Home समाचार कांग्रेस सांसदको पाँचदिनको तलब बाढी पीडितलाई

कांग्रेस सांसदको पाँचदिनको तलब बाढी पीडितलाई

झापा । नेपाली कांग्रेस संवद्ध सांसदहरुले पाँच दिनको तलब बराबरको रकम बाढी पीडितलाई दिने भएका छन् ।
निरन्तरको बर्षातले देशभर धन जनको ठूलो क्षति पुर्याएपछि पीडित परिवारलाई सहयोग गर्ने उद्देश्यले कांग्रेस सांसदहरुले आफ्नो पाँचदिनको तलब बराबरको रकम राहतमा दिने निर्णय गरेको पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले जनाएका छन् ।
विगत केही दिनदेखि भएको वर्षातका कारण देशभर ठूलो क्षति पुर्याएपछि पार्टीको केन्द्रीय समिति बैठक समेत स्थागित गरेर बाढी तथा पहिरो प्रभावितको उद्दार तथा राहतमा जुट्नुपर्ने भन्दै बैठक स्थगित गरेको थियो ।
प्रवक्ता शर्माले सामाजिक सञ्जाल मार्फत राजनीतिक वाद–विवाद भन्दा माथी उठेर विपदमा सत्तापक्ष र विपक्षको सहमति र असहमति सबै भुलेर साझा ढंगले पीडितको घाउँमा मल्हम पट्टी लगाउनु पर्नेमा जोड दिंदै उक्त कार्यमा एक भएर जुट्न सबैलाई आह््वान गर्दै कांग्रेस सांसदले राहतमा तलब सहयोग गर्ने जनाएका हुन् ।

गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

समाचार कांग्रेस सांसदको पाँचदिनको तलब बाढी पीडितलाई

Most Popular

Recent Comments