Home विचार वीपीको ३८ औं स्मृति दिवसमा विविध कार्यक्रम

वीपीको ३८ औं स्मृति दिवसमा विविध कार्यक्रम

झापा ६ साउन । राष्ट्रियता, प्रजातन्त्र र समाजवादका प्रणेता नेपाली कांग्रेसका संस्थापक नेता महामानव वी.पी. कोइरालाको ३८ औं स्मृति दिवस देशभर मनाइएको छ । नेपालका पहिलो जननिर्वाचित प्रधानमन्त्री वी।पी। कोइरालाले प्रतिपादन गर्नुभएको प्रजातान्त्रिक समाजवाद र अहिलेको सन्दर्भका विषयमा बृहद छलफल तथा विविध रचनात्मक कार्यक्रम गरेर देशभर स्मृति दिवस मनाइएको हो ।
वि। सं १९७१ भदौ २४ गते जन्मनुभएका कोइराला वि.सं. २०१५ को संसदीय निर्वाचनपछि २०१६ जेठमा पहिलो निर्वाचित प्रधानमन्त्री बन्नुभएको थियो । तत्कालीन राजा महेन्द्रले प्रजातन्त्रमाथि ‘कू’ गर्दै कोइरालालाई प्रधानमन्त्री पदबाट अपदस्त गरेपछि प्रजातान्त्रिक आन्दोलनका लागि वी।पी।ले जेल, नेल र निर्वासनसम्मको कठोर यातनासहित जीवनभर संघर्ष गर्नुपरेको थियो । क्यान्सर रोगका कारण उहाँको २०३९ साल साउन ६ गते निधन भएको थियो ।
विदेशमा बसेर देशका लागि लड्नुभन्दा देशभित्रकै सबै शक्तिबीचको एकता महत्वपुर्ण हुने भन्दै राष्ट्रवादी भावना लिएर २०३३ सालमा उहाँ राष्ट्रिय मेलमिलापको नीति सहित भारतको निर्वासन जीवन त्यागी स्वदेश फर्कनुभएको थियो ।
उहाँले प्रतिपादन गनुभएको प्रजातान्त्रिक समाजवाद र मेलमिलापको नीति अहिले पनि उत्तिकै सान्दर्भिक र दूरगामी महत्वको मानिन्छ ।
समान न्याय, समानता र जनताको आर्थिक समृद्धिका लागि नेपाली राजनीति र साहित्यमार्फत निरन्तर संघर्षरत उहाँले नेपाली साहित्यलाई विश्वसामु चिनाउनुभएको थियो । उहाँका तीन घुम्तीु, ‘मोदी आइनु, ‘हिटलर र यहुदीु, ‘सुम्निमाु, ‘नरेन्द्रदार्इ, एवम् ‘बाबु, आमा र छोरा’ गरी छ उपन्यास प्रकाशित भएका छन्। त्यसैगरी दुई कथा सङ्ग्रह ‘श्वेत भैरवी’ र ‘दोषी चस्मा’, आत्मकथा, हरिप्रसाद शर्माको सम्पादनमा ‘विश्वेश्वरप्रसाद कोइरालाका कथा र कविता, कृति प्रकाशित छन् ।

