Home मनोरञ्जन लकडाउनमा बाँससंग खेलेका काजीको काम

लकडाउनमा बाँससंग खेलेका काजीको काम

दयालधाम १० झापा । झापाको दमकस्थित बेलडाँगी रोडमा व्यवसायिक रुपमा होटल सञ्चालन गर्दै आएका झापा गाउँपालिका–७ का काजी क्षेत्री कोरोना संक्रमण जोखिम न्यूनिकरणका लागि गरिएको लकडाउनको समय बाँससंग बिताइरहेका छन् । कोरोनाका कारण होटलसहित अन्य सबै व्यवसाय ठप्प भएपछि अस्थायी रुपमा दमकमा बस्दै आएका उनी झापा गाउँपालिका–७ दयालधामस्थित स्थायी घर फर्किए र आफ्नै खेतबारीमा हुर्किएका बाँससंग सम्बन्ध जोड्न थाले । लकडाउनको समयमा गाउँ–घरदेखि शहरसम्मकै धेरै युवाहरु तास, क्यारेम्बोड, लूडो खेलेर बसिरहँदा काजी र उनको परिवार घरयासी काम र बासको समाग्री बनाउन व्यस्त थियो र छ । हरेक नयाँ सामान तयार हुने वित्तिकै काजी आफ्नो फेसबुक पेजमा अपलोड गरिहाल्छन् ।
यो समय उनका लागि बाँससंंग खेलेर सिपलाई सिर्जनामा बदल्ने र घरैमा सजाउने स्वर्णिम मौका बन्यो । उनीमात्र होइन काजीले आफूसंगै आफ्ना सहयात्री श्रीमती पुष्पा छोरीहरु राउत, समिक्षा, अनिसा र भावनासहितका सन्तानलाई पनि सिप सिकाए र सिर्जनामा बदले ।
स्थानीय स्रोत र साधनको उच्चतम प्रयोग गरेर प्लाष्टिक भन्दा दरो र राम्रा घरायसी प्रयोजनका सामग्री बासबाट बनाउन सकिने उनी बताउँछन् । उनी भन्छन्–‘हामीसँग भएको स्थानीय श्रोत साधनलाई अधिकतम प्रयोग गर्ने हो भने प्लाष्टिक भन्दा दरो शानदार र सौखिन सामग्रीहरु बनाउन सकिन्छ ।’


फुर्सदको समयमा बाँससंग बसिबियालो गर्दै समय कटाएका उनको उत्पादनको आगन्तुकहरुले खुब प्रशंसा गर्ने गरेको उनी सुनाउँछन् । बास प्रयोग गरेर बनाइएका सामग्री देखेर साथीभाइले सोध्ने गरेको बताउँदै उनले भने–‘घरमा आउनुहुने साथी–भाइले बाँसको कुर्सी देख्दा सोध्ने गर्नु हुन्छ कसरी बनाउनु भयो ? घरमा कति सो देखिएको छ भन्दै प्रसंसा गर्नु हुन्छ–मलाई खुशी लाग्छ ।’
स्थानीय साधन श्रोतलाई अधिकतम प्रयोग गर्ने हो भने बाँसबाट प्लाष्टिकभन्दा दरो सामग्री बनाउन सकिने उनको अनुभव छ ।
लाखौ लगानी गरेर आधुनिक भनिएका प्लाष्टिकका सामान कोठामा राख्नका लागि काजीसँग पैसा थियो सोफा राम्रै किनेछ भन्थे होला–तर बाँसका कुर्सी र सोफा बनाउँदा जुन प्रसंशा आयो त्यो पाउने थिइन ।’
‘बाँसलाई परम्परागत भन्ने साथी भाइहरु मित्रहरुलाई के भन्छु भने हामी सँग भएको स्थानीय साधन श्रोतलाई अधिकतम प्रयोग गर्ने हो भने प्लाष्टिक भन्दा दरो शानदार शौखिन बनाउन सकिन्छ’–उनले भने– ‘प्रायः मेरो घरमा आउनु हुने साथी–भाइले बाँसको कुर्सी देख्दा सोध्ने गर्नुहुन्छ कसरी बनाउनु भयो ? घरमा कति सो देखिएको छ भन्दै प्रसंसा गर्नु हुन्छ–मलाई खुशी लाग्छ ।’

