Home समाचार रञ्जनलाई पूरा सजाय गर्न नेविसंघको माग

रञ्जनलाई पूरा सजाय गर्न नेविसंघको माग

झापा । शक्ति र पैसाको आडमा न्यायालयलाई नै प्रभावमा राखेको निष्कर्षसहित यसको विरोधमा ने.वि.संघ झापाले भद्रपुर, गौरादह, दमक, कमल र गौरीगञ्जमा प्रदर्शन गरेको छ ।
पत्नी हत्याको आरोप स्वीकार गरेपछि आजीवन काराबासको सजाय भुक्तान गरिरहेका पूर्व डि.आइ.जी. रन्जन कोइरालालाई सर्वोच्च अदालतले साढे आठ वर्षमा नै छाडिदिएपछि शक्ति र पैसाको आडमा न्यायालयलाई नै प्रभावमा पारिएको निष्कर्षसहित त्यसको विरोधमा नेविसंघ झापाले एकैदिन वेग्लावेग्लै पाँच स्थानमा प्रदर्शन गरेको हो ।
रञ्जन कोइरालालाई पूरा सजाय गरिनुपर्ने, सर्वोच्च अदालतका प्रधान न्यायधीस चोलेन्द्र शमशेरलाई महाअभियोग लगाई कारबाही गरिनुपर्ने मागसहित प्रदर्शन गरिएको नेविसंघ झापा सभापति राजेन्द्र उप्रेतीले बताए ।
‘नेपाली संप्रभुता जिन्दावाद, न्यायपालिकामाथिको हस्तक्षेप बन्द गर, सुशासन कायम गर ,केपी ओली मूर्दावाद ,हिन्दू धर्मको अनादर नगर, चिनियाँ अतिक्रमण स्वीकार्य छैन , चिनियाँ हस्तक्षेप मूर्दावाद, चिनियाँ बिस्तारवाद मूर्दावाद, हाम्रो भूमि फिर्ता गर ’ लगायतका नारा सहित प्रदर्शन गरिएको थियो । प्रदर्शनमा युवा विद्यार्थीहरुको उल्लेख्य सहभागिता रहेको थियो ।
श्रीमतीको हत्या आरोपमा आजीवन काराबासको सजाय सुनाइएका रञ्जन कोइराला गत साउन ८ गते सर्वोच्चको आदेशमा ८ बर्ष कैद भुक्तान गर्दागर्दै थुनामुक्त भइसकेका छन् । अदालतको यस निर्णयले अदालतप्रतिको जनविश्वास गुम्ने र निश्पक्ष न्यायिक प्रक्रियाप्रति नै प्रश्न उठेको भन्दै नेविसंघले प्रदर्शन गर्दै आएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

समाचार रञ्जनलाई पूरा सजाय गर्न नेविसंघको माग

Most Popular

Recent Comments