Home समाचार लागुऔषध एन्फाटामाईन सहित १ जना पक्राउ

लागुऔषध एन्फाटामाईन सहित १ जना पक्राउ

विराटनगर । मोरङको बिराटनगर महानगरपालिका–२ बरगाछी चोकबाट नियन्त्रित लागुऔषध एन्फाटामाईन (आईस) सहित १ जना पक्राउ परेका छन् ।
बिशेष सूचनाको आधारमा सुन्दरहरैचा नगरपालिका–८ का ४२ वर्षीय रामप्रसाद पोखरेललाई जिल्ला प्रहरी कार्यालय मोरङ र लागुऔषध नियन्त्रण ब्युरो बिराटनगरको टोलीले नियन्त्रणमा लिएको हो ।
को ३७ प ८३१६ नम्बरको मोटरसाईकलमा सवार पोखरेललाई साथबाट २२२ ग्राम.१५० मिलिग्राम लागुऔषध सहित पक्राउ गरेको हो । पक्राउ परेका पोखरेलमाथि गरिएको थप अनुसन्धानका क्रममा उनको घरबाट ३०८ ग्राम ७८ मिलिग्राम एन्फाटामाईन (आईस) बरामद भएको थियो ।
यसरी कुल ५३० ग्राम ९३ मिलिग्राम नियन्त्रीत लागुऔषध एन्फाटामाईन (आईस) सहित पक्राउ परेका पोखरेलको सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

समाचार लागुऔषध एन्फाटामाईन सहित १ जना पक्राउ

Most Popular

Recent Comments