Home समाचार समाचार पुष्पलाल, नेकपा र अबको बाटो

पुष्पलाल, नेकपा र अबको बाटो

पुष्पलालले २००६ सालमा नेपाल कम्युनिस्ट पार्टीको स्थापना गरेर नेपाली श्रमजिवीबर्गको उदात्त प्रतिनिधिको रुपमा आफुलाई उभ्याउनु भयो । राणा शासनको बर्बर दमनको बेला पुष्पलालले कम्युनिस्ट घोषणा पत्रको सुत्रपात गर्नुभयो र नेपाली कम्युनिस्ट आन्दोलनको घोषणा पत्र जारी गर्नुभयो । कमरेड घोषणाले कम्युनिस्ट पार्टीको स्थापना गरे संगै नेपाली समाज संगठित रुपमा बर्गीय आन्दोलनमा प्रबेस गर्यो । पुष्पलाल नेपाली श्रमजीबी बर्गका प्रतिनिधि हुनुहुन्थ्यो । नेपाली जनताको मुक्तिका लागि सामन्तबादको अन्त्य साम्राज्यबाद को बिरोध र समाजबादी लक्ष्य पुरा गर्न कम्युनिस्ट पार्टीको स्थापना गर्नुभयो । त्यसपछि नेपाली समजको आन्दोलन ले स्पस्ट दिशा प्राप्त गर्यो ।
तत्कालिन सासकका क्रुर दमन ,कठोर संघर्स ,पार्टी बिभाजन अभाब र रोगको आक्रमण हुदा समेत लक्ष्य प्राप्तिकालागि आजिबन संघर्षरत रहनुभयो । पुष्पलालले तिन ‘स ‘ अर्थात् सिद्धान्त , संगठन र संघर्षलार्इ क्रान्तिको स्वरूपको रुपमा व्याख्या गर्नुहुन्थ्यो । उहाँ भन्नुहुन्थ्यो , हामीले नेपाल कम्युनिस्ट पार्टीको स्थापना देखि आज सम्म देश र विश्व परिस्थितिको विश्लेषण गरेर क्रान्तिको सिद्धान्त र कार्यक्रम तयार गरेका छौ र त्यसको विकास र बिस्तार गर्दै आएका छौ । यो नै नेपाली जनबादी क्रान्तिको कार्यक्रम हो ।
पार्टीले आफ्नो सिद्धान्त तयार गरेपछि त्यसलाई व्यहारमा उतार्नको लागि सक्रिय र अनुसासित कार्यकर्ताको बिशाल र सुद्रिढ संगठन बनाउनु पर्छ । पार्टीको नेतृत्वमा जनबर्गीय र पेशागत संगठनहरुका साथै सहयोगी र समर्थकहरुको व्यापक पंक्ति तयार गर्नुपर्छ । सुद्रिढ र सक्षम कार्यकर्ताको संगठन नै कम्युनिस्ट पार्टीको मेरुदण्ड हो । जनबर्गीय र पेशागत संगठनहरु त्यसका अंग हुन । पार्टी केन्द्र त्यसको मष्तिस्क हो १ यी सबै कुरा ब्यबस्थित अनुसासित रुपले संगठित भएपछिमात्रै सिद्धान्त अनुसारको क्रान्तितिर संघर्षका चरणहरु बढ्दै जान्छन । यिनै कुरालाई पुष्पलालले तिन ‘स’ को सिद्धान्त भन्नुहुन्थ्यो ।
नेकपा एमाले र नेकपा माओबादी केन्द्र दुइठुला कम्युनिस्ट पार्टीको औपचारिक एकता भएको २ वर्ष भएको छ । यस अवधीमा पार्टीले आफ्नो प्रस्ट सैद्धान्तिक बैचारिक मान्यताहरु अगाडी सार्न सकेको छैन । पूर्व एमालेले अङ्गीकार गरेको जनताको बहुदलीय जनबाद र पूर्व माओबादीले अङ्गीकार गरेको एक्काइसौ शताब्दीको जनबाद हाललाई स्थगित गरिएको छ । पार्टीको तत्कालिन बैचारिक कार्यक्रम भनेर जनताको जनबाद भनिएपनि यो शैद्धान्तिक र कार्यक्रमिक हिसाबले अस्पस्ट र अपूर्ण छ । यहि सिद्धान्त प्रतिको अस्पष्टता ले नेकपालाइ आज कमजोर बनाइ रहेको छ ।
बिसाल र सुदृढ संगठन भएको एमाले र शैनिकी संगठन भएको माओबादीको एकताबाट कार्यकर्तामा उत्साह थपिनुपर्ने थियो । तर आज कार्यकर्तामा उत्साह थपिनुको सट्टा संगठनहरु मुर्झाएका छन् । पार्टी कमिटीहरु निर्माण भएर पनि परिचालित हुनसकेका छैनन् । जनबर्गीय संगठन र पेशागत संगठनहरुको संगठनिक संरचना निर्माण हुन सकेको छैन । कार्यकर्ता परिचालित छैनन् । संगठन ब्यबस्थित गर्न नसकेकोले नेकपा आज कम्जोर बन्दैछ ।
