Home समाचार चोलेन्द्र शमशेरलाई नेविसंघको प्रश्न :

चोलेन्द्र शमशेरलाई नेविसंघको प्रश्न :

‘विधिसम्मत निर्णय गर्ने कि जबर्जस्ती ?’

विर्तामोड १३ साउन । नेपाल विद्यार्थी संघ झापाले गैरजिम्मेवार सरकार र सर्वोच्च अदालत विरुद्ध ब्यापक विरोध प्रदर्शन विर्तामोडमा सम्पन्न गरेको छ ।
दुईतिहाई बहुमतको कम्युनिष्ट नेतृत्वको सरकारले न्यायालयलाई आफ्नो प्रभावमा राखेको र हत्याआरोप स्वीकार गरिसकेका रञ्जन कोइरालालाई उन्मुक्ति दिएर न्यायिक पद्धतिलाई नै कमजोर बनाएको विरोधमा नेपाल विद्यार्थी संघ झापाले मंगलबार विर्तामोडमा प्रदर्शन सम्पन्न गरेको हो ।
चोलेन्द्र शमशेरलाई कारबाही गर, धार्मिक हिंसा निम्त्याउने अभिब्यक्ति बन्द गर, विधिको शासन कायम गर, गैरजिम्मेवार ओली सरकार मुर्दाबाद, चिनिया अतिक्रमण स्वीकार्य छैन, विधिसम्मत निर्णय गर्ने कि जबर्जस्ती दुई तिहाइको दम्भले ? नेविसंघ जिन्दाबाद’ लगायतका नारासहित विर्तामोडको दुर्गामन्दिर परिसरबाट निकालिएको विरोध प्रदर्शन बजार परिक्रमापछि मुक्तिचोकमा पुगेर कोणसभामा परिणत भएको थियो ।
कोणसभालाई सम्बोधन गर्दै नेपाल विद्यार्थी संघका निवर्तमान केन्द्रीय सदस्य सन्तोष उप्रेतीले यसअघि हत्या आरोप स्वीकार गरेर आजीवन काराबासको सजाय सुनाइएका रञ्जन कोइरालालाई छाड्नुले न्यायिक पद्धति नै मरेको बताउनुभयो ।

नेपाली कांग्रेस विर्तामोड नगर समितिका सभापति भोजराज सिटौलाले वर्तमान सरकारमा दुईतिहाइको दम्भ र उन्माद देखिएको बताउँदै सत्ता र पैसाका पछि अल्झिएको कम्युनिष्ट नेतृत्वको सरकार जनअपेक्षा पूरा गर्न असफल भएको टिप्पणी गर्नुभयो । न्यायालयमाथीको सरकारको हस्तक्षेपले लोकतन्त्रलाई नै कमजोर बनाएको नेता सिटौलाको भनाइ थियो ।
वर्तमान सरकार भ्रष्टाचारमा डुवेको टिप्पणी गर्दै बक्ताहरुले कम्युनिष्ट नेतृत्वको सरकारले जनअपेक्षा अनुरुप कुनै पनि काम गर्न नसकेको धारणा राखेका थिए ।
नेविसंघ झापाका सभापति राजेन्द्र उप्रेतीको अध्यक्षतामा सम्पन्न कोणसभाको सञ्चालन पोषराज कटुवालले गर्नुभएको प्रवक्ता सञ्जय निरौलाले जानकारी दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

समाचार चोलेन्द्र शमशेरलाई नेविसंघको प्रश्न :

Most Popular

हाजिरीजवाफ प्रतियोगितामा बीरेन्द्र मावि प्रथम

भद्रपुर १० मंसीर । झापाको भद्रपुर जेसीजले जेसीज सप्ताह २०२० को ५ औं कार्यक्रम अन्र्तगत भद्रपुर नगरपालिका मावि स्तरीय अन्तर मावि...

चन्द्रगढी विमान स्थलको उत्तरतर्फ मूलगेट र टर्मिनल भवन बन्नुपर्ने माग

झापा १० कार्तिक । चन्द्रगढी विमान स्थलको स्तरबृद्धि पछिल्लो डिपिआर अनुसार अबिलम्ब थालिनु पर्ने माग राख्दै स्थानीयले संघर्ष थालेका छन् ।पछिल्लो डिपिआर...

एनएमसीको १२ प्रतिशत लाभांस वितरणको प्रस्ताव

झापा १० मंसीर । नेपाल बहुउद्देश्यीय सहकारी संस्थाले २८ औं बार्षिक साधारणसभामा पेश गर्ने बार्षिक प्रतिवेदन आज सार्वजनिक गरेको छ ।संस्थाको विर्तामोडस्थित...

पत्रकार काफ्ले र गौतमद्वारा ‘नारी सञ्चार प्रोत्साहन’ अक्षयकोषमा सहयोग

झापा ८ मंसीर । झापाका महिला संचारकर्मीहरुको छाता संगठन नारी सञ्चार गृहले बहुउद्देश्यीय लक्ष्य राखेर स्थापना गरेको अक्षयकोषमा दुई पत्रकारले सहयोग रकम...

Recent Comments