Home समाचार समाचार विस्थापित २६ परिवार इन्द्रेणी प्राविमा, १९ परिवार फर्किए

विस्थापित २६ परिवार इन्द्रेणी प्राविमा, १९ परिवार फर्किए

विर्तामोड २९ असार /तीनदिनसम्म निरन्तर भएको वर्षातका कारण झापा गौरीगञ्ज–१ होकलबाडीका का २६ घर विस्थापित भएका छन् झापा गाउँपालिका वडा नं. २ र ६ मा सानो भाई खोलामा आएको बाढीबाट ५ घर विस्थापित भएका छन् ।
विस्तापितलाई तत्कालका लागि बस्न स्थानीय इन्द्रेणी प्राविमा बसेका छन् भने झापा गाउँपालिकाका विस्थापितहरु आफन्तकोमा शरण लिएर बसको नेपाल रेडक्रस सोसाइटी झापाका सभापति लोकराज ढकालले जानकारी दिनुभयो ।
झापा गाउँपालिका वडा नं.–४ मा बाढीबाट १ परिवारको घर पूर्ण रुपमा क्षति भएको बताइएको छ । बाढीबाट पूर्ण रुपमा विस्थापित सो परिवार आफन्तकोमा शरण लिएर बस्दै आएको स्थानीयले जनाएका छन् ।
होकलवाडीमा यसअघि लगाइएको जनताको तटबन्धन भत्किएर कनकाई नदि वस्तिमा पसेपछि सो बस्तीका २६ घर विस्थापित भएका हुन् ।
यसअघि सोही गाउँपालिकाको सोही वडाको कुन्जीबारी पश्चिममा विस्थापित भएका १२ घर सन्थाल परिवार र भन्सार बालुबाडी बस्तीका विस्थापित ७ परिवारसहित १९ परिवार पानीको सतह घटेसंगै घर फर्किएको नेपाल रेडक्रस सोसाइटी झापाले जनाएको छ ।
बाढीबाट विस्थापितको अवस्था हेरेर आवश्यकता अनुसार सोमबारदेखि राहत वितरण गरिने जिल्ला प्रशासन कार्यालय झापाले जानएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

समाचार समाचार विस्थापित २६ परिवार इन्द्रेणी प्राविमा, १९ परिवार फर्किए

Most Popular

Recent Comments