Home शिक्षा/स्वास्थ्य विद्यालय सञ्चालन नगर्न नियामक निकायको निर्देशन

विद्यालय सञ्चालन नगर्न नियामक निकायको निर्देशन

झापा । कोरोना संक्रमणका दृष्टिले रेडजोनमा परेको भद्रपुर नगरपालिकासहित झापाका विभिन्न स्थानमा सञ्चालित सामुदायिक तथा संस्थागत विद्यालय तथा शैक्षिक कन्सल्टेन्सी र ट्युसन सेन्टरहरुलाई प्रतयक्ष अध्ययन/अध्यापन नगराउन नियामक निकायले निर्देशन जारी गरेको छ ।
संघीय सरकारको निर्णयलाई लत्याउँदै भद्रपुर नगरपालिकाले आचारसंहिता नै बनाएर अनौपचारिक रुपमा नगरभित्रका सामुदायिक तथा निजी विद्यालय सञ्चालनका लागि अनुमति दिएपछि भद्रपुरका केही विद्यालयले कक्षा–९ र १० कक्षा सञ्चालन गर्दै आएका थिए ।
विद्यालय सञ्चालन भइरहेको समाचार प्रकाशन/प्रशारणपछि नियामक निकायले बन्द गर्न निर्देशन दिएको हो । यसअघि बिहीबार नै नेपाल विद्यार्थी संघ झापाले पनि विद्यालय सञ्चालनका विषयमा झापाका प्रमुख जिल्ला अधिकारी, शिक्षा विकास तथा समन्वय इकाइ प्रमुख तथा प्रहरी प्रमुखको ध्यानाकर्षण गराएको थियो ।

समाचार प्रभाव


जिल्ला प्रशासन कार्यालय झापाका सहायक प्रमुख जिल्ला अधिकारी र शिक्षा विकास तथा समन्वय इकाई झापाले वेग्लाबेग्लै सूचना जारी गर्दै कोभिड–१९ संक्रमणको जोखिमलाई ध्यानमा राखेर प्रत्यक्ष पठन–पाठन नगर्न/नगराउन निर्देशन जारी गरेको हो ।
शिक्षा विकास तथा समन्वय इकाइ झापाका प्रमुख जयप्रसाद महतले एक सूचना जारी गर्दै प्रत्यक्ष पठन–पाठन नगर्न/नगराउन निर्देशन झापाका सबै विद्यालयलाई निर्देशन दिनुभएको छ ।
नेपाल सरकार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको असार ८ र मन्त्रीपरिषदको जेठ २८ गतेको निर्णयानुसार शैक्षिक संस्थाहरु विद्यालय, कलेज, ट्यु्सन सेन्टर, तालिम केन्द्र सञ्चालन नगर्ने आदेश जारी भएको भन्दै शिक्षण संस्था बन्द गर्न निर्देशनमा भनिएको छ ।
कोभिड–१९ को जोखिम कायम रहेको अवस्थामा सरकारबाट अर्को आदेश जारी नभएसम्म प्रत्यक्ष पठन–पाठन नगर्न–नगराउन सबै सामुदायिक तथा संस्थागत विद्यालयलाई आग्रह गरिएको छ ।
यता जिल्ला प्रशासन कार्यालय झापाले जारी गरेको सूचनामा २०७७ साल भदौ १ गतेदेखि स्थगित भएका परीक्षा र विद्यार्थी भर्ना गर्ने तर अर्को सूचना नभएसम्म शैक्षिक संस्था, विद्यालय, कलेज, ट्युसन सेन्टर र तालिमकेन्द्र सञ्चालन नगर्न निर्देशन गरिएको छ ।

यो पनि पढ्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -

Most Popular

१० वर्षिया बालिकासहित मेचीनगरमा ८ जनामा संक्रमण

झापा । १० वर्षीया एक बालिकासहित भझापाको मेचीनगर नगरपालिकाका ८ जनामा कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमण पुष्टि भएको छ।बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको...

सूचना नलुकाएको दावी, बैंकका १६ कर्मचारीको कन्ट्रयाक ट्रेसिङ

झापा । कोरोना संक्रमण (कोभिड–१९) पुष्टि भएको सूचना पाएर पनि विर्तामोड नगरपालिकाले संक्रमितको सूचना नलुकाएको दावी गरेको छ ।एनएमबी बैंकको विर्तामोड शाखाका...

साउन २२ कालोदिनमा, लिम्बूवान स्थापनाका लागि लडिरहने प्रण

झापा २२ साउन । प्रत्येक वर्षको साउन २२ गतेलाई लिम्बूवानजन्य संघसंस्थाहरुले कालो दिनको रुपमा मनाउने गरेका छन् । वि.सं. १८३१ साल साउन...

विर्तामोड र अर्जुनधारामा निषेधाज्ञा भ्रम

झापा। झापाको विर्तामोड र अर्जुनधारा नगरपालिकामा स्थानीय तहले गरेको लकडाउन जारी छ । लकडाउन जारी रहेका बेला आज (बुधबार) एकाएक निषेधाज्ञा जारी...

Recent Comments