Home समाचार समाचार तीज गीत ‘होई शिवजी होई होई’ सार्वजनिक (भिडियो सहित)

तीज गीत ‘होई शिवजी होई होई’ सार्वजनिक (भिडियो सहित)

हिन्दू नारीहरूको महान पर्व हरितालिका (तीज) नजिकिंदै छ । तीजमा माइती जाने, राम्रो लगाउने, मीठो मसिनो खाने र गीतसंगीतमा रमेर दुःख बिर्सने तीजको मौलिक परम्परा हो । तीज नजिकिएसंगै अहिले बजारमा धमाधम तीजका गीतहरू सार्वजनिक भइरहेका बेला आरवी थापाको शब्द संगीतमा गायिका सम्झना पाण्डेको स्वरमा नयाँ गीत ‘होई शिवजी होई होई मलाई पनि मिलाइदेउ महादेव तिमी जस्तो पोई’ सार्वजनिक भएको छ ।
क्षितिज नाट्य समूह झापाको प्रस्तुति रहेको गीतको म्यूजिक भिडियो ओयसआर डिजीटल युट्युव च्यानलबाट सार्वजनिक भएको हो । गीतको मुख्य भूमिकामा सविता रेग्मी र मुना प्रसाईंले अभिनय गरेका छन् । गीतमा अविवाहित महिलाले महादेव जस्तै सुयोग्य वर पाउनका लागि तीजको व्रत बस्ने गरेको चलनलाई चित्रण गरिएको छ ।
विशेषतः तीजमा विवाहित महिलाले श्रीमान्को अटल सौभाग्यको कामनाका लागि, सन्तान प्राप्तिका लागि, दीर्घायुको कामनाका लागि तीज व्रत बस्ने गरेको भएपनि अविवाहित महिलाले महादेव जस्तै सुयोग्य वर पाउनका लागि तीजको व्रत बस्ने शास्त्रीय विधान रहेको र त्यसैलाई आत्मसात गर्न गीतमार्फत् आव्हान गरिएको छ ।
गीतले सामाजिक चेतना जगाउने र गीतमा प्रयोग गरिएको ठेट नेपाली शब्दको प्रयोग गरिएको छ । श्रीगणेश शर्माको निर्देशन र कोरियोग्राफी , आदेश गुर्माछानेको एरेञ्ज , सन्तोष रानामगर ,दिपक गौतम ,उज्ज्वल रानामगरको छायांकन, पदम तामाङको मेकअप , सन्तोष रानामगरको सम्पादनमा तयार गरिएको गितलाई हार्मोनी रेकर्डिङ स्टुडियो काठमाण्डौ र यमन इन्टरटेन्टमेन्टका तारावीर पाण्डेले गीतको अडियो निकालेका छन् ।
वीयसवी इन्टरटेन्टमेन्टको पोष्ट प्रोडक्सन रहेको गीतमा माधव कल्पित , माधव सिटौला , मनोज निरौला , राजु खरेल , गजेन्द्र खतिवडा, माधव भेटवाल लगाएतको अभिनय रहेको छ । त्यस्तै माया सिटौला , गीता ढुंगेल, भूमिका पाण्डे, सुस्मिता पाण्डे, अञ्जलि थेवे, सीमा दर्नाल, समिक्षा माझी, पुजा भट्टराई, सपना योगी, विपना योगीलगायतको अभिनय गरेका छन् । क्षितिज नाट्य समूह झापाले निर्माणाधिन बहुभाषी, बहुजाति, बहुसांस्कृतिक संग्रहालय सहितको झापा नाटक घर निर्माण सहयोगार्थ तीजको गीत र म्यूजिक भिडियो गरिएको क्षितिज नाट्य समूह झापाका अध्यक्ष माधव कल्पितले वताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

समाचार समाचार तीज गीत ‘होई शिवजी होई होई’ सार्वजनिक (भिडियो सहित)

Most Popular

गोरु काटेर खाएको आरोपमा अर्जुनधाराबाट ३ जना पक्राऊ

झापा । झापाको अर्जुनधारा–५ स्थित बैसाबारी बस्ने तिन जना गोरु काटेर खाएको आरोपमा पक्राउ परेका छन । पक्राउ पर्नेमा २० बर्षीय ईमन...

फुलमती खोलाले ५ विगाहा बढी खेतियोग्य जमिन कटान

शनिश्चरे । केहिदिनदेखि निरन्तर भएको अविरल वर्षाका कारण फुलमती खोलामा आएको बाढीले अर्जुनधारा–५ स्थित पानीकलमा ५ विगाहा जमिनमा लगाएको धानखेति कटान गरेको...

सुखानीमा रुख काटिएकोप्रति अर्जुनधारा कांग्रेसको आपत्ति

अर्जुनधारा ९ असोज। झापाको अर्जुनधारा नगरपालिका–९,१० र ११ स्थित सुखानी सहिद स्मृति प्रतिष्ठानभित्र अवैध रुपमा रुख काटिएको...

मावल आएकी कृतिकाको छतबाट खसेर मृत्यु

झापा । ५ दिन अघि काठमाडौंबाट झापाको विर्तामोड–५ स्थित मावली घर आएकी १३ वर्षीया कृतिका भण्डारीको छतबाट लडेर मृत्यु भएको छ ।विहिबार...

Recent Comments