Home समाचार नेपालको नयाँ राजनीतिक नक्साले पायो संवैधानिक मान्यता

नेपालको नयाँ राजनीतिक नक्साले पायो संवैधानिक मान्यता

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानको दोस्रो संशोधन विधेयक प्रमाणीकरण गर्नुभएको छ । राष्ट्रिय सभा र प्रतिनिधि सभाबाट पारित विधेयक विहीबार राष्ट्रपति भण्डारीले प्रमाणीकरण गर्नुभएको हो । राष्ट्रपतिले विधेयक प्रमाणीकरण गरेसंगै लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र समेटिएको नेपालको नयाँ राजनीतिक नक्साले संवैधानिक मान्यता पाएको छ ।
निशान छापमा लिम्पियाधुरासहितको नयाँ नक्सा अद्यावधिक गर्न सरकारले ल्याएको संविधान संशोधन विधेयकलाई प्रतिनिधिसभा र राष्ट्रियसभाबाट पारित भई बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरण गरेपछि नयाँ नक्साले संवैधानिक मान्यता पाएको छ ।
अब नेपालको संविधानको अनुसूची ३ मा रहेको निशान छापमा नयाँ नक्सा रहनेछ । संविधान संशोधन विधेयक दुवै सदनबाट सर्वसम्मतिले पारित भएको थियो । प्रतिनिधि सभाबाट ३१ जेठमा सर्वसम्मत पारित भएको विधेयकलाई राष्ट्रिय सभाले बिहीबार नै सर्वसम्मतिले पारित गरेको थियो ।
राष्ट्रिय सभाबाट पारित भई पुनस् प्रतिनिधि सभामा पुगेको विधेयकलाई बिहीबार नै सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपतिसमक्ष पठाउनु भएको थियो ।
लिम्पियाधुरासहितका क्षेत्र समेटेर नेपालको नयाँ राजनीतिक तथा प्रशासनिक नक्सा मन्त्रिपरिषले जेठ ५ गते पास गरेको थियो भने ७ गते नयाँ नक्सा सार्वजनिक गरेको थियो । त्यसको दुई दिनपछि जेठ ९ गते संविधानको अनुसूची ३ मा रहेको निशान छापमा नयाँ नक्सा राख्न संविधान संशोधन विधेयक संसद सचिवालयमा दर्ता गरेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

समाचार नेपालको नयाँ राजनीतिक नक्साले पायो संवैधानिक मान्यता

Most Popular

मञ्जुको उपचारमा २ लाख २० हजारबढी सहयोग

भद्रपुर ११ मंसीर । दुवै मिर्गौला खराब भएकी झापा भद्रपुर नगरपालिका वडा नं–७ की मञ्जु ठकुरीलाई आज उहाँकै निवास पुगेर उपचार...

कारवाहीको माग गर्दै बुहारी आवाजद्वारा प्रधानमन्त्रीलाई ज्ञापन

झापा ११ मंसीर । महोत्तरीमा बलात्कारपछि हत्या गरिएकि बालिका गुलाब खातुनका हत्यारालाई कडा कानुनी कारबाहीको माग गर्दै मेचीमहाकाली संयुक्त बुहारी आवाजले...

हाजिरीजवाफ प्रतियोगितामा बीरेन्द्र मावि प्रथम

भद्रपुर १० मंसीर । झापाको भद्रपुर जेसीजले जेसीज सप्ताह २०२० को ५ औं कार्यक्रम अन्र्तगत भद्रपुर नगरपालिका मावि स्तरीय अन्तर मावि...

चन्द्रगढी विमान स्थलको उत्तरतर्फ मूलगेट र टर्मिनल भवन बन्नुपर्ने माग

झापा १० कार्तिक । चन्द्रगढी विमान स्थलको स्तरबृद्धि पछिल्लो डिपिआर अनुसार अबिलम्ब थालिनु पर्ने माग राख्दै स्थानीयले संघर्ष थालेका छन् ।पछिल्लो डिपिआर...

Recent Comments