Home समाचार बाढीका कारण एक वेपत्ता नौ परिवार विस्थापित

बाढीका कारण एक वेपत्ता नौ परिवार विस्थापित

झापा २७ असार/ स्थानीय फुलवासा खोला तर्ने क्रममा मेचीनगर–१४ दुवागढीका सुकुल हास्दा वेपत्ता भएका छन् ।
खोलाले बगाएर बेपत्ता ४१ वर्षिय हास्दाको खोजी कार्य भइरहेको बताइएको छ ।
विहीबारदेखि भएको बर्षातका कारण खोलो गाउँ पस्दा गौरीगञ्ज –३ आमगाछीका ९ घरपरिवार विस्थापित भएको नेपाल रेडक्रस सोसाइटी झापा शाखाका सभापति लोकराज ढकालले जानकारी दिए ।
नेपाल भारतको सीमानाका रुपमा रहेको साविक कोरोवारी गाविसको आमगाछीमा कनकाई नदी बस्तीमा पसेपछि त्यहाँ बसोबास गर्ने ९ घरपरिवार विस्तापित भएका हुन् ।
पानीका कारण कमल खोलामा आएको बाढीले कमल गाउँपालिका–७ मा जमिन कटान गरेको छ भने मेचीनगर–७ को मदन वस्तीमा झिल्ली खोला पस्दा किसानले लगाएको बाली नस्ट गरेको अध्यक्ष चन्दन मेचेले जनाएका छन् । त्यसैगरी मेचीनगरस्थित माताचोक, भेटघाटचोक हुँदै नकलबन्दा सम्म लगभग एक सय घरमा पानी पसेको वडाध्यक्ष योगेन्द्र थापाले बताएका छन् ।
कनकाई नगरपालिका–६ का ११० घरपरिवार ठूलो पानीका कारण घरको भुँईतलामा पानी पस्दा दिनभर टाँडमा चढेर बसेका थिए । दिउँसो पानीको सतह घट्दै गएपछि सहज भएको स्थानीयले बताएका छन् ।
त्यस्तै बाह्रदशी–१ सिपता बस्तीमा विरिङ खोलो पस्दा १० घर डुवानमा परेको रेडक्रस झापा शाखाले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

समाचार बाढीका कारण एक वेपत्ता नौ परिवार विस्थापित

Most Popular

प्रदेश–१ का जेठा सांसदलाई कोरोना

झापा १४ कात्तिक। प्रदेश–१ मा सबैभन्दा जेठा सांसद ओमप्रकाश सरावगीलाई कोरोना संक्रमण पुष्टि भएको छ। मेची प्रादेशिक अस्पतालको कोभिड उपचार केन्द्रमा...

निजी अस्पतालका बेडबारे डिडिएमसीले अनुगमन गर्ने

झापा १४ कात्तिक । जिल्ला स्थित कोरोना संक्रमण व्यवस्थापन तथा न्यूनिकरण समिति (डिडिएमसी)ले सरकारले तोके अनुसार निजी अस्पतालले कोरोना संक्रमणका लागि...

पत्रकार महासंघ झापा अध्यक्ष सापकोटालाई कोरोना

झापा । नेपाल पत्रकार महासंघ झापा शाखाका अध्यक्ष तारामणि सापकोटालाई कोरोना संक्रमण पुष्टि भएको छ ।मेची प्रादेशिक अस्पतालको मातहतमा रहेको कनकाई...

नगरप्रमुख आचार्य सिलीगुढीको किन्स हस्पिटल भर्ना

झापा । झापाको मेचीनगर नगरपालिकाका प्रमुख विमल आचार्यलाई भारतको पश्चिम बंगालस्थित सिलगुडीको किन्स हस्पिटलमा भर्ना गरिएको छ । कोरोना संक्रमण भएपछि विराटनगरको...

Recent Comments