कोइरालाको ३८ औं स्मृति दिवसको अवसर पारेर झापाका १५ वटै स्थानीय तह र १० वटा प्रदेश क्षेत्रीय समितिको आयोजनामा विचार गोष्ठी, रक्तदान, बृक्षरोपण लगायतका विविध रचनात्मक कार्यक्रम सम्पन्न भएको नेपाली कांग्रेस झापाका कार्यालय सचिव जयप्रसाद दाहालले जानकारी दिनुभयो ।
यसै क्रममा नेपाली काँग्रेस भद्रपुर नगर समितिको आयोजनामा भद्रपुर १० स्थित बीपी चोकमा विचार गोष्ठी सम्पन्न भएको छ ।
त्यहाँस्थित वी.पी.को शालिकमा माल्यार्पणपश्चात आयोजित विचार गोष्ठीमा बोल्ने अधिकांश वक्ताहरुले देशमा कम्युनिस्टले मनपरी शैलीमा राज्य सञ्चालन गर्दा संकट उत्पन्न भएको आरोप लगाए । उनीहरूले काँग्रेस नेतृत्वले बीपीको समाजवादी चिन्तन भुल्दै गएकोप्रति चिन्ता समेत व्यक्त गरेका थिए ।
नेपाली काँग्रेसका केन्द्रीय सदस्य सुधिरकुमार शिवाकोटीको प्रमुख आतिथ्य र झापा सभापति उद्वव थापाको विशेष आतिथ्यमा सम्पन्न कार्यक्रममा नेपाल महिला संघकी केन्द्रीय सदस्य गोमा भट्टराई लगायतले मन्तव्य राख्दै अधिनायकवाद उन्मुख सरकारको कार्यशैलीले नागरिकले दुःख पाएको आरोप लगाउँदै काँग्रेसले देश र जनताका लागि सशक्त आवाज उठाउनुपर्ने दिन आइसकेको धारणा राखेका थिए ।
भद्रपुर नगर सभापति मोहन महर्जनको अध्यक्षतामा सम्पन्न कार्यक्रममा केन्द्रीय सदस्य भारतेन्दुकुमार मल्लिक, प्रदेश सांसद ओमप्रकाश सरावगी लगायत नेपाली काँग्रेसमा आस्था राख्ने अगुवा नेता तथा कार्यकर्ताको बाक्लो उपस्थिति रहेको थियो ।
यसै दिवसको अवसर पारेर झापा क्षेत्र नं–१ प्रदेश क ले रक्तदान तथा विचार गोष्ठी सम्पन्न गरेको छ । प्रदेश क्षेत्रीय सभापति हर्क फियाकको अध्यक्षता र ने।का। झापाका उपसभापति राम कट्टेलको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा संविधानसभा सदस्य उषा गुरुङ, ने.कां.१ नं क्षेत्रीय सभापति मणि उप्रेती, नगर सभापति इन्द्र बुढाथोकी लगायतले मन्तब्य राख्नुभएको थियो । मन्तब्य राख्ने अधिकांश वक्ताहरुले वी.पी.ले लिनुभएको प्रजातान्त्रिक समाजवादी सिद्धान्त अहिले पनि उत्तिकै सान्दर्भिक रहेको उल्लेख गर्दै यसको अनुशरणले मात्रै नेपाल र नेपाली समृद्ध हुने धारणा राखेका थिए । नेपाल रेडक्रस सोसाइटी झापाको प्राविधिक सहयोगमा सम्पन्न कार्यक्रममा ४१ पिन्ट रगत संकलन भएको जनाइएको छ । यसैबीच १ नं क्षेत्र, प्रदेश ख समितिको आयोजनामा धाइजनमा विचारगोष्ठी सम्पन्न भएको छ । प्रदेश क्षेत्रीय सभापति सिता पोखरेलको सभापतित्व र प्रदेश सांसदका उम्मेद्वार अशोक पोखरेलको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा क्षेत्रीय सभापति मणि उप्रेती लगायतले मन्तब्य राख्नुभएको थियो ।
यसैबीच वी.पी.को स्मृतिमा झापा क्षेत्र नं–४ अन्तर्गत प्रदेश क र ख ले सताक्षीधाम परिसरमा विरुवा रोपेको छ । कांग्रेस केन्द्रीय सदस्य सरिता प्रसाईको प्रमुख आतिथ्य र ४ नं क्षेत्रीय सभापति जयनारायण शाहको सभापतित्वमा सम्पन्न कार्यक्रममा विभिन्न प्रजातिका दुईसय ५० वटा विरुवा रोपिएको सचिव शिव कडेलले जानकारी दिनुभयो ।
यसैबीच झापाको गौरादहमा वी.पी.कै जीवनीमा आधारित वृत्तचित्र प्रदर्शन गरिएको छ । नेपाली कांग्रेस ५ नं क्षेत्र अन्तर्गत प्रदेश क र गौरादह नगरपालिकाको संयुक्त आयोजनामा सम्पन्न विचार गोष्ठी तथा वृत्तचित्र प्रदर्शन कार्यक्रममा वृत्तचित्र प्रदर्शन गरिएको हो ।
