Home सांसदहरुद्वारा पीसीआर परीक्षण प्रयोगशालाको निरीक्षण

सांसदहरुद्वारा पीसीआर परीक्षण प्रयोगशालाको निरीक्षण

सुरुङ्गा ९ साउन ।

झापाबाट प्रतिनिधि सभा तथा प्रदेश सभामा प्रतिनिधित्व गर्ने सांसदहरु, पूर्व मन्त्रीहरु तथा संविधान सभा सदस्यहरुले शुक्रबार कनकाई–४ कोटीहोमस्थित समर्पण राष्ट्रिय अभियानको भवनमा स्थापित कोरोना भाइरस परीक्षण गर्ने पीसीआर परीक्षण प्रयोगशालाको निरीक्षण गरेका छन् ।
सहारा नेपालसहित विभिन्न २८ वटा सामाजिक संघ–संस्थाको सहभागितामा शुरु गरिएको एकका लागि एक अभियानको अगुवाईमा सरकार–समुदाय–सहकारी अभियानको साझेदारीमा कनकाई–४ कोटीहोमस्थित समर्पण राष्ट्रिय अभियानको भवनमा नागरिक स्तरबाट स्थापित पीसीआर परीक्षण प्रयोगशालाको उनीहरुले निरीक्षण गरेका हुन्
विश्वमा महामारीको रुप लिइरहेको कोरोना भाइरसको संक्रमण नियन्त्रणमा सरकारलाई सहयोग पुर्याउन नागरिकस्तरबाट कोटीहोमस्थित समर्पण राष्ट्रिय अभियानको भवनमा पीसीआर परीक्षण प्रयोगशाला स्थापना गरी सरकारलाई हस्तान्तरण गर्न लागिएको एकका लागि एक अभियानका संयोजक महेन्द्रकुमार गिरीले जानकारी दिनुभयो ।
सो अवसरमा संयोजक गिरीले मेची अस्पतालको मातहतमा रहने गरी उक्त पीसीआर परीक्षण प्रयोगशाला सञ्चालन हुने जानकारी समेत दिनुभयो ।
सांसद, पूर्व मन्त्री लगायत सबैले जतिसक्दो छिटो पीसीआर परीक्षण प्रयोगशाला सञ्चालनको वातावरण मिलाउन सरकारको ध्यानाकर्षण गराउँदै नागरिक स्तरबाट भएको कामको प्रशंसा गरेका थिए ।
प्रतिनिधि सभा सदस्य, राजेन्द्र लिङ्देन, पूर्व मन्त्रीहरु, केशवकुमार बुढाथोकी, सरिता प्रसाईं, वीरमणि ढकाल, संविधानसभा सदस्यहरु प्रेम गिरी, सुधिरकुमार शिवाकोटी, मनकुमार गौतम, दीपक कार्की, हरि राजवंशीले पीसीआर परीक्षण प्रयोगशालाको निरीक्षणपछि एकका लागि एक अभियानका अभियानकर्मीलाई धन्यवाद दिँदै आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने सामुहिक प्रतिबद्धता जनाएका थिए ।
त्यस्तै प्रदेशसभा सदस्यहरु ओम सरावगी, श्रीप्रसाद मैनाली, गोपाल बुढाथोकी, एकराज कार्की, बृख प्रधान, पूर्णसिंह राजवंशी, झलकसिंह दर्लामी, पूर्व सांसद डिल्ली सिटौला समेतले पीसीआर परीक्षण प्रयोगशालाको निरीक्षण पछि सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए ।
नेकपा झापाका अध्यक्ष चिन्तक पाठकले नागरिकस्तरबाट भएको कामको सराहना गर्दै जतिसक्दो छिटो उक्त पीसीआर परीक्षण प्रयोगशाला सञ्चालनको वातावरण बनाउन लागिपर्ने प्रतिबद्धता जनाउँदै महत्वपूर्ण विषयमा द्विविधामा नपर्न आह््वान गर्दै संवेदिनशील विषयमा कसैले पनि राजनीति गर्न नहुने धारणा राख्नुभयो ।
अभियानको साझेदार संस्था अन्तर्राष्ट्रिय झापाली समाजका उपाध्यक्ष नवीन पोखरेलले अन्तर्राष्ट्रिय झापाली समाजका तर्फबाट दुई दिनभित्र २५ लाख रुपैयाँ हस्तान्तरण गर्ने बताउनु भयो ।
पीसीआर परीक्षण प्रयोगशालाको प्राविधिक पक्षबारे अन्नपूर्ण न्यूरो हस्पिटल, अन्नपूर्ण रिसर्च सेन्टरका अनुसन्धान अधिकृत अनिल साहको टिमले जानकारी गराएको थियो भने पीसीआर परीक्षण प्रयोगशालाको मेसीन लगायतका सामग्री खरिद प्रक्रियाबारे एकका लागि एक अभियानका सदस्य सजेश शिवाकोटीले जानकारी दिनुभएको थियो ।
निरीक्षणपछि सहभागीले दुई बुँदे निष्कर्षसहित छलफल टुग्यांएका थिए ।
सरकार–समुदाय र सहकारीको साझेदारीमा सञ्चालनमा ल्याउन लागीरहेको पीसीआर परीक्षण प्रयोगशाला सञ्चालनका लागि एकका लागि एक अभियान एवम् साझेदार एवम् प्राविधिक संस्था दाताहरु तथा प्राविधिक टोलीप्रति कृतज्ञतासहित धन्यवाद प्रकट गर्दछौं ।
कनकाई नपा–४ कोटीहोममा सरकारको मातहत र समन्वयमा पीसीआर परीक्षण प्रयोगशाला सञ्चालनका लागि एकका लागि एक अभियानलाई एकसाथ, एक ढिक्का भई सहयोग गर्न हामी राजनीतिक दल, प्रतिनिधि सभा सदस्य, पूर्व मन्त्री, प्रदेश सभा सदस्य, संविधान सभा सदस्य, पूर्व सांसद सकारात्मक र रचनात्मक सहयोग गर्दै यसको दिगो विकासका लागि सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दछौं ।
संवाद समूहले संयोजन गरेको छलफलमा एकका लागि एक अभियानका संयोजक महेन्द्रकुमार गिरी र सहसंयोजक बिनोद बस्नेतले एकका लागि एक अभियानकाबारेमा जानकारी गराएका थिए ।
एकका लागि एक अभियानका सदस्य कुमारमणि पोखरेलले स्वागत गरेको छलफलमा कुमार भट्टराई, सुवास भट्टराई, नारायणप्रसाद ओली, शिवकुमार कँडेल, कुमार दाहाल, लीला चिमरिया, प्रमोद न्यौपाने, गणेश ढकाल, मिजास पोखरेल, त्रिलोचन उप्रेती, दिपक पौडेल, भरत शिवाकोटी, प्रकाश सुवेदी, विकास बस्नेत, प्रवीन खड्का, कुशल खतिवडा केशवलगायत सहभागी रहेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सांसदहरुद्वारा पीसीआर परीक्षण प्रयोगशालाको निरीक्षण

