Home Featured 2 इजरायलको कोरोना भाइरससंग सम्बन्धित नयाँ विवादास्पद कानुन पारित

इजरायलको कोरोना भाइरससंग सम्बन्धित नयाँ विवादास्पद कानुन पारित

इजरायलले कोरोना भाइरससंग सम्बन्धित नयाँ विवादास्पद कानुन पारित गरेको छ ।

पारित कानुन अनुसार क्याबिनेटले आवश्यक ठानेको विषयमा लकडाउन जस्तो प्रतिबन्ध लागू गर्ने अधिकार प्राप्त गर्नेछ । क्याबिनेटले लगाएको प्रतिबन्धको समीक्षा गर्ने अधिकार संसद्ले २४ घण्टापछि मात्र पाउनेछ । यो नयाँ कानुनले लोकतन्त्र कमजोर हुने भन्दै इजरायलका विपक्षी नेताले आलोचना गरिरहेका छन् । तर सरकारले भने कोरोना सङ्कटको सामना गर्न आफ्नो अधिकारलाई नयाँ ढङ्गबाट प्रयोग गर्नुपर्ने बताउँदै आएको छ ।

पछिल्ला केही हप्तामा इजरायलमा दिनहुँ एक हजारभन्दा धेरैमा कोरोना सङ्क्रमण पुष्टि भइरहेको छ । कोरोनाका कारण इजरायलमा बेरोजगारी पनि बढ्दो छ । देशको खस्कँदो अर्थव्यवस्था सम्हाल्न नसकेको र अन्तिम समयमा प्रतिबन्ध लगाउने निर्णय गरेको भन्दै नागरिकहरु असन्तुष्ट भएका छन् । हजारौँका नागरिकहरु विरोध प्रदर्शनमा उत्रिएका छन् र केही नागरिक प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको राजीनामाको माग गरिरहेका छन् ।

इजरायलमा अहिलेसम्म ५६ हजारबढीमा कोरोना भाइरस सङ्क्रमणको पुष्टि भएको छ भने ४ सय ३० जनाको ज्यान गइसकेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Featured 2 इजरायलको कोरोना भाइरससंग सम्बन्धित नयाँ विवादास्पद कानुन पारित

Most Popular

Recent Comments