ने।का। गौरादह नगर समिति अध्यक्ष यादव सेढाईको अध्यक्षता र प्रदेश क्षेत्रीय सभापति रोहित शाहको प्रमुख आतिथ्यमा सम्पन्न विचार गोष्ठी कार्यक्रममा रामकुमारी पौडेल, विरवहादुर प्रसाई, खगेन्द्र अधिकारी, अनिलकृष्ण प्रसाई, लक्ष्मी बाह्रकोटी लगायतले मन्तब्य राख्नुभएको थियो ।
यसैगरी नेपाली कांग्रेस दमक नगरसमिति र ५ नं प्रदेश ख क्षेत्रीय समितिको आयोजनामा बृक्षरोपण तथा वी.पी.को विचार विषयक विचार गोष्ठी सम्पन्न भएको छ । प्रदेश क्षेत्रीय सभापति पदम लिम्बूको सभापतित्व र नेपाली कांग्रेस झापाका पूर्व सभापति पूर्णानन्द शर्माको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा सांसद महेन्द्राकुमारी सुब्बा, दिलवहादुर बुढाथोकी, क्षेत्रीय सभापति ढुण्डिराज भण्डारी, सुरेश सुब्बा, राजन ढुङ्गाना, शेरवहादुर भटराई, मेनुका बुढाथोकी, रेगिना प्रसाई भट्टराई लगायतले मन्तब्य राख्नुभएको थियो ।
त्यसैगरी ने।का। कमल गाउँ समितिको आयोजनामा विचार गोष्ठी कार्यक्रम गाउँ सभापति खगेन भण्डारीको सभापतित्वमा सम्पन्न भएको छ । पूर्णानन्द शर्माको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा ढुण्डि भण्डारीलगायतले मन्तब्य राख्नुभएको थियो ।
यसैबीच झापा क्षेत्र नं ३ अन्तर्गत प्रदेश ख र हल्दिबारी गाउँ समितिको संयुक्त आयोजनामा जेष्ठ नागरिकलाई सम्मान गरिएको छ । हल्दिबारी क्षेत्रका ३५ जना जेष्ठ नागरिकलाई सम्मान गरिएको कार्यक्रम गाउँ सभापति दिलिप मावोको सभापतित्व र प्रदेश सांसद ओमप्रकाश सरावगीको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो ।कार्यक्रममा ३ नं क्षेत्रीय सभापति गणेश पोखरेल, प्रदेश ख सभापति नविन विमलीलगायतले जेष्ठ नागरिकलाई सम्मान गर्नुभएको हो ।
यता झापाको बाह्रदशी र गोल्धापमा क्वारेिन्टइनमा रहेकाहरुलाई वी।पी। स्मृति दिवसको सन्दर्भ पारेर फलफूल वितरण गरिएको छ । बाह्रदशी गाउँ समिति सभापति ओमप्रकाश गौतमको नेतृत्वमा गएको कांग्रेस कार्यकर्ताको टोलीले पशुपति मा।वि। को क्वारेन्टिनमा रहेका ३७ जनालाई फलफूल वितरण गरेका हुन् । त्यसपछि आयोजित कार्यक्रममा दयानन्द गोश्वामी, भगिरथ पोद्धार, खड्ग राजवंशी लगायतले बोल्नुभएको थियो ।
यसैगरी गोल्धाप क्वारेन्टिनमा रहेकाहरुलाई हल्दिबारी गाउ समितिका सहसभापति निराजन दाहालको सभापतित्व र नविन विमलीको प्रमुख आतिथ्यमा सम्पन्न एक कार्यक्रमका बीच २७ जनालाई फलफूल वितरण गरिएको हो । विचार गोष्ठी समेत आयोजना गरिएको कार्यक्रममा डम्बर सिगुले पनि मन्तब्य राख्नुभएको थियो ।
यसैबीच नेपाली कांग्रेस झापा क्षेत्र नं २ प्रदेश ख ले वी।पी। स्मृति दिवसको अवसर पारेर अर्जुनधारा नगरपालिका–८ शनिश्चरेबजारमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । नेपाल रेडक्रस सोसाइटी विर्तामोड उपशाखाको प्राविधिक सहयोगमा भीमा गिरीले रक्तदान गर्दै उद्घाटन गर्नुभएको कार्यक्रममा ५१ जनाले रक्तदान गरेका छन् ।
