Home मनोरञ्जन भानुको पहिचान नै रामायण

भानुको पहिचान नै रामायण

वि.सं. १८७१ असार २९ मा तनहुँ जिल्लाको रम्घामा विद्वान आचार्य परिवारमा जन्मिएका भानुभक्त आचार्यले शिक्षा दीक्षा हजुरबुबा श्रीकृष्ण आचार्यबाट प्राप्त गरेका थिए । भानुभक्तका त्यसबेलाका रचना निकै लोकप्रिय रहेको मानिन्छ । राणा प्रधानमन्त्री जुद्धशमसेरले आदिकविका रुपमा सम्मान गरेका भानुभक्तका रामायण (१९१०), प्रश्नोत्तरमाला (१९१०), भक्तमाला (१९२१), बधुशिक्षा (१९१९), रामगीता (१०२५) आदि पुस्तकहरु चर्चित छन् ।
तिनै भानुभक्त आचार्यको रामायण सबैभन्दा बढी चर्चा हुने पुस्तक हो । मौलिक लोकलय समेटिएको कारणले सर्वसाधारणमा पनि यसको प्रभाव परेको पाइन्छ । लय र भाषाको प्रयोगको संयोजन मिलेकाले पनि कृतिको बढी नै चर्चा भएको हुनुपर्छ । बुढापाकादेखि, बालबालिका र गाउँले सर्वसाधारणले समेत बुझ्ने सरल भाषाकै कारणले पनि यस ग्रन्थ चर्चाको व्यापकता बढेको हुनुपर्छ । रामायणमार्फत् नै भानुभक्तको राष्ट्रिय पहिचान बनेकोमा दुईमत छैन । भानुभक्त मेधावी बालकका रूपमा त्यसताका उनका गाउँमा चिनिन्थे । तर पनि उनी २२ वर्षका हुँदा मात्र ‘घाँसी’ सँग सम्वाद भएपछि मात्र ज्ञान खुलेको जस्तो देखाइएको छ । घाँस काटेर बचाइएको पैसाबाट कुवा खन्ने इच्छा घाँसीले बताएपछि भानुभक्त आफू धनी भएर पनि केही सामाजिक कार्यहरू गर्न नपाउँदाका हैरानीहरू कवितामा व्यक्त गरेर मार्मिकता पोखेर आफ्नो संवेदनशीलता देखाएका छन् । त्यतिबेला भानुका रम्घामा घाँस विक्री होला जस्तो भौगोलिक परिवेश हेर्दा अहिले पनि देखिन्न, उनको घाँसी कविताले सामाजिक कामतर्फ चेत राम्रैसंग खुलाएको पाइन्छ ।
भानुका कृतिहरूमध्ये सामाजिकता, बौद्धिकता र चिन्तनशीलताका हिसावले उत्कृष्ट लागेर यही ‘प्रश्नोत्तरमाला’ कविताबारे चर्चा गर्न खोजिएको छ । भानुभक्तका रचनाहरू पढेर भन्न सकिन्छ उनी उच्च विचारका भावनाशील कवि हुन् । उनी समाज सुधारमा विश्वास गर्ने कवि हुन् । तत्कालीन समाजका अगुवाहरूले सोच्ने दृष्टि र चिन्तनलाई आधार मानेर यिनले कविता लेखे । नेपालीको जातीय विकासको निम्ति, नेपालको भाषालाई सम्वद्र्धन र संरक्षित गर्नका लागि भानुभक्तले आफ्नो काव्य–कृतिबाट अथक प्रयत्न गरेको देखिन्छ ।
भानुभक्तले सोचेका र कवितामा लेखेका कुुराहरूले पनि जीवन र जगतका कुराहरू कसरी तरङ्गित हुन्छन् सो को प्रमाण बोल्छन् । लोककै हित गर्ने भावनासहित साहित्यमा प्रवेश गरेका भानुभक्त, लोक कल्याणकारी कार्य नै साहित्य हो सम्झेर कविता लेख्दै आएका भानुभक्तका सबै कवितामा लोकहितका भावना मुखरित छन् । भानुभक्त समग्रमा अध्यात्म चेत बोकेका कवि हुनाका साथै सामाजिक व्यङ्ग्यकार कवि पनि हुन् । उनका रचनामा बेथितिका विरोधी हुन भन्ने आभास प्रष्टै देखिन्छ । प्रशासनका कर्मचारीहरूले व्यवहारमा देखाउने भोलिवादका यिनी कट्टर विरोधी छन् । आफूले भोगेको, देखेको र नराम्रो सम्झेको यथार्थलाई उनी नलुकाइकन व्यङ्ग्य कविता भाकामा सरल ढङ्गले आफ्नो विचार पोख्थे । उनले प्रयोग गर्ने भाषिक सरलताको त कुरै नगरौं ।
ठूलो नरक कुन् छ भनेर जान्नू ?
यही शरीरै छ भनेर मान्नू ।
कस्तो स्वभाव स्वर्ग भनेर जान्नू ?
तृष्णा छुट्या स्वर्ग भनेर मान्नू ।।३।।
नरक त आफ्नै गतिविधिले पु¥याउँछ स्वर्ग पुग्नु भनेको आफ्नो तृष्णा छोड्न सक्नु हो । यसको अर्थ ‘स्वर्ग’ र ‘नरक’ आफूभित्र नै हुन्छन् भन्ने ठम्याई र दृष्टि छ । ज्ञान नै सबैथोक हो । मान्छेको मोक्ष हुनु र नहुनुमा यही ज्ञानले नै भूमिका खेल्छन्, उनको निष्कर्ष छस त्यसैले उनी लेख्छन् ः
कुन हो सहज मोक्ष गरायिदिन्या ?
ज्ञान् हो अरूको किन नाम लीन्या ।।५।।
आदर्श मात्र छैनन् भानुभक्तका प्रश्नोत्तरमालामा व्यावहारिक दृष्टि र विचार पनि संप्रेषित छन् ।
कस्लाई खूब मित्र भनेर मान्नू ?
जीत्या तिनै इन्द्रिय मित्र जान्नू ।।७।।
चारलाइन तल उच्चारण भएका कविता अंशले व्यवहारिक दृष्टि र विचारहरू कविको कस्तो छ स्पष्ट बुुझ्न सकिन्छ । मान्छे कस्तो रहनुपर्छ, कस्तो रहँदा मान्छेको मुहारमा सुन्दरता खुल्छ ? उनी कवितामा मान्छेको सुन्दरताबारे यसरी लेख्छन् ः

