Home मनोरञ्जन साहित्य चौतारीको सम्मान

साहित्य चौतारीको सम्मान

विर्तामोड ३१ असार/ साहित्य चौतारी झापाले यस वर्ष कला साहित्य वर्षका रुपमा मनाएको छ । कला साहित्य वर्षका रुपमा मनाएको साहित्य चौतारीले कला साहित्य समर्पण साहित्य चौतारी सम्मानद्वारा भद्रपुरका केडी देवानलाई सम्मान गरेको छ ।
कार्यक्रममा भिमबहादुर पञ्चकुमारी श्रेष्ठ स्मृति साहित्य चौतारी प्रतिभा पुरस्कार योगेन्द्र अधिकारीलाई प्रदान गरेको छ भने धनमाया जगन्नाथ विमली स्मृति नवप्रतिभा पुरस्कारबाट लिसरा थापा मगरलाई आज आयोजित एक कार्यक्रमका बीच सम्मान गरेको हो ।
त्यस्तै डिकमान विरही स्मृति साहित्य चौतारी सम्मानबाट लबकुश गौतमलाई प्रदान गरेको छ भने जेवी आले स्मृति फोटोग्राफी साहित्य पुरस्कारबाट भद्रपुरस्थित लक्ष्मी फोटो स्टुडियोका विक्रम नाल्वो सुब्बालाई प्रदान गरिएको साहित्य चौतारी झापाका सचिव दिलिप घिमिरेले जानकारी दिनुभयो ।
त्यस्तै समर्पण साहित्य चौतारी सम्मान कार्यक्रमबाट स्वर्गीय गोेकुल राजवंशीलाई प्रदान गरिएको थियो । स्व. राजवंशीको सम्मान उनकी श्रीमति रुपदो राजवंशीले ग्रहण गर्नु भएको थियो ।
साहित्य चौतारी झापाका अध्यक्ष टंक विकल्पको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि जीवननाथ पोखरेल, प्राज्ञ सभासदस्य सुभद्रा अर्याल, साहित्य चौतारीका संरक्षक देवीभक्त चौतारी लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
दिलीप घिमिरेले सञ्चालन गरेको कार्यक्रममा कार्यक्रम संयोजक स्वागत हिक्मत नेम्वाङले गर्नुभएको थियो । साहित्य चौतारी झापाले विगतदेखि नै साहित्य चौतारीले भानु जयन्तीको अवसरमा साहित्य, कलाका क्षेत्रमा सम्मान तथा पुरस्कृत गर्दै आएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

मनोरञ्जन साहित्य चौतारीको सम्मान

Most Popular

Recent Comments