नेपाली कांग्रेस केन्द्रीय सदस्य केशवकुमार बुढाथोकीको प्रमुख आतिथ्य, सरिता प्रसाई र उद्वव थापाको विशेष आतिथ्य तथा प्रदेश क्षेत्रीय सभापति किरण श्रेष्ठको सभापतित्वमा सम्पन्न कार्यक्रममा क्षेत्रीय सभापति खगेन्द्र मैनाली, महासमिति सदस्य दिपक तामाङ, खड्ग प्रसाई, जिल्ला सदस्य सरस्वती सिटौला, लिला ढकाल लगायतले वी।पी।को ब्यक्तित्व, कृतित्व राजनीतिक जीवनबारे चर्चा गरेका थिए । नेपाल तरुण दल, नेपाल महिला संघ, नेविसंघ लगायत भातृ संघसंस्थाका प्रतिनिधिहरुको पनि उल्लेख्य सहभागिता रहेको कार्यक्रममा अर्जुनधारा नगर सभापति हेमराज खरेलले स्वागत गर्नुभएको कार्यक्रमको सञ्चालन शेखर बनले गर्नुभएको थियो ।
यसैबीच झापा क्षेत्र नं–३ प्रदेश क र कचनकवल गाउँ समितिको संयुक्त आयोजनामा कचनकवलमा बालुवाढीस्थित चन्द्रमणि स्मृति प्रतिष्ठान परिसरमा दुईसय विभिन्न प्रजातिका विरुवा रोपिएको छ । भरत राजवंशीको सभापतित्वमा सम्पन्न कार्यक्रममा चिन्तामणि खरेल लगायतले मन्तब्य राख्नुभएको थियो ।
विर्तामोड ६ साउन । राष्ट्रियता, प्रजातन्त्र र समाजवादका प्रणेता नेपाली कांग्रेसका संस्थापक नेता महामानव वी।पी कोइरालाको ३८ औं स्मृति दिवस देशभर मनाइएको छ । नेपालका पहिलो जननिर्वाचित प्रधानमन्त्री वी।पी। कोइरालाले प्रतिपादन गर्नुभएको प्रजातान्त्रिक समाजवाद र अहिलेको सन्दर्भका विषयमा बृहद छलफल तथा विविध रचनात्मक कार्यक्रम गरेर देशभर स्मृति दिवस मनाइएको हो ।
वि। सं १९७१ भदौ २४ गते जन्मनुभएका कोइराला वि।सं। २०१५ को संसदीय निर्वाचनपछि २०१६ जेठमा पहिलो निर्वाचित प्रधानमन्त्री बन्नुभएको थियो । तत्कालीन राजा महेन्द्रले प्रजातन्त्रमाथि ‘कू’ गर्दै कोइरालालाई प्रधानमन्त्री पदबाट अपदस्त गरेपछि प्रजातान्त्रिक आन्दोलनका लागि वी।पी।ले जेल, नेल र निर्वासनसम्मको कठोर यातनासहित जीवनभर संघर्ष गर्नुपरेको थियो । क्यान्सर रोगका कारण उहाँको २०३९ साल साउन ६ गते निधन भएको थियो ।
विदेशमा बसेर देशका लागि लड्नुभन्दा देशभित्रकै सबै शक्तिबीचको एकता महत्वपुर्ण हुने भन्दै राष्ट्रवादी भावना लिएर २०३३ सालमा उहाँ राष्ट्रिय मेलमिलापको नीति सहित भारतको निर्वासन जीवन त्यागी स्वदेश फर्कनुभएको थियो ।
उहाँले प्रतिपादन गनुभएको प्रजातान्त्रिक समाजवाद र मेलमिलापको नीति अहिले पनि उत्तिकै सान्दर्भिक र दूरगामी महत्वको मानिन्छ ।
समान न्याय, समानता र जनताको आर्थिक समृद्धिका लागि नेपाली राजनीति र साहित्यमार्फत निरन्तर संघर्षरत उहाँले नेपाली साहित्यलाई विश्वसामु चिनाउनुभएको थियो । उहाँका तीन घुम्तीु, ‘मोदी आइनु, ‘हिटलर र यहुदीु, ‘सुम्निमाु, ‘नरेन्द्रदाइु, एवम् ‘बाबु, आमा र छोरा’ गरी छ उपन्यास प्रकाशित भएका छन्। त्यसैगरी दुई कथा सङ्ग्रह ‘श्वेत भैरवी’ र ‘दोषी चस्मा’, आत्मकथा, हरिप्रसाद शर्माको सम्पादनमा ‘विश्वेश्वरप्रसाद कोइरालाका कथा र कविता, कृति प्रकाशित छन् ।
कोइरालाको ३८ औं स्मृति दिवसको अवसर पारेर झापाका १५ वटै स्थानीय तह र १० वटा प्रदेश क्षेत्रीय समितिको आयोजनामा विचार गोष्ठी, रक्तदान, बृक्षरोपण लगायतका विविध रचनात्मक कार्यक्रम सम्पन्न भएको नेपाली कांग्रेस झापाका कार्यालय सचिव जयप्रसाद दाहालले जानकारी दिनुभयो ।
यसै क्रममा नेपाली काँग्रेस भद्रपुर नगर समितिको आयोजनामा भद्रपुर १० स्थित बीपी चोकमा विचार गोष्ठी सम्पन्न भएको छ ।
त्यहाँस्थित वी।पी।को शालिकमा माल्यार्पणपश्चात आयोजित विचार गोष्ठीमा बोल्ने अधिकांश वक्ताहरुले देशमा कम्युनिस्टले मनपरी शैलीमा राज्य सञ्चालन गर्दा संकट उत्पन्न भएको आरोप लगाए । उनीहरूले काँग्रेस नेतृत्वले बीपीको समाजवादी चिन्तन भुल्दै गएकोप्रति चिन्ता समेत व्यक्त गरेका थिए ।
