Home समाचार एक बालकसहित डुवेर दुईको मृत्यु

एक बालकसहित डुवेर दुईको मृत्यु

बुद्धशान्ति । बुद्धशान्ति–३ का साढे तीनवर्षीय बालक मौसम राईको खोलाले बगाएर मृत्यु भएको छ ।
बुद्धशान्ति–३ पिपलबोटे बस्तीका महेश राईका छोरा मौसमलाई खेल्ने क्रममा स्थानीय हडिया खोलाले बगाएपछि उद्दार गरी उपचारका लागि लगिएको थियो ।
खोलाम डुब्ने वित्तिकै तत्कालै उद्दार गरी बुधबारेस्थित लिभिङ होप पोलिक्लिनिकमा लगिएको थियो । मौसमको उपचारकै क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
त्यसैगरी सुनसरीको बराहनगरपालिका–४ का ५० बर्षीय सिताराम चौधरीको माछा मार्ने क्रममा डुबेर मृत्यु भएको छ ।
सोमबार दिउँसो रामधुनी नगरपालिका–६ मा रहेको शंकर बेली तालमा जाल हानी माछा मार्ने क्रममा अचानक सोही तालमा डुबेर चौधरीको मृत्यु भएको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

समाचार एक बालकसहित डुवेर दुईको मृत्यु

Most Popular

Recent Comments