Home दमक तार जोड्ने क्रममा करेन्ट लागेर घाइते

तार जोड्ने क्रममा करेन्ट लागेर घाइते

दमक २७ असार । विद्युत मर्मत गर्ने क्रममा करेन्ट लागेर विद्युत कर्मचारी होमबहादुर अधिकारी घाइते भएका छन् ।
विगत १० वर्षदेखि विद्युत प्राधिकरणको दमक शाखामा ज्यालादारीमा मर्मतको काम गर्दै आएका शिवसताक्षी नगरपालिका–८ का अधिकारीलाई शुक्रबार दमक नगरपालिका–३ हिमाली मावि नजिकै ट्रान्सफर्मरमा तार जोड्ने क्रममा करेन्ट लागेको हो । करेन्ट लागेर भुँईमा लडेका थिए ।
दाहिने हातमा करेन्ट लागेका अधिकारीलाई स्थानीय लाइफ लाइन अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि न्यूरो अस्पताल विराटनगर लगिएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

दमक तार जोड्ने क्रममा करेन्ट लागेर घाइते

Most Popular

Recent Comments