Home समाचार महिला हिंसाविरुद्धको लेडी जेसीजको सचेतना कार्यक्रम

महिला हिंसाविरुद्धको लेडी जेसीजको सचेतना कार्यक्रम

विर्तामोड २७ असार । महिला हिंसाविरुद्धको एकदिने सचेतना कार्यक्रम विर्तामोडमा सम्पन्न भएको छ । १ नं. प्रदेश सरकारको सहयोगमा लकडाउनको समयमा महिलामाथिको हिंसा सार्वजनिक भइरहेका बेला त्यस्ता घटनालाई न्युनीकरण गर्ने उद्देश्यले वीरता लेडी जेसीजको आयोजनामा महिला हिंसाविरुद्धको सचेतना कार्यक्रम गरिएको हो ।
वीरता लेडी जेसीजकी अध्यक्ष सुस्मा पौडेलको अध्यक्षता तथा प्रदेश सांसद एकराज कार्कीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा कार्यक्रम संयोजक तथा कार्यकारिणी उपाध्यक्ष कामना उप्रेतीले स्वागत र कार्यक्रम संयोजक तथा उपाध्यक्ष झुमा चुडालले आस्था वाचन गरेका थिए ।
कार्यक्रममा प्रमुख अतिथि कार्कीले महिला शिक्षित भए पनि सक्षम नहुनुका कारण महिला हिंसा घट्न नसकेको बताउँदै त्यसलाई न्यूनिकरण गर्न महिलालाई आत्मनिर्भर बनाउनुपर्ने बताउनु भयो ।
कार्यक्रममा विर्तामोड नगरपालिका –४ का वडाध्यक्ष कुलप्रसाद संग्रौला ,सुन्दर सामुदायिक प्रहरी केन्द्रका उपाध्यक्ष सञ्जीव चापागाईं , वीरता जेसीजका अध्यक्ष मिजास पोखरेल , वीरता लेडी जेसीजकी संस्थापक अध्यक्ष शारदा रिजाल, इनर ह्वीलकी अध्यक्ष रेनु वंशल लगायतले बढ्दो सहरीकरण, प्रविधिको प्रयोग तथा बढ्दो विकृतिका कारण महिला हिंसाका घटना मौलाउँदै आइरहेको बताउँदै महिला हिंसाविरूद्ध बनेका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कानूनको व्यवहारिक कार्यान्वयन हुन सके मात्र महिलामाथि हुने हिंसा कम गर्न सकिने बताएका थिए ।

 

कार्यक्रममा वीरता जेसीजका पूर्वअध्यक्ष राजकुमार पोखरेल , चेम्वर अफ कमर्श झापाका अध्यक्ष ओमकृष्ण विमली , सुन्दर टोल विकास संस्थाका अध्यक्ष हरि दियाली , वीरता लेडी जेसीजकी पूर्वअध्यक्षहरु देवी भण्डारी, राधा सुव्वा, उर्मिला खरेल, पार्वता खरेल विमली, रजनी वजगाईं, नम्रता रिजाल ढकाल, नैनकला भट्टराईलगायतको आतिथ्य रहेको थियो ।
वीरता लेडी जेसीजकी निवर्तमान अध्यक्ष सरु भूर्तेल खनालले औचित्यमाथी प्रकाश पारेको कार्यक्रममा समुन्नत नेपालकी अध्यक्ष तथा महिला अधिकारकर्मी ,अधिवक्ता कोपिला बस्नेत र वीरता लेडी जेसीजकी पूर्व अध्यक्ष तथा एवीसी नेपाल झापाकी अध्यक्ष कञ्चना ढकाल सिटौलाले महिलामाथि हुने हिंसा प्रकृति, महिला हिंसाविरुद्धको कानून, महिलाको हक अधिकार लगायतका वारेका प्रशिक्षण प्रदान गरेका थिए । कार्यक्रमको सञ्चालन वीरता लेडी जेसीजकी महासचिव संगीता गिरीले गर्नुभएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

समाचार महिला हिंसाविरुद्धको लेडी जेसीजको सचेतना कार्यक्रम

Most Popular

चन्द्रगढी विमान स्थलको उत्तरतर्फ मूलगेट र टर्मिनल भवन बन्नुपर्ने माग

झापा १० कार्तिक । चन्द्रगढी विमान स्थलको स्तरबृद्धि पछिल्लो डिपिआर अनुसार अबिलम्ब थालिनु पर्ने माग राख्दै स्थानीयले संघर्ष थालेका छन् ।पछिल्लो डिपिआर...

एनएमसीको १२ प्रतिशत लाभांस वितरणको प्रस्ताव

झापा १० मंसीर । नेपाल बहुउद्देश्यीय सहकारी संस्थाले २८ औं बार्षिक साधारणसभामा पेश गर्ने बार्षिक प्रतिवेदन आज सार्वजनिक गरेको छ ।संस्थाको विर्तामोडस्थित...

पत्रकार काफ्ले र गौतमद्वारा ‘नारी सञ्चार प्रोत्साहन’ अक्षयकोषमा सहयोग

झापा ८ मंसीर । झापाका महिला संचारकर्मीहरुको छाता संगठन नारी सञ्चार गृहले बहुउद्देश्यीय लक्ष्य राखेर स्थापना गरेको अक्षयकोषमा दुई पत्रकारले सहयोग रकम...

मुक्तिचोकमा सरसफाइ र पुष्परोपण, बोलेनन् मन्त्री !

झापा ९ मंसीर । मुक्तिचोक । वास्तवमा यो चोक सबैको मुक्तिका लागि अधिकार बोल्ने मुख्य थलोको रुपमा परिचित छ ।यो चोकमा उभिएर...

Recent Comments