Home समाचार झापाको वडा नं.–७ मा जनताको तटबन्ध कटान तीब्र, नियन्त्रणको प्रयास जारी

झापाको वडा नं.–७ मा जनताको तटबन्ध कटान तीब्र, नियन्त्रणको प्रयास जारी

मदरगाछ १२ असार । विगत केही दिनदेखि निरन्तर भएको वर्षातका कारण झापा गाउँपालिकाको वडा नं.–७ स्थित जनताको तटबन्धन बाढीले कटान गर्न थालेपछि टप्पु नजिकैको बाँध कटान तीब्र भएपछि त्रास बढेको छ ।
जनताको तटबन्ध अन्तरगतको बाँध तीब्र रुपमा कटान हुन थालेपछि सो क्षेत्र आसपासमा बसोबास गर्नेहरुमा त्रास बढेको हो।
बाढीले कटान हुन मदरगाछ पश्चिममा रहेको उक्त ठाउँमा कटान तीब्र भएसंगै सो क्षेत्रका स्थानीयमा त्रास बढेको स्थानीय काजी क्षेत्रीले बताउनु भयो । उहाँका अनुसार मदरगाछको पश्चिमतर्फको बाँध बाढीले कटान गरेको हो ।
बाँध कटान तीब्र भएसंगै जोखिम बढेर गएपछि स्थानीयबासी, नेपाल प्रहरी र शसस्त्र प्रहरीसहितको टोलीले नियन्त्रणको प्रयास गरिरहेको नेपाल रेडक्रस सोसाइटी झापा शाखाका हरिशरण खड्काले जानकारी दिनुभयो ।
आज दिनभर परेको पानीका कारण आज झापाका अधिकतम क्षेत्र जलामय भएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

समाचार झापाको वडा नं.–७ मा जनताको तटबन्ध कटान तीब्र, नियन्त्रणको प्रयास जारी

Most Popular

कारवाहीको माग गर्दै बुहारी आवाजद्वारा प्रधानमन्त्रीलाई ज्ञापन

झापा ११ मंसीर । महोत्तरीमा बलात्कारपछि हत्या गरिएकि बालिका गुलाब खातुनका हत्यारालाई कडा कानुनी कारबाहीको माग गर्दै मेचीमहाकाली संयुक्त बुहारी आवाजले...

हाजिरीजवाफ प्रतियोगितामा बीरेन्द्र मावि प्रथम

भद्रपुर १० मंसीर । झापाको भद्रपुर जेसीजले जेसीज सप्ताह २०२० को ५ औं कार्यक्रम अन्र्तगत भद्रपुर नगरपालिका मावि स्तरीय अन्तर मावि...

चन्द्रगढी विमान स्थलको उत्तरतर्फ मूलगेट र टर्मिनल भवन बन्नुपर्ने माग

झापा १० कार्तिक । चन्द्रगढी विमान स्थलको स्तरबृद्धि पछिल्लो डिपिआर अनुसार अबिलम्ब थालिनु पर्ने माग राख्दै स्थानीयले संघर्ष थालेका छन् ।पछिल्लो डिपिआर...

एनएमसीको १२ प्रतिशत लाभांस वितरणको प्रस्ताव

झापा १० मंसीर । नेपाल बहुउद्देश्यीय सहकारी संस्थाले २८ औं बार्षिक साधारणसभामा पेश गर्ने बार्षिक प्रतिवेदन आज सार्वजनिक गरेको छ ।संस्थाको विर्तामोडस्थित...

Recent Comments