Home समाचार ट्रेड युनियन कांग्रेसको महिला र युवा समिति गठन

ट्रेड युनियन कांग्रेसको महिला र युवा समिति गठन

विर्तामोड २८ असार । झापाको विर्तामोडमा आयोजित नेपाली कांग्रेस सम्बद्ध कार्यकर्ताहरुले भेलाले नेपाल ट्रेड युनियन कांग्रेसको महिला र युवाको नेतृत्व चयन गरेको छ । गठित महिला समितिको अध्यक्षमा लीलादेवी कटुवाल र युवा समितिको अध्यक्षमा मणिकुमार आचार्य निर्विरोध निर्वाचित हुनुभएको छ । ट्रेड युनियनले पहिलोपटक महिला र युवा समितिको अधिवेशन सम्पन्न गरेको हो ।
नेपाल ट्रेड युनियन कांग्रेस झापाको प्रथम परिषद भेला तथा नेपाल ट्रेड युनियन महिला र युवा समितिको अधिवेशनबाट महिला समितिको उपाध्यक्षमा राधिका चुडाल हुमागाई, सचिवमा गीता अधिकारी, सहसचिवमा सिता बस्नेत र कोषाध्यक्षमा गान्धारी मिश्र निर्विरोध निर्वाचित हुनुभएको हो ।
समितिका सदस्यहरुमा रेणुका फुयाल, शोभा थापा, कल्पना राई दाहाल, रेखा रिजाल, अम्बिका सापकोटा र पिङ्की चौधरी रहनुभएको छ ।
यसैगरी युवा समितिको उपाध्यक्षमा आशिस निरौला, महिला उपाध्यक्षमा सिर्जना बुढाथोकी, सचिवमा प्रशान्त राउत, सहसचिवमा रोशन शिवाकोटी र कोषाध्यक्षमा सुनिल चौधरी रहनुभएको छ । समितिका सदस्यहरुमा उत्सव पोखरेल, हरेन राजवंशी र चन्द्रकला फुयाल रहनुभएको छ ।
यसअघि सम्पन्न परिषद भेलाको उद्घाटन गर्दै नेपाली कांग्रेस झापाका पूर्व सभापति तथा संविधानसभा सदस्य सुधिरकुमार शिवाकोटीले मजदुरहरुको आम्दानीको स्तरबृद्धि र जीवनस्तर सुधारपछि मात्रै समग्र राष्ट्रको विकास हुने बताउनुभयो ।
‘विकास भनेको बाटो, विजुली, पानीजहाज, रेल आदिमात्रै होइन, जनताको आम्दानीको स्रोत बढ्नुपर्छ, आर्थिक उन्नति र जीवनस्तर बढ्नुपर्छ, तबमात्र समग्र देशको विकास सम्भव हुन्छ’–नेता शिवाकोटीको भनाई थियो ।
ट्रेड युनियन कांग्रेस झापाका अध्यक्ष यज्ञप्रताप अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा केन्द्रीय बरिष्ठ उपाध्यक्ष महेन्द्र यादव, केन्द्रीय सदस्य उर्मिला पोखरेल, प्रदेश उपाध्यक्षद्वय गोपाल भट्टराई र दीपक प्रधान, नेपाल चियाा श्रमिक संघका अध्यक्ष दीपक तामाङ, नेपाल रेडक्रस सोसाइटी झापाका सभापति लोकराज ढकाल, नेपाल प्रेस युनियन झापा अध्यक्ष इन्दु पूर्वेली लगायतले शुभकामना मन्तब्य राख्नुभएको थियो ।
उपाध्यक्ष गंगा ओडारीले स्वागत गर्नुभएको कार्यक्रममा संस्थाको सांगठनिक प्रतिवेदन सचिव राजकुमारी शेर्पा र आर्थिक प्रतिवेदन कोषाध्यक्ष प्रजित थापाले प्रस्तुत गर्नुभएको थियो । बन्दशत्रले सुझावसहित दुवै प्रतिवेदन पारित गरेको नेपाली कांग्रेस झापाका कार्यालय सचिव जयकुमार दाहालले जानकारी दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

समाचार ट्रेड युनियन कांग्रेसको महिला र युवा समिति गठन

Most Popular

नगरप्रमुख आचार्य सिलीगुढीको किन्स हस्पिटल भर्ना

झापा । झापाको मेचीनगर नगरपालिकाका प्रमुख विमल आचार्यलाई भारतको पश्चिम बंगालस्थित सिलगुडीको किन्स हस्पिटलमा भर्ना गरिएको छ । कोरोना संक्रमण भएपछि विराटनगरको...

गाउँपालिका कार्यालयमा उपाध्यक्षद्वारा तालाबन्दी

अछाम । आफ्नो अधिकार खोसेर एकतन्त्रीय ढंगबाट शासन सञ्चालन गरेको भन्दै अछामको रामारोशन गाउँपालिकाका उपाध्यक्ष सरस्वती रावलले आफ्नो गाउँपालिकामा तालाबान्दी गरेकी छन्।गाउँपालिका...

यसपालीको दशैं टिकाको उत्तम साइत बिहान १०ः१९ बजे

झापा । दशैँको मुख्य दिन कात्तिक १० गते सोमबार विजयादशमी पर्व परेको छ । यस दिन बिहान नौ रात १० दिन पूजा...

महानवमीको विशेष पूजा आराधनाका साथ मनाईंदै

झापा । आश्विन शुक्ल नवमीको दिन आज महानवमी पर्व आज दुर्गा भवानीको पूजा आराधना गरी मनाइँदैछ । कोरोना भाइरस संक्रमणका कारण यो...

Recent Comments