Home एकहप्ता पछि एसईईको नतिजा सार्वजनिक हुने

एकहप्ता पछि एसईईको नतिजा सार्वजनिक हुने

काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा आगामी एकहप्तामा सार्वजनिक गरिने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले एसईईको नतिजा प्रकाशनको तयारी अन्तिम चरणमा पुगेकोले आगामी एक हप्ताभित्र नतिजा सार्वजनिक गर्ने तयारी भईरहेको बोर्डका सदस्य सचिव दुर्गाप्रसाद अर्यालले जानकारी दिनुभयो ।
नोवेल कोरोना भाइरस (कोभिड–१९) का कारण एसईई नहुने भएपछि विद्यालयले गरेको आन्तरिक मूल्यांकनको आधारमा नतिजा सार्वजनिक गर्न लागिएको हो । सदस्य सचिव अर्यालका अनुसार विद्यालयहरूले जिल्ला समन्वय इकाइ मार्फत बोर्डमा पठाएको अंक रुजु भइरहेको छ ।
६ चैतदेखि २०७६ को एसईईका लागि निर्धारित परीक्षा परीक्षा अन्तिम समयमा स्थगित भएको थियो । यो वर्ष देशभरी ४ लाख ८२ हजार २१९ विद्यार्थीले एसईईको तयारी गरेका थिए ।
विद्यार्थीहरूको मूल्यांकन प्रधानाध्यापक अध्यक्ष र सम्बन्धित कक्षा शिक्षक तथा सम्बन्धित माध्यमिक तहका शिक्षकहरूमध्ये नियुक्तिका आधारमा सबैभन्दा जेष्ठ शिक्षक प्रतिनिधि सदस्य रहेको मूल्यांकन समितिले गरेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

एकहप्ता पछि एसईईको नतिजा सार्वजनिक हुने

Most Popular

नगरप्रमुख आचार्य सिलीगुढीको किन्स हस्पिटल भर्ना

झापा । झापाको मेचीनगर नगरपालिकाका प्रमुख विमल आचार्यलाई भारतको पश्चिम बंगालस्थित सिलगुडीको किन्स हस्पिटलमा भर्ना गरिएको छ । कोरोना संक्रमण भएपछि विराटनगरको...

गाउँपालिका कार्यालयमा उपाध्यक्षद्वारा तालाबन्दी

अछाम । आफ्नो अधिकार खोसेर एकतन्त्रीय ढंगबाट शासन सञ्चालन गरेको भन्दै अछामको रामारोशन गाउँपालिकाका उपाध्यक्ष सरस्वती रावलले आफ्नो गाउँपालिकामा तालाबान्दी गरेकी छन्।गाउँपालिका...

यसपालीको दशैं टिकाको उत्तम साइत बिहान १०ः१९ बजे

झापा । दशैँको मुख्य दिन कात्तिक १० गते सोमबार विजयादशमी पर्व परेको छ । यस दिन बिहान नौ रात १० दिन पूजा...

महानवमीको विशेष पूजा आराधनाका साथ मनाईंदै

झापा । आश्विन शुक्ल नवमीको दिन आज महानवमी पर्व आज दुर्गा भवानीको पूजा आराधना गरी मनाइँदैछ । कोरोना भाइरस संक्रमणका कारण यो...

Recent Comments