Home समाचार सस्तियो विद्युत महसुल, नौ वर्गका ग्राहक

सस्तियो विद्युत महसुल, नौ वर्गका ग्राहक

झापा ५ असार । ग्राहकलाई सात वर्गमा वर्गमा राखेर निर्धारण हुँदै आएको विद्युत महसुल अबदेखि नौ वर्ग कायम गरिएको छ । महसुल समायोजन आयोगले निम्न वर्गाीय जनतालाई सस्तोमा विद्युत उपलब्ध गराउने उद्योग व्यवसायको व्यवसाय लागत घटाउने र उद्यमशीलता प्रवद्र्धन गर्ने लक्ष्यसहित विद्युत उपभोग गर्ने ग्राहकको वर्ग पनि बढेको हो । विद्युत महसुल आयोगले विभिन्न प्रकारका ग्राहकलाई इनर्जी र न्यूनतम शुल्क नलिने, दर घटाउने, ट्रङ्क तथा डेडिकेटेड लाइनको अतिरिक्त शुल्क खारेज, चार्जिङ स्टेसनका लागि नयाँ महसुलको व्यवस्था गर्दै समायोजित दर सार्वजनिक गरेको हो । असार १ गतेदेखि नै कार्यान्वयनमा आउनेगरी तय गरिएको नयाँ महसुल दर अनुसार एकदेखि दस युनिटसम्मको पाँच एम्पियरका इनर्जी शुल्क गार्हस्थ ग्राहकलाई इनर्जी शुल्क तिर्नु नपर्ने भएको छ भने १० युनिटभन्दा माथि खपत गर्ने गार्हस्थ ग्राहकका लागि प्रतियुनिट शुल्कमा न्यूनतम ५ देखि अधिकतम ११ प्रतिशतसम्म घटाइएको छ । यसमा न्यूनतम शुल्कमा पनि ११ देखि ३३ प्रतिशतसम्म कम गरिएको छ ।आयोजले नेपाल विद्युत् प्राधिकरण र उद्योगीबीच विवादको विषय बन्दै आएको डेडिकेटेड र ट्रङ्क लाइनको महसुल व्यवस्था पनि खारेज गरेको छ । लोडसेडिङका समयमा पनि विद्युतको निरन्तर आपूर्ति गर्नेगरी प्रिमियम शुल्क लिने यो व्यवस्थाका कारण उद्योगी र प्राधिकरणबीच विवाद हुँदै आएको थियो ।
डेडिकेटेड र ट्रङ्क लाइनबापत औद्योगिक ग्राहकले ६५ प्रतिशत थप महसुल तिर्नुपर्ने व्यवस्था थियो । आयोगले ६६ केभी प्रसारण लाइनमार्फत विद्युत् खपत गर्ने औद्योगिक उपभोक्ताको इनर्जी शुल्कमा पिक आवरमा ८.६० अफ पिक आवरमा १४.४६ प्रतिशत र अन्य समयमा १०.६७ प्रतिशतले बढाएको देखिएको छ । नयाँ व्यवस्था अनुसार यो वर्गका ग्राहकले नेपाल विद्युत् प्राधिकरणलाई तिर्दै आएको रकम ५० प्रतिशतभन्दा धेरै घट्ने आयोगका प्रवक्ता रामप्रसाद धितालको भनाई छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

समाचार सस्तियो विद्युत महसुल, नौ वर्गका ग्राहक

Most Popular

Recent Comments