Home Featured 2 गौरीगञ्जद्वारा कृषिमा आकर्षण बढाउन ब्याजमा ५ प्रतिशत अनुदान

गौरीगञ्जद्वारा कृषिमा आकर्षण बढाउन ब्याजमा ५ प्रतिशत अनुदान

गौरीगञ्ज ८ असार । चालु आर्थिक बर्ष २०७७/०७८ का लागि गौरीगञ्ज गाउँपालिकाले कृषि, स्वास्थ्य, पशुपालन र शिक्षालाई प्राथमिकताका राखेर बजेट विनियोजन गरेको छ ।
असार २४ गते सम्पन्न गाउँसभाले सामाजिक सुरक्षा भत्ता बाहेक ४२ करोड ७२ लाख १३ हजार १ सय ३० रुपैयाँ बराबरको बजेट विनियोजन गरेको गाउँपालिकाले युवा जनशक्तिलाई कृषि पेशामा केन्द्रित गर्ने उद्देश्यले बजेटमा कृषिलाई प्राथमिकता दिएको अध्यक्ष बाबुराजा श्रेष्ठले बताउनु भयो ।

अध्यक्ष श्रेष्ठ

विश्वब्यापी कोरोना संक्रमण महामारीका कारण अन्य मुलुकमा रोजगारी गुमाएर गाउँ फर्किएको युवा शक्तिलाई कृषिमा आकर्षण बढाएर उत्पादनशील क्षेत्रमा लगाउनु पर्छ–अध्यक्ष श्रेष्ठले भन्नुभयो–कृषिमा युवाहरुको आकर्षण बढाउँन वित्तीय संस्थाहरुसँगको सहकार्यमा ५ प्रतिशत ब्याजदरमा ऋण अनुदान उपलब्ध गराउने छ ।
चाल आवका लागि गाउँपालिकाले कृषिमा ७२ लाख बजेट विनियोजन गरेको छ ।
लगभग २२ किलोमिटर खुल्ला सिमाना रहेको गौरीगञ्जमा जिल्लाका अन्य सिमावर्ती गाउँपालिकामा जस्तै यसअघि नेपालीहरुको जमिनमा भारतीयले खेती गर्दै आएका थिए । कोरोनाका कारण यो वर्ष भारतीय नागरिकले नेपालको जमिनमा लगाएको बाली उठाउन समस्या भएपछि यो वर्षदेखि नेपालको जमिनमा नेपालीले नै खेती गर्नुपर्नेमा उहाँको जोड थियो । गाउँपालिकाले चालु आवमा खेलकुद अन्तर्गत २० लाख, सांस्कृतिक क्षेत्रका लागि २५ लाख, लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण अर्थात लक्षित वर्गतर्फ ४५ लाख ५० हजार रुपैयाँ विनियोजन गरिएको श्रेष्ठले जानकारी दिनुभयो ।
बालबालिकाको क्षेत्रमा खर्च गर्ने गरी ५ लाख रुपैयाँ छुट्याइएको बजेटमा पर्यटनतर्फ २५ लाख, शहरी विकास योजनाका लागि ६० लाख, स्वास्थ्य क्षेत्रमा ७५ लाख, शिक्षातर्फ १ करोड रुपैयाँ विनियोजन गरेको छ ।
कृषि र पशुपालनका क्षेत्रमा नयाँ रोजगारमूलक कार्यक्रम सहित अघि बढ्ने लक्षसहित बजेट ल्याएको गाउँपालिकाले पशुपालनतर्फ ३७ लाख ३१ हजार विनियोजन गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Featured 2 गौरीगञ्जद्वारा कृषिमा आकर्षण बढाउन ब्याजमा ५ प्रतिशत अनुदान

Most Popular

Recent Comments