संघर्षको चरणमा आज हामी सरकार संचालन गर्दैछौ । आज मुलुकमा पुष्पलालले गठन गर्नु भएको नेपाल कम्युनिस्ट पार्टीको एकल सरकार छ । सरकारमा भएको बेला अधिक प्रगतिशील सुधारको काम गर्दै समाजबाद बाट साम्यबादमा पुग्ने लक्ष्यका लागि शक्ति संचय गर्नु अहिलेको मुख्य कार्यभार हो । तर सरकार कसरी संचालन गर्ने, जनताको बिचमा सरकारले गरेका महत्वपूर्ण कामहरुलाई कसरी पुर्याउने , सरकारको काम मा पार्टीले कसरी सहयोग गर्ने भन्ने जस्ता सवालमा पार्टी बेखबर जस्तै छ । सरकारको नेतृत्व गर्ने कमरेडहरुले पार्टी नीति निर्देशन भन्दा पनि व्यक्तिगत तबरमा सरकार संचालन गर्दैगर्दा आज पार्टी र सरकार बिच ठुलो अविश्वास उत्पन्न भएको छ । अहिले संघीय सरकार परिबर्तन सम्मका बहस चलिरहेका छन । यही विषयलाई लिएर नेकपा स्थाई कमिटीको बैठक प्रभावित भैरहेको छ । समग्र आन्दोलनलाई समिक्षा गर्दै कमिकमजोरीबाट पाठ सिकेर क्रान्तिको बाटो तय गर्नुपर्नेमा जनताको विश्वासलाइ लत्याएर मन्त्रि , प्रधानमन्त्री र सत्ता स्वादनको चाहनाबाट ग्रसित भएर गरिने सबै क्रियाकलापहरु क्रन्तिका लागी अभिसाप साबित हुनेछन । यस्ता घटनाले संघर्षको चरण ,क्रान्तिको चरण कमजोर हुने स्थिति देखिएको छ ।
सिद्धान्त र संगठन कमजोर भएपछि स्वाभाविक रुपमा संघर्ष कमजोर हुन्छ । संघर्षले सहिबाटो पक्रिन नसक्दा ब्यक्तिबादी चरित्र हावी हुने ,गुट उपगुटहरु निर्माण हुने हुन्छ । त्यसले पार्टी संचालन प्रक्रिया अबरुद्ध गर्छ । आज नेकपा गुट उपगुटको शिकार बनेको छ । पार्टी मा शैधान्तिक अन्योल छ । संगठन परिचालन कमजोर छ । जनताको जिबनसंग जोडिएका प्रश्नहरुको बारेमा पार्टीका मिटिंग बैठकहरुमा एजेन्डा बन्न छोडेका छन् । सरकारलाई दिशानिर्देश गर्न पार्टी चुकेको छ । समग्रमा भन्दा सरकार र पार्टी काम सन्तोजनक छैन । यो सरकारले एक्लै गर्न सक्ने कुरापनि होइन । यो त बिशाल कार्यकर्ता पंक्ति परिचालन गरेर क्रान्तिको साधनको रुपमा प्रयोग गर्नु पर्ने हो । हरेक पार्टी सदस्यहरु सरकारको कामको सहयोगी बन्नु पर्ने हो । सरकार संचालनमा पार्टीले नीतिगत निर्देशन गर्ने र कार्यन्वयनमा पार्टी परिचालित हुनुपर्ने हो । तर यी सबै काम भएका छैनन ।
पुष्पलालले स्थापना गरेको कम्युनिस्ट पार्टीले ठुला ठुला राजनैतिक परिबर्तनको नेतृत्व गर्यो । समानताबाद उत्क्षेद गर्यो । राजतन्त्र अन्त्य र गणतन्त्रको स्थापना गर्यो । जनता राजनैतिक अधिकार सम्पन्न भए । तर अहिले पनि आर्थिक सामाजिक रुपान्तरणको आन्दोलन चलिरहेको छ । उत्पादनका साधनहरु सर्बहारा श्रमजिबिको हातमा छैन । दलाल पूँजीवाद ब्याप्त छ । देशको अर्थतन्त्र अहिले पनि साम्राज्यबादी शक्ति र भारतीय बिस्तारबादी शक्तिको नियन्त्रणमा छ । प्रस्ट बिचार र योजना को अभाबमा पार्टी कुहिराको काग बनिरहेको छ ।
पार्टी अन्योलमा संचालन हुन सक्दैन । नेकपाले पुष्पलालको तिन ‘स ‘ आलोकमा आफुलाई खार्नु पर्दछ । आफ्नो सिद्धान्तलार्इ प्रस्ट पार्नुपर्छ । पार्टीका सबै तह र तप्कामा संगठनलाइ स्पातिलो बनाउनु जरुरी छ । पार्टी सिद्धान्त र संगठनको बलमा समाजबाद हुँदै साम्यवाद सम्मको संघर्षको संचालन गर्नुपर्छ , त्यसकालागि जति सक्दो छिटो एकता महाधिबेसनको आयोजना गर्नु पर्दछ र त्यहिबाट सबै खाले अन्योलको निकास खोजेर पार्टी र क्रान्तिको रक्षा गर्न सके मात्र कम्युनिष्ट पार्टीका संस्थापक पुष्पलालप्रति न्याय हुन सक्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