नेपाली काँग्रेसका केन्द्रीय सदस्य सुधिरकुमार शिवाकोटीको प्रमुख आतिथ्य र झापा सभापति उद्वव थापाको विशेष आतिथ्यमा सम्पन्न कार्यक्रममा नेपाल महिला संघकी केन्द्रीय सदस्य गोमा भट्टराई लगायतले मन्तव्य राख्दै अधिनायकवाद उन्मुख सरकारको कार्यशैलीले नागरिकले दुःख पाएको आरोप लगाउँदै काँग्रेसले देश र जनताका लागि सशक्त आवाज उठाउनुपर्ने दिन आइसकेको धारणा राखेका थिए ।
भद्रपुर नगर सभापति मोहन महर्जनको अध्यक्षतामा सम्पन्न कार्यक्रममा केन्द्रीय सदस्य भारतेन्दुकुमार मल्लिक, प्रदेश सांसद ओमप्रकाश सरावगी लगायत नेपाली काँग्रेसमा आस्था राख्ने अगुवा नेता तथा कार्यकर्ताको बाक्लो उपस्थिति रहेको थियो ।
यसै दिवसको अवसर पारेर झापा क्षेत्र नं–१ प्रदेश क ले रक्तदान तथा विचार गोष्ठी सम्पन्न गरेको छ । प्रदेश क्षेत्रीय सभापति हर्क फियाकको अध्यक्षता र ने.का. झापाका उपसभापति राम कट्टेलको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा संविधानसभा सदस्य उषा गुरुङ, ने.कां.१ नं क्षेत्रीय सभापति मणि उप्रेती, नगर सभापति इन्द्र बुढाथोकी लगायतले मन्तब्य राख्नुभएको थियो । मन्तब्य राख्ने अधिकांश वक्ताहरुले वी.पी.ले लिनुभएको प्रजातान्त्रिक समाजवादी सिद्धान्त अहिले पनि उत्तिकै सान्दर्भिक रहेको उल्लेख गर्दै यसको अनुशरणले मात्रै नेपाल र नेपाली समृद्ध हुने धारणा राखेका थिए । नेपाल रेडक्रस सोसाइटी झापाको प्राविधिक सहयोगमा सम्पन्न कार्यक्रममा ४१ पिन्ट रगत संकलन भएको जनाइएको छ । यसैबीच १ नं क्षेत्र, प्रदेश ख समितिको आयोजनामा धाइजनमा विचारगोष्ठी सम्पन्न भएको छ । प्रदेश क्षेत्रीय सभापति सिता पोखरेलको सभापतित्व र प्रदेश सांसदका उम्मेद्वार अशोक पोखरेलको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा क्षेत्रीय सभापति मणि उप्रेती लगायतले मन्तब्य राख्नुभएको थियो ।
यसैबीच वी.पी.को स्मृतिमा झापा क्षेत्र नं–४ अन्तर्गत प्रदेश क र ख ले सताक्षीधाम परिसरमा विरुवा रोपेको छ । कांग्रेस केन्द्रीय सदस्य सरिता प्रसाईको प्रमुख आतिथ्य र ४ नं क्षेत्रीय सभापति जयनारायण शाहको सभापतित्वमा सम्पन्न कार्यक्रममा विभिन्न प्रजातिका दुईसय ५० वटा विरुवा रोपिएको सचिव शिव कडेलले जानकारी दिनुभयो ।
यसैबीच झापाको गौरादहमा वी.पी.कै जीवनीमा आधारित वृत्तचित्र प्रदर्शन गरिएको छ । नेपाली कांग्रेस ५ नं क्षेत्र अन्तर्गत प्रदेश क र गौरादह नगरपालिकाको संयुक्त आयोजनामा सम्पन्न विचार गोष्ठी तथा वृत्तचित्र प्रदर्शन कार्यक्रममा वृत्तचित्र प्रदर्शन गरिएको हो ।
ने।का। गौरादह नगर समिति अध्यक्ष यादव सेढाईको अध्यक्षता र प्रदेश क्षेत्रीय सभापति रोहित शाहको प्रमुख आतिथ्यमा सम्पन्न विचार गोष्ठी कार्यक्रममा रामकुमारी पौडेल, विरवहादुर प्रसाई, खगेन्द्र अधिकारी, अनिलकृष्ण प्रसाई, लक्ष्मी बाह्रकोटी लगायतले मन्तब्य राख्नुभएको थियो ।
यसैगरी नेपाली कांग्रेस दमक नगरसमिति र ५ नं प्रदेश ख क्षेत्रीय समितिको आयोजनामा बृक्षरोपण तथा वी.पी.को विचार विषयक विचार गोष्ठी सम्पन्न भएको छ । प्रदेश क्षेत्रीय सभापति पदम लिम्बूको सभापतित्व र नेपाली कांग्रेस झापाका पूर्व सभापति पूर्णानन्द शर्माको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा सांसद महेन्द्राकुमारी सुब्बा, दिलवहादुर बुढाथोकी, क्षेत्रीय सभापति ढुण्डिराज भण्डारी, सुरेश सुब्बा, राजन ढुङ्गाना, शेरवहादुर भटराई, मेनुका बुढाथोकी, रेगिना प्रसाई भट्टराई लगायतले मन्तब्य राख्नुभएको थियो ।