Most Popular

मुक्तिचोकमा सरसफाइ र पुष्परोपण, बोलेनन् मन्त्री !

झापा ९ मंसीर । मुक्तिचोक । वास्तवमा यो चोक सबैको मुक्तिका लागि अधिकार बोल्ने मुख्य थलोको रुपमा परिचित छ ।यो चोकमा उभिएर...

खुकुरी प्रहारबाट श्रीमती ठहरै, एक घाइते

दमक ८ मंसीर । परपुरुषसंग लागेको शंका गरी झापा दमक नगरपालिका वडा नंं–१ का एक व्यक्तिले आफ्नै श्रीमतिको खुकुरी प्रहार गर्दा श्रीमतीको...

मेची–महाकाली बुहारीद्वारा अधिकारीलाई उपचार सहयोग

झापा ७ मंसीर । मेची–महाकाली बुहारी संयुक्त आवाज केन्द्रीय समिती र झापा जिल्ला समितिको सक्रियतामा झापा धुलाबारीकि शान्ता अधिकारीलाई आर्थिक सहयोग...

जेसीज सप्ताहः एकैदिन तीनवटा कार्यक्रम

भद्रपुर ६ मंसिर । जेसीज सप्ताहको सन्दर्भ पारेर भद्रपुर जेसीजले छुट्टा छुट्टै ३ वटा कार्यक्रमहरु सम्पन्न गरेको छ ।मंसिर ४ गतेबाट...

Recent Comments