Home समाचार विराटनगरमा बन्दाबन्दी कार्यान्वयनमा जरिवाना गर्ने

विराटनगरमा बन्दाबन्दी कार्यान्वयनमा जरिवाना गर्ने

विराटनगर / विराटनगर महानगरपालिकाले घोषणा गरेको १४ दिने बन्दाबन्दी (लकडाउन) कडारुपमा कार्यान्वयन गर्ने तयारी गरिएको छ । बन्दाबन्दी पालना नगर्नेलाई कानून बमोजिम दण्ड जरिवाना गर्ने समेत तयारी गरिएको जिल्ला प्रशासन कार्यालय मोरङ जनाएको छ ।
समुदायस्तरमा कोरोना भाइरस फैलिएपछि विराटनगर महामनगरपालिकामा घोषणा गरिएको बन्दाबन्दी कार्यान्वयनमा महानगर र जिल्ला प्रशासन कार्यालयले समन्वय गरी कडाई गर्ने तयारी गरेको हो ।
कोरोना भाइरस संक्रमण समुदायस्तरमा फैलिएकोले त्यसलाई रोकथाम तथा नियन्त्रण गर्न लकडाउन उल्लंघन गर्नेलाई कानून बमोजिम कारवाही गर्ने मोरङका निमित्त प्रमुख जिल्ला अधिकारी ध्रुबबहादुर खड्काले जानकारी दिनुभयो । महानगरमा कोरोना संक्रमितको संख्या १०८ पुगेपछि बन्दाबन्दी घोषणा गरिएको हो । लकडाउन शुक्रबार राति १२ बजेबाट साउन ३० गते राति १२ बजेसम्म कायम रहने महानगरपालिकाले जनाएको छ ।
लकडाउन उल्लंघन गर्नेलाई संघीय सरकारले तोके अनुसारको कार्वाही गरिने उहाँले बताउनु भयो ।
लकडाउनको अवधिमा नगर क्षेत्रभित्र अत्यावश्यक सेवाका बाहेक सबै सवारी साधन, बजार तथा पसल, उद्योग, व्यवसाय, नयाँ र पुरानो दुवै गुद्री बजार बन्द रहने महानगरपालिकाले जनाएको छ । लकडाउनको अबधिमा खाद्यान्न तरकारी, फलफुल, औषधि, दूध, पानी, अक्सिजन, इन्धन, बारुणयन्त्र, अस्पतालका बहिरंग बाहेकको सेवा, सरसफाईकर्मी, स्वास्थ्यकर्मी, सञ्चार लगायत मालबहालक सवारी साधन भने सामाजिक दुरी र स्वास्थ्य सुरक्षा पालना गरेर सञ्चालन हुनेछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -

Most Popular

१० वर्षिया बालिकासहित मेचीनगरमा ८ जनामा संक्रमण

झापा । १० वर्षीया एक बालिकासहित भझापाको मेचीनगर नगरपालिकाका ८ जनामा कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमण पुष्टि भएको छ।बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको...

सूचना नलुकाएको दावी, बैंकका १६ कर्मचारीको कन्ट्रयाक ट्रेसिङ

झापा । कोरोना संक्रमण (कोभिड–१९) पुष्टि भएको सूचना पाएर पनि विर्तामोड नगरपालिकाले संक्रमितको सूचना नलुकाएको दावी गरेको छ ।एनएमबी बैंकको विर्तामोड शाखाका...

साउन २२ कालोदिनमा, लिम्बूवान स्थापनाका लागि लडिरहने प्रण

झापा २२ साउन । प्रत्येक वर्षको साउन २२ गतेलाई लिम्बूवानजन्य संघसंस्थाहरुले कालो दिनको रुपमा मनाउने गरेका छन् । वि.सं. १८३१ साल साउन...

विर्तामोड र अर्जुनधारामा निषेधाज्ञा भ्रम

झापा। झापाको विर्तामोड र अर्जुनधारा नगरपालिकामा स्थानीय तहले गरेको लकडाउन जारी छ । लकडाउन जारी रहेका बेला आज (बुधबार) एकाएक निषेधाज्ञा जारी...

Recent Comments