Home समाचार बुद्धशान्तिको बजेट ५३ करोड ५८ लाखमाथि गौरीगञ्जको ४४ करोड बढी

बुद्धशान्तिको बजेट ५३ करोड ५८ लाखमाथि गौरीगञ्जको ४४ करोड बढी

बुधबारे २५ असार। बुद्धशान्ति र गौरीगञ्ज गाउँपालिकाले आर्थिक वर्ष २०७७/७८ का लागि नीति कार्यक्रम तथा बजेट पारित गरेका छन् ।
बुद्धशान्ति गाउँपालिकाले आगामी आवका लागि ५३ करोड ५८ लाख ९३ हजार ४ सय ३० रुपैँयाको बजेट सार्वजनिक गरेको छ भने गौरीगञ्जले ४४ करोड बढीको बजेट बनाएको छ ।
बुद्धशान्ति गाउँसभामा प्रस्तुत नीति तथा कार्यक्रम पारित गर्नुका साथै तयार गरिएको बजेट सार्वजनिक गरिएको गाउँपालिकाकी प्रवक्ता भगवती शर्मा न्यौपानेले बताउनु भयो ।
बजेटले गौरवका योजनाका साथ विकास निर्माणलाई बढी लक्षित गरेको बताइएको छ । प्रवक्ता न्यौपानेका अनुसार बुद्धशान्तिको साविक शान्तिनगर गाविस क्षेत्रमा टमाटर (सस) उद्योग सञ्चालन गर्ने गरी ५० लाख, साविक बुधबारे गाविस क्षेत्रमा सुपारी प्रशोधन उद्योग निर्माणका लागि ५० लाख र सातवटै वडामा सडक कालोपत्रेका लागि ३०/३० लाख रुपैँया विनियोजन गरिएको छ । यी योजनालाई गाउँपालिकाले गौरवको योजनाका रुपमा लिएको जनाएको छ ।
गाउँपालिकाले सो बजेटको स्रोतका रुपमा संघ समानिकरण १३ करोड ५५ लाख, प्रदेश समानिकरण ७३ लाख ९८ हजार, संघ राजश्व बाँडफाँड ८ करोड ११ लाख ३७ हजार ६ सय २ रुपैँया, प्रदेश राजश्व बाँडफाँड ४९ लाख ४० हजार, सशर्त १९ करोड ९७ लाख, आन्तरिक स्रोत ११ करोड १२ लाख १७ हजार ८ सय ३० रुपैँया प्राप्त हुने अपेक्षा राखेको छ ।
दुईवटा वडामा मात्र समान सिलिङ बजेट राखेको गाउँपालिकाले वडा नम्बर १ लाई १ करोड ६ लाख, वडा नम्बर २ मा १ करोड १२ लाख, वडा नम्बर ३ मा १ करोड ६ लाख, वडा नम्बर ४ मा १ करोड ५ लाख, ५ र ६ मा ९५ लाख र ७ नम्बर वडामा ८१ लाख रुपैँया विनियोजन गरेको जनाएको छ ।
गाउँपालिकाले आव २०७७/७८ मा पूर्वाधार विकास र कृषिलाई प्राथमिकतामा राखेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत इन्द्रप्रसाद चापागाईले बताउनु भयो ।
उता गौरीगञ्ज गाउँपालिकाको छैटौं गाउँसभामा उपाध्यक्ष दिपिन्द्र थापाद्वारा गत असार १० गते प्रस्तुत नीति तथा कार्यक्रम बुधबार पारित गदैं आगामी आवका लागि बजेट समेत सार्वजनिक गरेको हो ।
४४ कारोड बढीको बजेट सार्वजनिक गरेको गाउँपालिकाले वडा नं. १ का लागि ८० लाख, २ मा ७२ लाख ३ र ६ नम्बर वडाका लागि ६४/६४ लाख, ४ र ५ नंम्बर वडामा ६०/६० लाख बजेटको सिलिङ तयारी गरेको गाउँपालिकाका अध्यक्ष बाबुराजा श्रेष्ठले जानकारी दिनुभयो ।
गाउँपालिकाको छैटौं गाउँसभामा उत्कृष्ठ तीनजना कर्मचारीलाई सम्मान समेत गरेको थियो । गाउँपालिकाका अध्यक्ष बाबुराजा श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत प्रविन दाहाल लगायतको उपस्थिति रहेको कार्यक्रममा  कर्मचारीहरु योजना शाखाका योजना अधिकृत नारायण प्रसाद चदरा, स्वास्थ्य शाखाका प्रमुख रामचन्द्र मिश्र र वडा नं.–३ का कार्यलय सहयोगी अनिल यादवलाई सम्मान गरिएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

समाचार बुद्धशान्तिको बजेट ५३ करोड ५८ लाखमाथि गौरीगञ्जको ४४ करोड बढी

Most Popular

मुक्तिचोकमा सरसफाइ र पुष्परोपण, बोलेनन् मन्त्री !

झापा ९ मंसीर । मुक्तिचोक । वास्तवमा यो चोक सबैको मुक्तिका लागि अधिकार बोल्ने मुख्य थलोको रुपमा परिचित छ ।यो चोकमा उभिएर...

खुकुरी प्रहारबाट श्रीमती ठहरै, एक घाइते

दमक ८ मंसीर । परपुरुषसंग लागेको शंका गरी झापा दमक नगरपालिका वडा नंं–१ का एक व्यक्तिले आफ्नै श्रीमतिको खुकुरी प्रहार गर्दा श्रीमतीको...

मेची–महाकाली बुहारीद्वारा अधिकारीलाई उपचार सहयोग

झापा ७ मंसीर । मेची–महाकाली बुहारी संयुक्त आवाज केन्द्रीय समिती र झापा जिल्ला समितिको सक्रियतामा झापा धुलाबारीकि शान्ता अधिकारीलाई आर्थिक सहयोग...

जेसीज सप्ताहः एकैदिन तीनवटा कार्यक्रम

भद्रपुर ६ मंसिर । जेसीज सप्ताहको सन्दर्भ पारेर भद्रपुर जेसीजले छुट्टा छुट्टै ३ वटा कार्यक्रमहरु सम्पन्न गरेको छ ।मंसिर ४ गतेबाट...

Recent Comments