TODAYS TOP 5 NEWS

*** सत्तारुढ नेकपाका का १५२ जना केन्द्रीय सदस्यहरुले केन्द्रीय कमिटी बैठकको माग गरेका छन् ।
पार्टीलाई एकताबद्ध र सुदृढ बनाएर अघि बढाउनुपर्ने समयमा विवाद झन चुलिएर गएको भन्दै केन्द्रीय सदस्यहरुले केन्द्रीय कार्यालय धुम्बाराहीमा लिखित पत्र बुझाएका हुन् । पार्टीभित्रको विवाद र समस्याको समाधान पार्टीको बैठकमा छलफल गरी विधि पद्धतिअनुसार गर्नुपर्नेमा जोड दिएका छन् ।

*** नेपालमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ५१ पुगेको छ । कोरोना भाइरसको संक्रमणबाट नेपालमा थप दुई जनाको मृत्यु भएसंगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५१ पुगेको हो । बुधबार विहान ६८ वर्षीय पुरुषको कोरोना विशेष गण्डक अस्पतालमा र दिउँसो ७१ वर्षीय पुरुषको नेशनल मेडिकल कलेजमा मृत्यु भएको हो । पछिल्लो २४ घण्टामा कोरोना २१० जनामा कोरोना संक्रमण पुष्टि हुँदा १४६ जनाले कोरोना जितेर घर फर्किएका छन् ।

*** तीनदिन अघि झापाको बाह्रदशीका कोरोना संक्रमण पुष्टि भएका दुईजना विभिन्न कामले विर्तामोडमा समेत आएको पुष्टि भएपछि विर्तामोडमा उच्च सर्तकता अपनाउँदै निषेधाज्ञासम्मको तयारी गरिएको छ । तीनदिन अघि बाह्रदशीमा कोरोन संक्रमण पुष्टि भएका नेकपा नेता र स्वास्थ्य संस्था सञ्चालक विर्तामोडमा पनि आएको खुलेसंगै उनीहरुको सम्पर्कमा पुगेका ७० बढीको पहिचान गरी होम क्वारेन्टाइनमा बस्न निर्देशन दिइएको छ ।

*** मास्क नलगाइ घरबाट बाहिर निस्किए विहीबारदेखि एकसय रुपैयाँ जरिवाना गरिने भएको छ । कोरोना संक्रमणको जोखिम बढ्दै गएको पाइएसंगै जिल्ला विपत् व्यवस्थापन समितिको बैठकले मास्क अनिवार्य गर्दै नलगाउनेलाई जरिवानाको निर्णय गरेको हो ।

### नेपाली लेगस्पिनर सन्दीप लामिछाने क्यारेबियन प्रिमियर लिग (सीपीएल) खेल्न विहीबार ट्रिनिडाड जाने भएका छन् ।
कोरोनाका कारण अन्तर्राष्ट्रिय हवाई उडान बन्द भए पनि विहिबार बिहान साढे १० बजे हुने चार्टर्ड उडानमार्फत ट्रिनिडाड जाने तय भएको छ । उनी आइतबार वेष्ट इन्डिज पुग्नेछन् । लगातार तेस्रो सिजनमा सीपीएल खेल्न लागेका सन्दिप यसपटक जमैका तालावाजबाट खेल्दै छन् । यो टिममा उनी एक लाख ३० हजार अमेरिकी डलरमा अनुबन्ध भएका हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments