Home समाचार कुवेतबाट फर्किएकी १ महिला र २ वर्षे बालिकासहित झापाका ६ जनामा संक्रमण

कुवेतबाट फर्किएकी १ महिला र २ वर्षे बालिकासहित झापाका ६ जनामा संक्रमण

झापा ७ असार । कुवेतबाट स्वदेश फर्किएकी कनकाई नगरपालिकाकी एक महिलामा कोरोना संक्रमण पोजेटिभ देखिएको छ । आइतबार झापामा कोरोना संक्रमण पोजेटिभ देखिएका एक २ वर्षे बालिकासहित ६ जनामा कोरोना संक्रमण पुष्टि भएका मध्ये एकजना कुवेतबाट स्वदेश फर्किएकी महिला रहेको जिल्ला स्वास्थ्य कार्यालय झापाका अधिकृत जीवन चौंलागाँईले जानकारी दिनुभयो । अरु ५ जना भने भारतबाट आएका हुन् ।
आइतबार कोरोना पोजेटिभ देखिएका मध्ये अर्जुनधारा नगरपालिकाका २ वर्षे बालिका उनकी आमा र उनीहरुसंगै आएका एक पुरुष अर्जुनधारा नगरापालिकाले व्यवस्था गरेको क्वारेन्टिनमा थिए भने मेचीनगर–४ का दुई जना बालकल्याण मावि क्वारेन्टिनमा रहेको बताइएको छ । अर्जुनधाराका संक्रमित जेठ २७ गते काँकरभिट्टा हुँदै भारतको विहारबाट फर्किएका थिए भने काँकरभिट्टाका पनि भारतबाटै आएको बताइएको छ ।
झापाका ६ सहित आइतबार देशभर ४२१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने नेपालमा संक्रमितको संख्या ९ हजार २६ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । नेपालमा कोरोना संक्रमण देखिएर मृत्यु हुनेको संख्या २३ पुगेको मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले नियमित कोरोना ब्रिफिङका क्रममा जानकारी दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

समाचार कुवेतबाट फर्किएकी १ महिला र २ वर्षे बालिकासहित झापाका ६ जनामा संक्रमण

Most Popular

खुकुरी प्रहारबाट श्रीमती ठहरै, एक घाइते

दमक ८ मंसीर । परपुरुषसंग लागेको शंका गरी झापा दमक नगरपालिका वडा नंं–१ का एक व्यक्तिले आफ्नै श्रीमतिको खुकुरी प्रहार गर्दा श्रीमतीको...

मेची–महाकाली बुहारीद्वारा अधिकारीलाई उपचार सहयोग

झापा ७ मंसीर । मेची–महाकाली बुहारी संयुक्त आवाज केन्द्रीय समिती र झापा जिल्ला समितिको सक्रियतामा झापा धुलाबारीकि शान्ता अधिकारीलाई आर्थिक सहयोग...

जेसीज सप्ताहः एकैदिन तीनवटा कार्यक्रम

भद्रपुर ६ मंसिर । जेसीज सप्ताहको सन्दर्भ पारेर भद्रपुर जेसीजले छुट्टा छुट्टै ३ वटा कार्यक्रमहरु सम्पन्न गरेको छ ।मंसिर ४ गतेबाट...

साना मझौला व्यवसायी बचत तथा ऋण सहकारीको दशौं साधारणसभा सम्पन्न

विर्तामोड ६ मंसीर । साना मझौला व्यवसायी बचत तथा ऋण सहकारी संस्थाले विभिन्न चरण पार गर्दै दशौं बार्षिक साधारणसभा शनिवार सम्पन्न...

Recent Comments