Home समाचार सन्दर्भ गिरिजा कोइरालाको जन्मजयन्ती : उच्च मनोबल भएको नेताको आवश्यक

सन्दर्भ गिरिजा कोइरालाको जन्मजयन्ती : उच्च मनोबल भएको नेताको आवश्यक

झापा २४ असार । नेपाली कांग्रेसका सभापति उद्वव थापाले नेपाली राजनीतिमा दृढनिश्चयी, निडर उच्च मनोवल भएको नेताको आवश्यकता रहेको औंल्याउनुभएको छ ।
नेपाली कांग्रेसका पूर्व सभापति तथा पूर्व प्रधानमन्त्री शिखर पुरुष गिरिजाप्रसाद कोइरालाको ९६ औं जन्मजयन्तीको अवसरमा जी.पी. फाउण्डेशन झापाद्वारा आयोजित कार्यक्रममा प्रमुख अतिथिको आशनबाट बोल्दै सभापति थापाले संसद पुनस्र्थापना, माओवादीलाई शान्ति प्रक्रियामा ल्याउने निर्णय गिरिजाप्रसाद कोइरालाका महत्वपूर्ण र दूरगामी निर्णय भएको बताउनुभयो ।
‘एकातिर माओवादीको बन्दुक, अर्कातिर राजाको बन्दुक, दोहोरो बन्दुकको मारमा जनता बाच्न सक्ने अवस्थामा थिएनन्’–नेता थापाले भन्नुभयो–‘त्यसवेला संसद पुनस्र्थापनाको कल्पना कसैले गरेको थिएन । तर गिरिजाबाबुले संसद पुनस्र्थापनाको कुरा उठाउनुभयो, पुनस्र्थापना गरेरै देखाउनुभयो ।’
कोरोना कहर रोकथामका लागि सरकारले प्रभावकारी काम गर्न नसकेको बताउँदै उहाँले ३३ किलो सून, फोरजी सेवा, एनसेल कर, सञ्चारमन्त्री–स्वास्थ्यमन्त्रीको घुसकाण्डले सरकारको असफलता प्रष्ट पार्ने धारणा राख्नुभयो । भ्रष्टचारीको संरक्षण, एक्लै अघि बढ्ने हठ, गुठी विधेयक, राजनीतिक दलसम्बन्धी विधेयक, सञ्चार विधेयक, अवैधानिक तवरबाट संसद स्थगनजस्ता विषयले के.पी.ओली असफल भइसकेको उहाँको टिप्पणी थियो ।
नेपाली कांग्रेस झापाका पूर्व सभापति तथा कार्यक्रमका विशेष अतिथि पूर्णानन्द शर्माले राजनेतामा हुने असल चरित्र गिरिजाप्रसाद कोइरालामा रहेको चर्चा गर्दै जस्तोसुकै संकटमा पनि देश र जनताका लागि हित हुने दूरगामी निर्णय लिने अद्भुत क्षमता उहाँमा रहेको चर्चा गर्नुभयो ।
‘गिरिजाप्रसाद कोइरालाको पालामा देश र जनताका लागि अति महत्वपूर्ण कामहरु भए, संसद पुनस्र्थापना, सहमति, सहकार्य र एकतामार्फत माओवादीलाई शान्तिपूर्ण राजनीतिमा ल्याउने, संवैधानिक राजतन्त्रको अन्त्य अत्यन्तै महत्वपूर्ण निर्णय थिए’–शर्माले भन्नुभयो–‘तर पार्टीभित्र अन्तर्घात गर्ने कुसंस्कार पनि कोइरालाकै पालामा शुरु भयो । अब त्यस कुसंस्कारको अन्त्य कार्यकर्ताले गर्नुपर्छ ।’
नेपाली कांग्रेस झापाका सचिव प्रेम सम्बाहाम्फेले गिरिजाप्रसाद कोइरालालाई भेट्दा छुट्टै ऊर्जा प्राप्त हुने बताउँदै कोइरालाले अनुशरण गरेको बाटोमा अहिलेको राजनीति नचलेको धारणा राख्नुभयो ।
कार्यक्रममा नेपाली कांग्रेस झापाका प्रवक्ता लोकराज ढकाल, नेपाल महिला संघ झापा सभापति सुशिला ढकाल, नेपाली कांग्रेस झापा क्षेत्र नं–२ का सभापति खगेन्द्र मैनाली, नेपाल प्रेस युनियन झापाका अध्यक्ष इन्दु पूर्वेलीलगायतले शुभकामना मन्तब्य राख्दै गिरिजाप्रसाद कोइरालाले बोलेको कुरा गरेरै पु¥याउने गरेको उल्लेख गर्नुभयो । अहिलेका प्रधानमन्त्रीको बोलेको केही पनि कुरा पूरा नगर्ने प्रवृत्तिले देशमा भ्रष्टाचार मौलाएको वक्ताहरुको धारणा थियो ।
जी.पी. फाउण्डेशन झापाका अध्यक्ष बुद्धि न्यौपानेको अध्यक्षता र सचिव महेन्द्र भटराईको सञ्चालनमा सम्पन्न कार्यक्रममा स्वागत दिपक काफ्लेले गर्नुभएको थियो ।