दरिद्र नाऊँ नरमा छ कस्को ?
विशाल तृष्णा घरमा छ जस्को ।
कुन् हो धनी सब् नरले कह्या को ?
सन्तोषले जो छ खुसी रह्या को ?
सन्तोषम् परम सुखम्का हिमायती देखिन्छन् उनी । तृष्णा हुनेहरू नै दरिद्र हुन्छन् । जो सन्तोषले बाँच्न जान्छन् उनीहरू त हुने हुन् धनी भन्छन् उनी । विचारमा विशालता रहनुले नै भानुभक्तको गहनता आँकलन गर्न सकिन्छ । मलाई लाग्छस भानुभक्त समाजमा चेतना संप्रेषित गर्न रूचाउने व्यावहारिक कवि हुन् ।
प्रत्येक कविता अंशमा व्यवहारिकता झल्किन्छन् । त्यसैले उनी लेख्छन्, कवितात्मक भावनामा यसरी कविताका हरफहरू ‘जिउँदै म¥याको भनि नाउँ छ कस्को ? उद्यम् विना बित्तछ काल जस्को ।’ कवितामा आफैले प्रश्न गर्छन् र कवितामा आफै जवाफ लेख्छन् अनि यस्तै कवितालाई उनी ‘प्रश्नोत्तरमाला’ को नाम दिन्छन् । उनी ‘प्रश्नोत्तरमाला’ कवितामा लेख्छन्—कामदेवको वशमा रहनेहरू सबैको दृष्टिमा तुच्छ रहन्छन् । हितको उपदेश दिनेहरू त गुरूहरू हुन्स उनको दृष्टिमा अपयश भनेको मृत्युतुल्य हुन्छ । सेवा गर्नेहरू नै शिष्य कहलिन्छन्स जन्मनु भनेको नै मर्नु पनि हो त्यसैले उनी कवितामा लेख्छन् —
‘संसार हो जन्मनु मर्नु पन्र्या ।’ शीलस्वभाव नै मान्छेको आभूषण हो । तीर्थ भनेको शुद्ध मन हो । मानवीय स्वभावलाई उत्कण्ठा दिन र मान्छेमा सत्य–निष्ठाका विउ–विजन हुर्काउन प्रश्नोत्तरमालामा भानुभक्त कविले निकै उच्च कोटीका ज्ञान–संज्ञान संप्रेषित गरेका छन् ।
सबैजसो कविता–अंशहरूमा व्यावहारिक ज्ञानका चेतना बाँड्न अथक प्रयत्न गरेको देखिन्छ । ‘विद्या नभएका मूर्खहरू उनका दृष्टिमा पशुतूल्य हुन्छन् । खत–पापि–निच्का नगिचै नपर्नू सज्जनहरूको कर्तव्य हो उनी कवितामा औंल्याउँछन् । सत्य–धर्म नै मानवीय कर्म हो ।
कतिपय नेपाली साहित्यकारले भानुले बधुशिक्षामा लेखेको रचनाको विषय लिएर उनलाई नारी विरोधी कविका रुपमा पनि चित्रण गर्ने गरेका छन् ।
हाँस्नु हुन्न कदापि नारीहरुले बेश्या हुन्या हाँस्तछन् ।
बेश्या हौ नहुन्या तथापि घरको काम ती सबै नास्तछन् ।
सामाजिक विकृति विरुद्ध उनले गरेको व्यङ्ग्यलाई बुझ्न जरुरी छ। भानुले त्यतिबेला महिलालाई समाजमा कसरी हेरिन्थ्यो भन्ने कुरा कविताको माध्यमबाट पुस्ट्याँई गरिदिएका हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

