Home समाचार संखुवासभामा पहिरो, अरुण नदी आंशिक थुनियो

संखुवासभामा पहिरो, अरुण नदी आंशिक थुनियो

संखुवासभा ७ असार । संखुवासभामा पहिरो खस्दा अरूण नदी आंशिक रुपमा थुनिन पुगेको छ ।
आइतबार बिहान साढे ९ बजेतिर मकालु गाउँपालिका वडा नम्बर २ को ओयाङ भन्ने स्थानमा पहिरो खस्दा अरुण नदी आंशिक रुपमा थुनिन पुगेको संखुवासभाका प्रहरी नायब उपरीक्षक नवराज मल्लले जनाउनु भएको छ । ‘माटोको ढिस्को खसेर आंशिक रुपमा अरुण नदी थुनिएको हो । नदी थुनिन जोखिममा परेको प्रकाश राईको परिवारलाई सुरक्षित स्थानमा स्थानन्तरण गरिसकेको मल्लले बताउनु भयो। हिरालाल राई र तिर्थ राईको गोठ पनि जोखिममा पर्न सक्ने देखिएकाले स्थानन्तरणको तयारी भइरहेको बताइएको छ ।
‘जोखिममा रहेका घरमा क्षति पुगेको छैन । पहिरोका कारण नदीमा पानीको सहत बढेमा च्याक्से डाँडामा रहेका ५ देखि ७ घर जोखिम पर्न सक्ने अवस्थालाई ध्यानमा राख्दै सुरक्षा सतर्कता बढाएको मल्लले जानकारी दिनुभयो । प्रहरी प्रमुख मल्लका अनुसार अहिले जोखिमयुक्त स्थलमा नेपाल प्रहरी र नेपाली सेना परिचालन गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

समाचार संखुवासभामा पहिरो, अरुण नदी आंशिक थुनियो

Most Popular

Recent Comments