज्ञा जारी...

Recent Comments