Home Featured 2 झापामा १८ सिमा सुरक्षाकर्मीसहित २४ जनामा कोरोना संक्रमण

झापामा १८ सिमा सुरक्षाकर्मीसहित २४ जनामा कोरोना संक्रमण

झापा ९ साउन । विगत २४ घण्टामा झापामा १८ जना सिमा सुरक्षाकर्मी (एपीएफ) सहित २४ जनामा कोरोना भाइरस पुष्टि भएको छ ।
कोरोना संक्रमण पुष्टि भएका सशस्त्र सिमा सुरक्षा बलका स्थानीय १८ जना सुरक्षाकर्मी मध्ये १ जना महिला रहेको जिल्ला स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौंलागाईले जानकारी दिनुभयो । साउन ७ गते ४८ जना शसस्त्र प्रहरीको स्वाब संकलन गरी प्रादेशिक प्रयोगशाला बिराटनगरमा पठाइएको थियो ।
नाकामा सुरक्षार्थ खटिएका शसस्त्र प्रहरीमा नै ठुलो संख्यामा कोरोना संक्रमण भए पछि समुदायमा कोरोना संक्रमण फैलिएको हुन सक्ने आशंका बढेको छ ।
यसका साथै शुक्रबार बाह्रदशी र झापा गाउँपालिकामा ३/३ जना कोरोना संक्रमित थपिएको जिल्ला स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौंलागाईले जानकारी दिनुभयो ।
बाह्रदशी र झापा गाउँपालिकामा संक्रमण देखिएका ६ जना वैदेशिक रोजगारीबाट फर्किएको बताइएको छ ।
शुक्रबार संक्रमण पुष्टि भएका २४ जनासहित झापामा कोरोना संक्रमितको संख्या ३५४ पुगेका छन् । यी मध्ये २९९ जना उपचारपछि घर फर्किएको फोकल पर्सन चौंलागाईले बताउनु भयो ।
देशभरमा शुक्रबार १३३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने हाल ५ हजार ३ सय ८३ जनामा कोरोना सक्रिय रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा।डा। जागेश्वर गौतमले नियमित प्रेस ब्रिफिङमा जानकारी दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Featured 2 झापामा १८ सिमा सुरक्षाकर्मीसहित २४ जनामा कोरोना संक्रमण

Most Popular

Recent Comments