Home समाचार समाचार आज इतिहासकै दुर्लभ सूर्यग्रहण लाग्दै

आज इतिहासकै दुर्लभ सूर्यग्रहण लाग्दै

झापा ७ असार । आज इतिहासकै दुर्लभ सूर्यग्रहण लाग्ने भएको छ । नेपाल पञ्चाङ्ग निर्णायक समितिका अनुसार ग्रहणले बिहान १०ः५० बजे स्पर्श गर्ने छ । मध्याह्न १२ः३८ बजे मध्य र अपराह्न २ः२३ बजे ग्रहणले मोक्ष प्राप्त गर्ने छ । तीन घण्टा ३३ मिनेटसम्म नेपालबाट ग्रहण देख्न सकिने समितिका अध्यक्ष प्रा. डा. रामचन्द्र गौतमले जानकारी दिनुभयाे ।
सूर्यलाई झन्डै ९० प्रतिशत ढाक्ने गरी लाग्ने ग्रहणका समयमा दुई नक्षत्र (मृगशिरा र आद्रा) परेका छन् । यस्तो विरलै पर्ने हुँदा दुर्लभ भनिएको हो । ज्योतिष गणकहरुले यो विशेष किसिमको ग्रहण भएकाले कोरोना महामारीले आतंकित बनाइरहेका बेला झनै अन्य प्राकृतिक विपत् आउने हो कि भन्ने भन्ने भय एकातिर भएको र अर्कोतिर ग्रहणपछि सबै कुरा मत्थर हुँदै जान्छ कि भन्ने झीनो आशा पनि रहेको बताएका छन् ।
हुन त ग्रहण लाग्नु पृथ्वीवासीका लागि अनुकूल होइन ।आकाशीय पिण्ड अर्थात् ग्रह–ताराहरुको नियमित प्रभाव पृथ्वीमा परिरहेको हुन्छ । सूर्यको प्रभावको त लेखाजोखा नै नगरौँ । पृथ्वीमा रहने हरेक वनस्पति र प्राणीका लागि सूर्य जीवनदायिनी शक्ति हो । वैज्ञानिक दृष्टिमा ग्रहण लाग्नु खगोलीय एक घटना हो तर यस बेला पृथ्वीमा नकारात्मक विकिरण प्रवाह हुने कुरा वैज्ञानिकले पनि स्वीकारेका छन् । यस विकिरणले मानवस्वास्थ्यमा नराम्रो असर गर्छ । त्यसैले सोझै आँखाले ग्रहणतिर हेर्नुहुँदैन ।
धार्मिक मान्यता अनुसार यस अवधिमा निदाउनुहुँदैन । यदि निदायो भने रोग लाग्छ भनिएको छ । त्यस्तै सकेसम्म दिसा–पिसाब गर्नुहुँदैन । खानपान गर्नुहुँदैन । सम्भोग गर्न हुँदैन । गर्भिणीले घरबाहिर निस्कनु झनै राम्रो मानिदैन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

समाचार समाचार आज इतिहासकै दुर्लभ सूर्यग्रहण लाग्दै

Most Popular

नगरप्रमुख आचार्य सिलीगुढीको किन्स हस्पिटल भर्ना

झापा । झापाको मेचीनगर नगरपालिकाका प्रमुख विमल आचार्यलाई भारतको पश्चिम बंगालस्थित सिलगुडीको किन्स हस्पिटलमा भर्ना गरिएको छ । कोरोना संक्रमण भएपछि विराटनगरको...

गाउँपालिका कार्यालयमा उपाध्यक्षद्वारा तालाबन्दी

अछाम । आफ्नो अधिकार खोसेर एकतन्त्रीय ढंगबाट शासन सञ्चालन गरेको भन्दै अछामको रामारोशन गाउँपालिकाका उपाध्यक्ष सरस्वती रावलले आफ्नो गाउँपालिकामा तालाबान्दी गरेकी छन्।गाउँपालिका...

यसपालीको दशैं टिकाको उत्तम साइत बिहान १०ः१९ बजे

झापा । दशैँको मुख्य दिन कात्तिक १० गते सोमबार विजयादशमी पर्व परेको छ । यस दिन बिहान नौ रात १० दिन पूजा...

महानवमीको विशेष पूजा आराधनाका साथ मनाईंदै

झापा । आश्विन शुक्ल नवमीको दिन आज महानवमी पर्व आज दुर्गा भवानीको पूजा आराधना गरी मनाइँदैछ । कोरोना भाइरस संक्रमणका कारण यो...

Recent Comments