Home समाचार गृहमन्त्री निकटका मान्छेको फोनमा ट्रिपर छोडियो तर, बेहुलाको गाडी छोडिएन

गृहमन्त्री निकटका मान्छेको फोनमा ट्रिपर छोडियो तर, बेहुलाको गाडी छोडिएन

झापा १८ असार । सिराहबाट दुलही लिन झापा आएको माइक्रो बसलाई इलाका प्रहरी कार्यालय झिलझिलेले सवारी पास नभएको भन्दै रोकीदिएपछि बुधबार बिच बाटोमै बेहुला र १८ जना जन्ती अलपत्र परे ।
भद्रपुर ५ बसपार्ककी मनिका यादवलाई लिन दुलहा बनेर भद्रपुर आउदै गरेका सिराहा १५ का रोहित यादवलाई प्रहरीले साँझ ५ बजे देखी राजमार्गमा रोकेर पौने १० बजे छोडेको हो । जवकी उनीहरुको विवाहको साइत राती सवा ९ बजेको थियो । प्रहरीले व्यवहारिकता नबुझेको उनीहरुले गुनासो गरे । ‘आखिर छाड्नै रहेछ । पाँच घन्टा सडकमा प्रहरीले दुलहालाई किन अलपत्र पारेर छाड्यो ? उनीहरुले स्थानीय संचारकर्मीसंग यही प्रश्न राखे ।
जन्तीका अनुसार सवारी पास बिना जान पाइन्न भन्दै प्रहरीले घर फर्कन भनेको थियो । सिराहाबाट भद्रपुर पुगेर बेहुली लिन झिलझिलेसम्म आइपुगेको जन्तीलाई प्रहरीले घर फर्कन दिएको दवाब सवारी चेकिङ्गमा परेका अन्य कसैलाई पनि चित्त बुझेको थिएन । केहि प्रत्यक्षदर्शी भन्दै थिए, ‘यस्तो व्यवहार गर्ने विवेकहिन इन्सपेक्टर त देखेकै थिएनौं ।’
इलाका प्रहरी कार्यलय झिलझिलेका प्रहरी निरीक्षक कोमल ठाकुर नेतृत्वको प्रहरी टोलीले राजमार्गमा दुलहा सवार ना १ ज ८८८५ नम्बरको माईक्रो रोकेको थियो । उनले जन्ती मात्र रोकेनन् । केहि ट्रिपर पनि रोकेका थिए । प्रदेश गृहमन्त्री हिक्मत कार्की निकटका मानिसले फोन गरेर ट्रिपर छाड्न इन्सपेक्टर ठाकुरलाई दबाब दिएपछि इलाका प्रहरी कार्यालय झिलझिलेको कम्पाउण्ड भित्र पार्किङ्ग गरिएका ट्रिपर छाडिएको एक प्रत्यक्षदर्शीले बताए । तर, बेहुलाको गाडी भने छाडिएन । स्थानीयले भने पहुँच हुनेको छाडियो निरिह सर्वसाधरणको विवाहको गाडी भने झिलझिले प्रहरीले छाडेन ।
जन्तीले जरिवाना तिरेर जान गरेको आग्रहलाई प्रहरी निरीक्षक ठाकुरले इन्कार गरे । जन्तीका अनुसार उनले यतिमात्र भनिरहे, ‘सवारी पास नभएको गाडी फर्काएर घरै जानुहोस । लकडाउनमा विवाह गर्न पाइदैन ।’
बुधबार राती पौने १० बजे सम्म बेहुला सडकमा अलपत्र नै थिए । प्रहरी निरीक्षक ठाकुरले आफ्नै समकक्षीले भनेको समेत टेरेनन् । बेहुला सहितका जन्तीले पटक पटक अनुरोध गर्दा पनि प्रहरी निरीक्षक ठाकुरले कुनै हालतमा नछाड्ने बताएर आफुलाई मानसिक तनाब दिएको बेहुला प्रदिपकुमार यादवले बताए ।
सिराहा बजारबाट दिउँसो १२ बजे बेहुली लिन उक्त माईक्रो जन्ती लिएर भद्रपुरतर्फ आउदै थियो । झापाको झिलझिलेमा आईपुगे पछि सवारी चेकजाँच गर्ने क्रममा प्रहरीले उक्त माईक्रोलाई नियन्त्रणमा लिएको थियो । जन्तीमा सिराहाका एक स्थानीय पत्रकार पनि थिए । उनले पटक पटक अनुरोध गर्दापनि प्रहरी निरीक्षक ठाकुरले कुरा सुन्न नमानेको गुनासो गरे । ‘मैले पटक पटक अनुरोध गरे एकरती सुन्न मान्नुभएन । प्रहरीले परिस्थिती नबुझ्दा हामीले ५ घन्टा सडकमा दुःख र मानसिक पिडा पार्यौ,’ उनले भने ।
जन्तीले १ नम्बर प्रदेश प्रहरी प्रमुखलाई समेत प्रहरीले दुख दिएको गुनासो गरे । त्यसपछि राती साढे ९ बजे मात्र बेहुला सवार माईक्रो प्रहरीले छोडेको थियो । बेहुलीका दाजु रोहित यादवले भने, प्रहरीले दुःख दिएको कुरा सुन्दा कतैबाट पनि चित्त बुझ्दैन । उनले भने, ५ जिल्ला पार गरेर आउँदा सवारी पार्स नचाहिने झापाको झिलझिलेमा चै सवारी पास भन्दै रोकिदिने ? उनीहरुले भने, ‘यो प्रहरीको दुःख दिने नियत हो ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

समाचार गृहमन्त्री निकटका मान्छेको फोनमा ट्रिपर छोडियो तर, बेहुलाको गाडी छोडिएन

Most Popular

यसपालीको दशैं टिकाको उत्तम साइत बिहान १०ः१९ बजे

झापा । दशैँको मुख्य दिन कात्तिक १० गते सोमबार विजयादशमी पर्व परेको छ । यस दिन बिहान नौ रात १० दिन पूजा...

महानवमीको विशेष पूजा आराधनाका साथ मनाईंदै

झापा । आश्विन शुक्ल नवमीको दिन आज महानवमी पर्व आज दुर्गा भवानीको पूजा आराधना गरी मनाइँदैछ । कोरोना भाइरस संक्रमणका कारण यो...

देशबासीका नाममा प्रधानमन्त्री केपी शर्मा ओलीको सम्बोधनको (पूर्णपाठ)

सम्माननीय प्रधानमन्त्रीले बडा दशैंको उपलक्ष्यमा देशवासीका नाममा गर्नुभएको सम्बोधनआदरणीय दिदीबहिनी तथा दाजुभाइहरू,नेपालीहरुको ठूलो चाड, बडादशैं शुरु भइसकेको छ । यस महान् अवसरमा...

कर्णालीका मुख्यमन्त्री शाहीविरुद्धको अविश्वासको प्रस्ताव अस्वीकृत

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्धको अविश्वासको प्रस्ताव बहुमतले अस्वीकृत भएको छ ।शुक्रबार बिहान वीरेन्द्रनगरमा बसेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कर्णाली प्रदेशसभाको संसदीय...

Recent Comments