त्यसैगरी ने.का. कमल गाउँ समितिको आयोजनामा विचार गोष्ठी कार्यक्रम गाउँ सभापति खगेन भण्डारीको सभापतित्वमा सम्पन्न भएको छ । पूर्णानन्द शर्माको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा ढुण्डि भण्डारीलगायतले मन्तब्य राख्नुभएको थियो ।
यसैबीच झापा क्षेत्र नं ३ अन्तर्गत प्रदेश ख र हल्दिबारी गाउँ समितिको संयुक्त आयोजनामा जेष्ठ नागरिकलाई सम्मान गरिएको छ । हल्दिबारी क्षेत्रका ३५ जना जेष्ठ नागरिकलाई सम्मान गरिएको कार्यक्रम गाउँ सभापति दिलिप मावोको सभापतित्व र प्रदेश सांसद ओमप्रकाश सरावगीको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो ।कार्यक्रममा ३ नं क्षेत्रीय सभापति गणेश पोखरेल, प्रदेश ख सभापति नविन विमलीलगायतले जेष्ठ नागरिकलाई सम्मान गर्नुभएको हो ।
यता झापाको बाह्रदशी र गोल्धापमा क्वारेिन्टइनमा रहेकाहरुलाई वी.पी. स्मृति दिवसको सन्दर्भ पारेर फलफूल वितरण गरिएको छ । बाह्रदशी गाउँ समिति सभापति ओमप्रकाश गौतमको नेतृत्वमा गएको कांग्रेस कार्यकर्ताको टोलीले पशुपति मा।वि। को क्वारेन्टिनमा रहेका ३७ जनालाई फलफूल वितरण गरेका हुन् । त्यसपछि आयोजित कार्यक्रममा दयानन्द गोश्वामी, भगिरथ पोद्धार, खड्ग राजवंशी लगायतले बोल्नुभएको थियो ।
यसैगरी गोल्धाप क्वारेन्टिनमा रहेकाहरुलाई हल्दिबारी गाउ समितिका सहसभापति निराजन दाहालको सभापतित्व र नविन विमलीको प्रमुख आतिथ्यमा सम्पन्न एक कार्यक्रमका बीच २७ जनालाई फलफूल वितरण गरिएको हो । विचार गोष्ठी समेत आयोजना गरिएको कार्यक्रममा डम्बर सिगुले पनि मन्तब्य राख्नुभएको थियो ।
यसैबीच नेपाली कांग्रेस झापा क्षेत्र नं २ प्रदेश ख ले वी.पी. स्मृति दिवसको अवसर पारेर अर्जुनधारा नगरपालिका–८ शनिश्चरेबजारमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । नेपाल रेडक्रस सोसाइटी विर्तामोड उपशाखाको प्राविधिक सहयोगमा भीमा गिरीले रक्तदान गर्दै उद्घाटन गर्नुभएको कार्यक्रममा ५१ जनाले रक्तदान गरेका छन् ।
नेपाली कांग्रेस केन्द्रीय सदस्य केशवकुमार बुढाथोकीको प्रमुख आतिथ्य, सरिता प्रसाई र उद्वव थापाको विशेष आतिथ्य तथा प्रदेश क्षेत्रीय सभापति किरण श्रेष्ठको सभापतित्वमा सम्पन्न कार्यक्रममा क्षेत्रीय सभापति खगेन्द्र मैनाली, महासमिति सदस्य दिपक तामाङ, खड्ग प्रसाई, जिल्ला सदस्य सरस्वती सिटौला, लिला ढकाल लगायतले वी।पी।को ब्यक्तित्व, कृतित्व राजनीतिक जीवनबारे चर्चा गरेका थिए । नेपाल तरुण दल, नेपाल महिला संघ, नेविसंघ लगायत भातृ संघसंस्थाका प्रतिनिधिहरुको पनि उल्लेख्य सहभागिता रहेको कार्यक्रममा अर्जुनधारा नगर सभापति हेमराज खरेलले स्वागत गर्नुभएको कार्यक्रमको सञ्चालन शेखर बनले गर्नुभएको थियो ।
यसैबीच झापा क्षेत्र नं–३ प्रदेश क र कचनकवल गाउँ समितिको संयुक्त आयोजनामा कचनकवलमा बालुवाढीस्थित चन्द्रमणि स्मृति प्रतिष्ठान परिसरमा दुईसय विभिन्न प्रजातिका विरुवा रोपिएको छ । भरत राजवंशीको सभापतित्वमा सम्पन्न कार्यक्रममा चिन्तामणि खरेल लगायतले मन्तब्य राख्नुभएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