समाचार समाचार पुष्पलाल, नेकपा र अबको बाटो

Most Popular

हाजिरीजवाफ प्रतियोगितामा बीरेन्द्र मावि प्रथम

भद्रपुर १० मंसीर । झापाको भद्रपुर जेसीजले जेसीज सप्ताह २०२० को ५ औं कार्यक्रम अन्र्तगत भद्रपुर नगरपालिका मावि स्तरीय अन्तर मावि...

चन्द्रगढी विमान स्थलको उत्तरतर्फ मूलगेट र टर्मिनल भवन बन्नुपर्ने माग

झापा १० कार्तिक । चन्द्रगढी विमान स्थलको स्तरबृद्धि पछिल्लो डिपिआर अनुसार अबिलम्ब थालिनु पर्ने माग राख्दै स्थानीयले संघर्ष थालेका छन् ।पछिल्लो डिपिआर...

एनएमसीको १२ प्रतिशत लाभांस वितरणको प्रस्ताव

झापा १० मंसीर । नेपाल बहुउद्देश्यीय सहकारी संस्थाले २८ औं बार्षिक साधारणसभामा पेश गर्ने बार्षिक प्रतिवेदन आज सार्वजनिक गरेको छ ।संस्थाको विर्तामोडस्थित...

पत्रकार काफ्ले र गौतमद्वारा ‘नारी सञ्चार प्रोत्साहन’ अक्षयकोषमा सहयोग

झापा ८ मंसीर । झापाका महिला संचारकर्मीहरुको छाता संगठन नारी सञ्चार गृहले बहुउद्देश्यीय लक्ष्य राखेर स्थापना गरेको अक्षयकोषमा दुई पत्रकारले सहयोग रकम...

Recent Comments