साथीहरुबाट अब व्यबसायिक बनाउन सल्लाह र सुझाव आएको बताउँदै उनले भने–‘परम्परगत होइन यसलाई पनि आधुनिक बनाउन सकिनेमा विश्वस्त छु ।’ घरमा आवश्यक सामग्री बाँसबाटै बनाउन सकिनेमा पुरै परिवार नै विश्वस्त भएको उनले बताए । ‘त्यसैले हामी एक भएर स्थानीय बाँसबाट बनाएका सामानमा खुशी छौ’–उनले थपे ।
बाँससंग परिवारले नै खेलेका उनीहरु अब व्यावसायिक बनाउनुका साथै बेरोजगार युवालाई रोजगारी समेत दिने योजनामा रहेको काजीको भनाइ छ । –‘सिपलाई आफ्नो घरमा मात्र सिमित नबनाउने लक्ष्य लिएको बताउँदै काजीले थपे,–‘सिप केन्द्रको विकास गर्ने, युवाहरुलाई सिप बाँड्ने र स्थानीय स्रोत र साधनको सदुपयोग गरी उपयोग गर्न प्रेरणा दिने योजना गरेका छौं ।’

त्यसो त कुकाठ र प्लाष्टिकका सामग्रीभन्दा बाँसबाट निर्मित सामग्री बढी टिकाउ हुने उनको दावी छ । काजीले भने–‘कुकाठ र प्लाष्टिकका सामग्री ५ देखि ७/८ वर्ष टिक्छ भने बाँसको सामान त १५ देखि २० वर्षसम्म टिकाऊ हुन्छ ।’ आफ्नो घरमा १२ वर्ष अघिदेखिको बाँसको टेवल, र्याक र दराज अहिलेपनि देख्न सकिने बताए । यो अवधीमा कुकाठ र प्लाष्टिकका कैयौ सामान फ्याकेको छु –त्यसबाट पनि भन्न सक्छु बाँसमा टिक्ने क्षमता धेरै हुन्छ ।’
आफू बाँसको काममा व्यस्त हुँदा आफ्नै गाउँका युवाहरु पनि तास, क्यारेम्बोड, लूडोमा व्यस्त रहेको देखेपछि उनीहरुलाई पनि काम गर्ने प्रेरणा मिलोस भन्नका लागि पनि उत्पादन भएको सामान सामाजिक सञ्जालमा पोष्ट्याएको उनले बताए । उनले भने–‘त्यसले कसलाई कति प्रेरणा मिल्यो कि मिलेन तर उनको सिपको प्रशंसा र सम्मानले परिवार भने हर्षित छौं ।’
आर्थिक अभाव र चुनौतीको सामना गर्न मेहनत, जागर र परिश्रम अति नै आवश्यक रहेको उनले बताए ।
बैदेशिक रोजगारीबाट प्राप्त रेमिट्यान्सका कारण पछिल्लो समय गाउँघरदेखि शहरसम्मका मानिसलाई अल्छी बनाएको झापा गाउँपालिकाका काजी क्षेत्रीको बुझाई छ ।
रेमिट्यान्सका कारण बजारमा सहज रुपमा विभिन्न प्लाष्टिकजन्य सामग्री किन्न पाइने भएपछि आफ्नै गाउँ घरमा भएका स्रोत र साधनको उपयोग हुन नसकेको उनको बुझाई छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

मनोरञ्जन लकडाउनमा बाँससंग खेलेका काजीको काम

Most Popular

मञ्जुको उपचारमा २ लाख २० हजारबढी सहयोग

भद्रपुर ११ मंसीर । दुवै मिर्गौला खराब भएकी झापा भद्रपुर नगरपालिका वडा नं–७ की मञ्जु ठकुरीलाई आज उहाँकै निवास पुगेर उपचार...

कारवाहीको माग गर्दै बुहारी आवाजद्वारा प्रधानमन्त्रीलाई ज्ञापन

झापा ११ मंसीर । महोत्तरीमा बलात्कारपछि हत्या गरिएकि बालिका गुलाब खातुनका हत्यारालाई कडा कानुनी कारबाहीको माग गर्दै मेचीमहाकाली संयुक्त बुहारी आवाजले...

हाजिरीजवाफ प्रतियोगितामा बीरेन्द्र मावि प्रथम

भद्रपुर १० मंसीर । झापाको भद्रपुर जेसीजले जेसीज सप्ताह २०२० को ५ औं कार्यक्रम अन्र्तगत भद्रपुर नगरपालिका मावि स्तरीय अन्तर मावि...

चन्द्रगढी विमान स्थलको उत्तरतर्फ मूलगेट र टर्मिनल भवन बन्नुपर्ने माग

झापा १० कार्तिक । चन्द्रगढी विमान स्थलको स्तरबृद्धि पछिल्लो डिपिआर अनुसार अबिलम्ब थालिनु पर्ने माग राख्दै स्थानीयले संघर्ष थालेका छन् ।पछिल्लो डिपिआर...

Recent Comments