Home समाचार झापामा समुदायमा संक्रमण जोखिम, अर्जुनधारा–१ शिल

झापामा समुदायमा संक्रमण जोखिम, अर्जुनधारा–१ शिल

विर्तामोड १७ साउन । अर्जुनधारा नगरपालिका वार्ड नं–१ सिस्नेमा कोरोना संक्रमीत भेटिएपछि वडा शिल गरिएको छ । समुदायमा संक्रमण फैलन सक्ने जोखिम न्युनिकरणका लागि वडा शिल गरिएको जनाइएको छ । झापामा २ जनामा कोरोना संक्रमण पुष्टी भएको हो । विर्तामोडको क्वारेन्टाइनमा खटिएकी महिला प्रहरीमा पनि कोरोना संक्रमण पुष्टी भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । उनीहरुको उपचारका लागि
पछिल्लो २४ घण्टामा देशभरमा ३१५ जना कोरोना संक्रमीत थपिएका छन् । देशभरका विभिन्न प्रयोगशालामा ६ हजार ९९३ नमुना परीक्षण गरिएको ३१५ संक्रमीत भेटिएका हुन् ।
यससँगै कुल संक्रमितको संख्या २० हजार नाघेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित पत्रकार भेटघाटमा जनाएको छ ।
मन्त्रालयका अनुसार सबैभन्दा धेरै कैलालीमा ९८ जना संक्रमित भेटिएका छन् भने बझाङका ६८, पर्सामा ६६, अछामम २८ जना, इलाममा २२, कञ्चनपुरमा ९ जना र सप्तरीका ७ जनामा पनि कोरोना संक्रमण पुष्टि भएको हो ।
यसैगरी काठमाडौं र सिराहाका ५÷५ , मोरङ, रामेछाप र रुपन्देहीका २–२ जना तथा सुनसरी, उदयपुर, बारा, रौतहट, काभ्रे, भक्तपुर, कास्की र सल्यानका एकएक जनामा संक्रमण पुष्टि भएको छ ।
यससँगै कुल संक्रमितको संख्या २० हजार ८६ पुगेको छ । कोरोनाका कारण हालसम्म ५६ जनाको मृत्यु भएको छ । अहिलेसम्म १४ हजार ४९२ जना कोरोना जितेर घर फर्किएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

समाचार झापामा समुदायमा संक्रमण जोखिम, अर्जुनधारा–१ शिल

Most Popular

Recent Comments