मनोरञ्जन भानुको पहिचान नै रामायण

Most Popular

मञ्जुको उपचारमा २ लाख २० हजारबढी सहयोग

भद्रपुर ११ मंसीर । दुवै मिर्गौला खराब भएकी झापा भद्रपुर नगरपालिका वडा नं–७ की मञ्जु ठकुरीलाई आज उहाँकै निवास पुगेर उपचार...

कारवाहीको माग गर्दै बुहारी आवाजद्वारा प्रधानमन्त्रीलाई ज्ञापन

झापा ११ मंसीर । महोत्तरीमा बलात्कारपछि हत्या गरिएकि बालिका गुलाब खातुनका हत्यारालाई कडा कानुनी कारबाहीको माग गर्दै मेचीमहाकाली संयुक्त बुहारी आवाजले...

हाजिरीजवाफ प्रतियोगितामा बीरेन्द्र मावि प्रथम

भद्रपुर १० मंसीर । झापाको भद्रपुर जेसीजले जेसीज सप्ताह २०२० को ५ औं कार्यक्रम अन्र्तगत भद्रपुर नगरपालिका मावि स्तरीय अन्तर मावि...

चन्द्रगढी विमान स्थलको उत्तरतर्फ मूलगेट र टर्मिनल भवन बन्नुपर्ने माग

झापा १० कार्तिक । चन्द्रगढी विमान स्थलको स्तरबृद्धि पछिल्लो डिपिआर अनुसार अबिलम्ब थालिनु पर्ने माग राख्दै स्थानीयले संघर्ष थालेका छन् ।पछिल्लो डिपिआर...

Recent Comments