Home समाचार महिलाको सुझाव सेफ हाउस निर्माण र मार्केटिङ सिप …

महिलाको सुझाव सेफ हाउस निर्माण र मार्केटिङ सिप …

विर्तामोड ७ असार । आगामी आर्थिक वर्ष २०७७/०७८ का लागि बजेट बिनियोजन गर्ने समय नजिकिंदै जाँदा त्यसको पूर्व तयारी स्वरुप विर्तामोड नगरपालिकाले सरोकारवालासंग छलफललाई तिब्र बनाएको छ ।
बजेटमा समेट्नुपर्ने नीति तथा कार्यक्रम सार्वजनिक गर्नुपूर्व नगरपालिकाले नगरमा गर्नुपर्ने काम र समेट्नुपर्ने विषयबस्तुका बारेमा सरोकारवालासंग छलफल गर्दै सुझाव संकलन गरेको हो ।
नगरपालिकाकी उपप्रमुख पवित्रा महतारा प्रसाईको अध्यक्षता र प्रमुख प्रशासकीय अधिकृत पशुपति खतिवडा तथा देवराज कार्कीको उपस्थितिमा आइतवार सम्पन्न नगर क्षेत्रभित्रका क्रियाशिल महिलासंग सम्बन्धित संघ–संस्थाका प्रतिनिधिसंग छलफल सम्पन्न गरेको छ ।
छलफलमा महिलाहरुले नगरभित्र सेफ हाउस निर्माण गर्नुपर्ने, स्कूल तथा स्वास्थ्य केन्द्रहरुमा निःशुल्क सेनेटरी प्याडको व्यवस्था गरिनुपर्ने र त्यसका लागि नगरकै महिलाहरुलाई प्याड निर्माण सम्बन्धी तालिम दिएर उद्यमका रुपमा सञ्चालन गर्ने वातावरण निर्माण गर्नुपर्ने, बजेटलाई जात भन्दा पनि वर्ग केन्द्रीत बनाउनुपर्ने, बालबालिकालाई उनीहरुको रुची र क्षमता अनुसार शिक्षा लिन पाउने वातावरण निर्माण गर्नुपर्ने, एकल महिलालाई सिप दिएर व्यवसायिक बनाउनुपर्ने, नगर क्षेत्रभित्र उत्पादित तरकारीजन्य सामग्रीको बजारीकरणका लागि विक्री केन्द्रको स्थापना गर्नुपर्ने लगायतका सुझाव राखेको नगरपालिकाका न्यायिक फाँटका टिका लामिछानेले जानकारी दिनुभयो ।

महिलाहरुलाई व्यवसायिक (मार्केटिङ) सिप दिनुपर्ने, प्रत्येक वडामा शिशुस्याहार केन्द्र स्थापना गर्नुपर्ने तथा संवैधानिक व्यवस्था अनुसार महिलाका क्षेत्रमा रकम विनियोजन गर्न जोड दिएका महिलाहरुले विनियोजित बजेटलाई रकमान्तर नगर्न समेत सुझाएका थिए । छलफलमा पार्वता खरेल विमली, कमला कमला थापा मगर, गोमा भट्टराई, रञ्जु प्याकुरेल लगायत २० बढी महिलाको सहभागीता थियो ।
यसअघि नगरभित्रका सञ्चार संस्थाका प्रमुख तथा पत्रकारहरुसंगको छलफल गरेको नगरपालिकाले आइतबार नै सहकारी र स्वास्थ्य क्षेत्रका सरोकारवालाहरुबाट छलफल गरी सुझाव संकलन गरेको नगरपालिकाका प्रेस संयोजक तीर्थ सिग्देलले जानकारी दिनुभयो ।
सोही क्रममा नगरपालिकाले आइतबार विभिन्न सरोकारवालाहरुसंग छलफल गरेको नगरपालिकाका प्रेस संयोजक तीर्थ सिग्देलले जानकारी दिनुभयो ।
नगरपालिकाले आइतबार
नीति तथाा कार्यक्रम सार्वजनिक गर्ने दिन नजिकिंदै जाँदा छलफललाई तीब्रता दिएको नगरपालिकाले शिक्षासंग सम्बन्धि यसअघि नै छलफल र सुझाव संकलन गरिसकेको छ भने सोमबार व्यवसायीहरुबाट सुझाव संकलन गर्ने तय गरेको बताइएको छ ।
नगरपालिकाले यही असार १० गते नीति तथा कार्यक्रम प्रस्तुत गर्ने तयारी गरेको सिग्देलले जानकारी दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

समाचार महिलाको सुझाव सेफ हाउस निर्माण र मार्केटिङ सिप …

Most Popular

Recent Comments