Home लापरवाहीका कारण तीन बालकको ज्यान गयो, सन्तानबिहिन बने थामी र तामाङ परिवार

लापरवाहीका कारण तीन बालकको ज्यान गयो, सन्तानबिहिन बने थामी र तामाङ परिवार

द्रोण अधिकारी

झापा ८ साउन । भद्रपुर २ स्थित धार्मिक स्थल कमलधापसित जोडिएको सिमसार क्षेत्रको विकास हुँदा स्थानीय स्तरमा उन्नती हुने आशा पालेका स्थानीयले सोच्दै नसोचेको शोक सहनु परेको छ ।
विकासका लागि निर्माण थालिएको पोखरीमा ठेकेदारले सावधानी नअपनाउँदा दलदल बनेको पोखरीमा डुबेर ३ जना बालकले ज्यान गुमाएपछि स्थानीय शोकमा डुबेका छन् ।
प्रहरी कार्यालयले दिएको विवरण अनुसार मृत्यु हुनेमा भद्रपुर–२ डिगाउँ बस्ने अनिल तामाङका १० वर्षका छोरा अंकुश तामाङ, साबिक गरामनी गाविस हाल भद्रपुर–२ बस्ने कमला थामीका दुईछोरा १४ वर्षका करण र १२ वर्षका अर्जुन थामी रहेका छन् । घरमा कोही नभएका बेला बुधबार दिउँसो ३ वजे तिर घर नजिकै रहेको निर्माणाधीन पोखरीमा माछा मार्न बल्छी लिएर हिँडेका तीनै जना आफैं पोखरीको दलदलमा भासिएर सधैंका लागि विदा भए ।


एक मात्र छोरा भएका अनिल तामाङका र दुई मात्र छोराकी आमा कमला थामी सन्तानविहिन बन्नु परेको छ । पीडित र वडाबासी कसैले पनि कल्पनासम्म गर्न नसक्ने उक्त घटनाले सारा गाउँबासीलाई नै शोकाकूल बनाएको छ । निर्मणाधिन पोखरीको दलदलले बालकहरू चुडेर लानेछ भन्ने कसैले सोचेका पनि थिएननन् । तर, पोखरी निर्माणको जिम्मा पाएको ठेकेदार जिम्मेवार नबन्दा तथा सवल नियामक नहुँदा तीनबालकले अनाहकमा ज्यान गुमाउनु परेको छ भने अभिभावक सन्तान विहिन बनेका छन् । हिउँदमा खनेर छोडेको खाल्डो वर्षादमा भरिदा बगेर पसेको माटो दलदल बनिएर भासिन पुग्दा कलिला बालकले ज्यान गुमाउनु परेको स्थानीय फागु सुब्बा बताउँछन् ।
सोही कारण विहिवार दिनभर भद्रपुर–२ स्थित कमलधाप क्षेत्र तनावग्रस्त बनेको छ । पोखरी खन्ने जिम्मा लिएको निर्माण कम्पनीको लापरबाहीले अव्यवस्थित खाल्डो दलदलमा रूपान्तरण हुँदा तीन बालकको डुबेर मृत्यु भएको भन्दै स्थानीय आक्रोसित बन्दा कमलधाप क्षेत्र तनावग्रस्त बनिएको हो ।
बुधवार दिउँसो घरमा कसैलाई नभनी गएका तीन जना बालक साँझ अबेरसम्म घर नफर्किएपछि उनीहरूका आफन्तले खोजी गरेका थिए । खोजी गर्ने क्रममा बुधबार साँझ ७.३० बजे मात्र बालक अंकुश तामाङको शव पोखरीमा डुबेको अवस्था फेला परेको थियो । पोखरीमा बालक तामाङको शव मात्र फेला परेपछि सोही आधारमा अन्य दुई बालकको पनि प्रहरी र स्थानीयले खोजी सुरु गरेका थिए । प्रहरीको गोताखोर टोलीले बिहीबार बिहान मात्र थामी दाजु भाइको शव त्यही पोखरीमा भासिएको अवस्थामा फेला पारेको थियो ।
कमलधाप पर्यटन क्षेत्रमा निर्माणको कार्य गर्दा निर्माण कम्पनीले मापदण्ड नअपनाएको, निर्माण कम्पनीको लापरबाही रहेको भन्दै स्थानीयले झापा प्रहरीमा मुद्दा दर्ता गर्न गएका भए पनि प्रहरीले मुद्दा दर्ता गर्न नमानेपछि ३ जना बालक मध्ये अंकुश तामाङको शव आफन्तले बुझेर पोष्टमार्टमका लागि मेची अञ्चल अस्पताल लगिएको छ भने थामी दाजुभाइको शव निर्माण ठेकेदारलाई कारवाही नगरेसम्म नबुझ्ने अडान राखेर आफन्तले लास उठाएका छैनन् । यता भद्रपुर नगर प्रमुख जीवनकुमार श्रेष्ठ विकासका लागि गरिएको संरचना निर्माण स्थलमा अकल्पनीय घटना घटेकोमा दुःख लागेको बताउँछन् । प्रमुख श्रेष्ठले पीडित परिवारले राखेका माग सम्बोधन गरेर आजै मृतकको लास उठाउने जानकारी दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लापरवाहीका कारण तीन बालकको ज्यान गयो, सन्तानबिहिन बने थामी र तामाङ परिवार

Most Popular

हुण्डाईको ‘नयाँक्रेटा-दि अल्टिमेट एस.यू.भि’नेपाली बजारमा

झापा । नेपालको लागि हुण्डाई मोर्टसको एक मात्रआधिकारिक बिक्रेतालक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले हुण्डाईको “नयाँ क्रेटा(दि अल्टिमेट एस.यू.भि”नेपाली बजारमा सार्वजनिक गरेको छ । सो...

सयपत्रीमा यामाहाको जेडआर स्कूटर

विर्तामोड । यामाहा कम्पनीको नयाँ स्कुटर रे जेडआर १२५ एफआइ विर्तामोडमा सार्वजनिक गरिएको छ । यामाहाको आधिकारिक बिक्रेता सयपत्री ट्रेड लिंकले नयाँ...

कोरोनाबाट २४ घण्टामा १ हजार ४९७ मा संक्रमण, १७ को निधन

झापा । पछिल्लो २४ घण्टामा ११ हजार ४५५ जनाको पिसिआर परीक्षण गर्दा १ हजार ४९७ जनामा कोरोना पोजेटिभ देखिएको छ भने यो...

पारिश्रमिक नदिने विद्यालय बिरूद्ध इस्टुले कानूनी उपचार खोज्ने

भद्रपुर । संस्थागत विद्यालय शिक्षक युनियन (इस्टु) झापाको असोज ३ गतेको जिल्ला भेलाको निर्देशन अनुसार श्रम ऐन तथा कम्पनी ऐनको निर्दिष्ट सिद्धान्त...

Recent Comments