Home समाचार सोमबार १३९ जना कोरोना संक्रमित थपिए, मृत्यु हुनेको संख्या ४८ पुग्यो

सोमबार १३९ जना कोरोना संक्रमित थपिए, मृत्यु हुनेको संख्या ४८ पुग्यो

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) बाट नेपालमा थप एक जनाको मृत्यु भएको छ ।
बाराको फेटा गाउँपालिका ३ का ६० वर्षीय पुरुषको सोमबार त्रिवि शिक्षण अस्पताल महाराजञ्जमा मृत्यु भएको हो । उनी निमोनिया, मिर्गौला र मस्‍तिष्कघातसम्बन्धी रोगका विरामी भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यससँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४८ पुगेको छ ।
पछिल्लो २४ घण्टामा १३९ जनामा कोरोना भाइरसको संक्रमित थपिएका छन् । योसँगै नेपाल कोरोना संक्रमण पुष्टि हुनेको संख्या १८ हजार ७ सय ५२ जना पुगेको छ। मन्त्रालयका अनुसार हालसम्म १८ हजार ७५२ जना संक्रमित भएका छन् । उनीहरुमध्ये १३ हजार ७५४ जना निको भएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

समाचार सोमबार १३९ जना कोरोना संक्रमित थपिए, मृत्यु हुनेको संख्या ४८ पुग्यो

Most Popular

Recent Comments