Home विर्तामोड आवद्ध पार्टीले जनताको पक्षमा काम नगरेको भन्दै कांग्रेसमा

आवद्ध पार्टीले जनताको पक्षमा काम नगरेको भन्दै कांग्रेसमा

विर्तामोड १० साउन । विश्वास गरेर आस्था राखेको पार्टीले जनचाहना अनुसारको काम गर्न नसकेको भन्दै सत्तासीन नेकपा, राप्रपा र लिम्बूवान पार्टी परित्याग गरी ४० जना नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।
नेपाली कांग्रेसका संस्थापक बिपि कोइरालाको ३८ औं स्मृति दिवसको अवसर पारेर विर्तामोड नगरपालिका–१० मा आयोजित कार्यक्रममा नेकपा, राप्रपा र लिम्बूवानका नेता तथा कार्यकर्ता कांग्रेसमा प्रवेश गरेका हुन् ।
नव प्रवेशीहरुले वर्षौदेखि विश्वास गरेका पार्टीले जनताका पक्षमा काम गर्न सक्ने अवस्था नदेखेपछि कांग्रेसमा विश्वास बढेको उनीहरुको भनाइ थियो । नवप्रवेशीलाई नेपाली कांग्रेस जिल्ला सभापति उद्धव थापा, महासमिति सदस्य देउमान थेवेसहित जिल्ला नेताहरुले खादा, फुलमाला र अविरले स्वागत गरेका थिए ।
सो अवसरमा नेपाली कांग्रेस झापाका सभापति उद्धव थापाले वर्तमान सरकार महामारीको बेलामा पनि देशको ढुकुटी लुट्ने कार्यमा ब्यस्त रहेको आरोप लगाउँदै जनताको जीवनस्तर सुधार्नका लागि कदम नचालेको बताउनु भयो । मुलुकमा भ्रष्टाचार र दण्डहिनता बढेरको भन्दै चिन्ता व्यक्त गर्नुभयो ।
प्रतिपक्षमा रहेको बेला पनि कांग्रेसप्रति विश्वास गरेर पार्टी प्रवेश गरेकालाई कुनै भेदभाव नहुनेतर्फ आश्वस्त पार्दै महासमिति सदस्य देउमान थेवेले सधै नयाँ र पुराना नभनी समान अवसर प्रदान गर्ने बताउनु भयो ।
वडासभापति मदन गुरुङको सभापतित्वमा सम्पन्न कार्यक्रमम जिल्ला सदस्य जलकुमार गुरुङ क्षेत्र ३ प्रदेस ‘क’ सभापति नवीन बिमली, विर्तामोड नगर सभापति भोजराज सिटौला, नवीन बिमली लगायतले मन्तब्य राखेको कार्यक्रममा सन्चालन रुद्र प्रसाद खतिवडाले गरेका थिए । सन्तोष उप्रेती, दुर्योधन गुरुङ, दिपिका शिवालगायतको आतिथ्यता रहेको कार्यक्रममा स्वागत मन्तब्य लोकबहादुर पौडेल र कार्यक्रम माथी क्षेत्रीय सदस्य पहलमान श्रेष्ठ प्रकाश पार्नुभएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

विर्तामोड आवद्ध पार्टीले जनताको पक्षमा काम नगरेको भन्दै कांग्रेसमा

Most Popular

Recent Comments