विचार वीपीको ३८ औं स्मृति दिवसमा विविध कार्यक्रम

Most Popular

बाँसमा भविष्य खोज्दै बुद्धशान्तिका युवा

झापा । भारत सरकारले ‘बेम्बो वाटर बोटल’लाई प्लास्टिकको विकल्पका रुपमा प्रयोग गर्न सकिने गरेको घोषणाले झापाका तीन युवाको मन छोयो ।खेतबारीमा बार वार्ने,...

सहाराद्वारा परिवार राहत वितरण

लक्ष्मीपुर । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लक्ष्मीपुर सेवा केन्द्रले २ जना ७५ बर्ष माथिका जेष्ठ सदस्यलाई परिवार राहत...

कनकाई नदीमा झोलुङ्गे पुल निर्माणको शिलान्यास

शिवगञ्ज । झापाको शिवसताक्षी नगरपालिका ७ को कनकाई नदीमा झोलुङ्गे पुल निर्माण हुने भएको छ ।लालपानी चन्द्रडाँगी जोड्ने कनकाई नदीमा बन्न...

अपाङ्ग आश्रमलाई खाद्यान्न र कपडा हस्तान्तरण

झापा । मेचीमहाकाली बुहारी संयुक्त आवाजले अर्जुनधारामा रहेको अपाङ्ग बालशिक्षा सरोकार केन्द्रमा आश्रित बालबालिकालाई खाद्यान्न तथा लत्ताकपडा हस्तान्तरण गरेको छ ।घरेलु हिंसाका...

Recent Comments