जिपी फाउन्ण्डेसनद्वारा प्रेस युनियनलाई ज्याकेट

विर्तामोड २४ असार । गिरिजाप्रसाद कोइरालाको स्मृतिमा स्थापित जी.पी. कोइराला फाउण्डेशन झापाले नेपाल प्रेस युनियन झापालाई एकसय थान प्रेस ज्याकेट हस्तान्तरण गरेको छ ।
कोइरालाको ९६ औं जन्मजयन्तीको अवसर पारेर झापाको विर्तामोडमा आयोजित जन्मजयन्ती कार्यक्रमका बीच ज्याकेट हस्तान्तरण गरिएको हो ।
जि.पी. फाउण्डेशन झापाका अध्यक्ष बुद्धि न्यौपाने, नेपाली कांग्रेस झापाका सभापति तथा कार्यक्रमका प्रमुख अतिथि उद्वव थापा, विशेष अतिथि पूर्णानन्द शर्मा, सचिव प्रेम सम्बाहाम्फे, फाउण्डेशनका सचिव महेन्द्र भटराइले नेपाल प्रेस युनियन झापा अध्यक्ष इन्दु पूर्वेली, पूर्व केन्द्रीय सदस्य लोकराज ढकाल, निवर्तमान सभापति कृष्ण हुमागाई, सल्लाहकार राजेन्द्र गौतम, सचिव डिल्लीराम घोर्साई, केन्द्रीय पार्षद यज्ञप्रसाद पाठक, लक्ष्मी लुइटेल, रेजिना गौतम, सुशिला संग्रौला लगायतलाई उक्त ज्याकेट हस्तान्तरण गर्नुभएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

समाचार सन्दर्भ गिरिजा कोइरालाको जन्मजयन्ती : उच्च मनोबल भएको नेताको आवश्यक

Most Popular

मञ्जुको उपचारमा २ लाख २० हजारबढी सहयोग

भद्रपुर ११ मंसीर । दुवै मिर्गौला खराब भएकी झापा भद्रपुर नगरपालिका वडा नं–७ की मञ्जु ठकुरीलाई आज उहाँकै निवास पुगेर उपचार...

कारवाहीको माग गर्दै बुहारी आवाजद्वारा प्रधानमन्त्रीलाई ज्ञापन

झापा ११ मंसीर । महोत्तरीमा बलात्कारपछि हत्या गरिएकि बालिका गुलाब खातुनका हत्यारालाई कडा कानुनी कारबाहीको माग गर्दै मेचीमहाकाली संयुक्त बुहारी आवाजले...

हाजिरीजवाफ प्रतियोगितामा बीरेन्द्र मावि प्रथम

भद्रपुर १० मंसीर । झापाको भद्रपुर जेसीजले जेसीज सप्ताह २०२० को ५ औं कार्यक्रम अन्र्तगत भद्रपुर नगरपालिका मावि स्तरीय अन्तर मावि...

चन्द्रगढी विमान स्थलको उत्तरतर्फ मूलगेट र टर्मिनल भवन बन्नुपर्ने माग

झापा १० कार्तिक । चन्द्रगढी विमान स्थलको स्तरबृद्धि पछिल्लो डिपिआर अनुसार अबिलम्ब थालिनु पर्ने माग राख्दै स्थानीयले संघर्ष थालेका छन् ।पछिल्लो डिपिआर...

Recent Comments