Home समाचार आगामी तीनदिनको मौषम पूर्वानुमान

आगामी तीनदिनको मौषम पूर्वानुमान

काठमाडौ । आउँदो २४ घण्टासम्म देशको पूर्व, मध्य र पश्चिम क्षेत्रमा भारी वर्षा हुने संभवना रहेको जनाउँदै सचेत रहन मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।
वर्षाका कारण देशको पहाडी भू–भागमा पहिरो र तराईमा बग्ने नदीमा जलको बहाब बढेर बाढी आउन सक्ने देखिएको भन्दै महाशाखाले सचेत रहन आग्रह गरेको हो । यस्तै, हवाई तथा सडक यातायातमा समेत वर्षा र कम भिजिविलिटीका कारण सामान्य अवरोध आउन सक्ने भन्दै सतर्कता अपनाउन पनि उसले आग्रह गरेको छ ।
मनसुन न्यून चापीय रेखा नेपालको तराई भू–भागमा रहेकाले मनसुनी गतिविधि देशभर सक्रिय बनेको मौसमविद् राजु प्रधानाङ्गले जानकारी दिए ।
अहिले पनि पूर्वी, मध्य तथा पश्चिमी क्षेत्रका केही स्थानमा वर्षा भैरहेको छ ।
महाशाखाले आउँदो तीनदिनसम्म मौसम बदली भई देशका विभिन्न स्थानमा पानी परिरहने पूर्वानुमान गरेको छ । सोमबार दिउँसो केही स्थानमा पानी पर्ने देखिए पनि राति भने देशभरका अधिकांस स्थानमा पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ ।
यस्तै मंगलबार पनि दिनभर मध्य र पश्चिम क्षेत्रका केही स्थानमा भारी वर्षा हुने महाशाखाले पूर्वानुमान गरेको छ । मंगलबार राति भने देशभर मौसम पूर्ण बदली भई वर्षा हुने सम्भावना छ ।
यस्तै साउन १ गते बुधबार पनि देशैभर दिनभर बदली भई केही स्थानमा पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ । बुधबार पूर्वी क्षेत्रमा मौसम बढी सक्रिय हुने देखिएको मौसमविद् प्रधानाङ्गले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

समाचार आगामी तीनदिनको मौषम पूर्वानुमान

Most Popular

हिन्दुराष्ट्रका पक्षमा राप्रपा झापाको ऐक्यबद्धता : झापामा बृहत र्याली

झापा १२ मंसीर । राजसंस्था र हिन्दुराष्ट्रका पक्षमा स्वस्फूर्त रूपमा देशभर भइरहेको र्यालीप्रति ऐक्यबद्धता जनाउदै राप्रपा झापाले पनि वृहत मोटर साईकल...

मञ्जुको उपचारमा २ लाख २० हजारबढी सहयोग

भद्रपुर ११ मंसीर । दुवै मिर्गौला खराब भएकी झापा भद्रपुर नगरपालिका वडा नं–७ की मञ्जु ठकुरीलाई आज उहाँकै निवास पुगेर उपचार...

कारवाहीको माग गर्दै बुहारी आवाजद्वारा प्रधानमन्त्रीलाई ज्ञापन

झापा ११ मंसीर । महोत्तरीमा बलात्कारपछि हत्या गरिएकि बालिका गुलाब खातुनका हत्यारालाई कडा कानुनी कारबाहीको माग गर्दै मेचीमहाकाली संयुक्त बुहारी आवाजले...

हाजिरीजवाफ प्रतियोगितामा बीरेन्द्र मावि प्रथम

भद्रपुर १० मंसीर । झापाको भद्रपुर जेसीजले जेसीज सप्ताह २०२० को ५ औं कार्यक्रम अन्र्तगत भद्रपुर नगरपालिका मावि स्तरीय अन्तर मावि...

Recent Comments