Home महिला लैङ्गिकमैत्री बजेटका लागि जिससले समन्वय गर्ने

लैङ्गिकमैत्री बजेटका लागि जिससले समन्वय गर्ने

झापा ३ असार । स्थानीय सरकारले निर्माण गर्ने नीति, कार्यक्रम र बजेटमा लैङ्गिक तथा सामाजिक समावेशीकरण र सामाजिक न्यायका विषयलाई प्राथमिकतामा राख्न ध्यानाकर्षण गराइएको छ ।
सो कार्यका लागि आवश्यक समन्वय र सहयोग पुर्याउन झापाका राजनीतिक दलका महिला नेतृहरुले जिल्ला समन्वय समिति झापाको ध्यानाकर्षण गराएका हुन् ।
बुधबार जिल्ला समन्वय समिति झापाका प्रमुख सोमनाथ पोर्तेल र उपप्रमुख मीना पराजुलीलाई संवाद समूह झापाको संवाद महिला समूहले अनुरोध पत्र बुझाउँदै ध्यानाकर्षण गराएको छ ।
अनुरोध पत्रमा झापाका सबै पालिकाले बनाउने नीति, कार्यक्रम र बजेटमा लैङ्गिक तथा सामाजिक समावेशीकरणका विषयलाई प्राथमिकतामा राख्दै सोको कार्यान्वयनका लागि जिल्ला समन्वय समिति झापालाई समन्वय र सहयोग गर्न भनिएको छ ।
त्यस्तै संविधानले निर्दिष्ट गरेका विषयमा सामाजिक न्यायको अनुभूति गराउन लैङ्गिक तथा सामाजिक समावेशीकरणका विषयलाई स्थानीय सरकारले प्राथमिकता दिनुपर्नेमा जोड दिइएको छ ।
अनुरोध पत्र हस्तान्तरणपछिको छलफलमा जिल्ला समन्वय समिति झापाका प्रमुख सोमनाथ पोर्तेलले लैङ्गिकमैत्री बजेट निर्माण गर्न झापाका गाउँपालिका र नगरपालिकालाई पहल गर्ने बताउनु भयो । बजेट जसका लागि छुट्याउने हो, त्यससंग सम्बन्धित सूचक तयारी गरेर बजेट बनाउनु पर्नेमा पोर्तेलले जोड दिनुभयो । झापामा वेवारिसे रुपमा रहेका शारीरिक तथा मानसिक रुपले समस्यामा रहेका महिला तथा बालबालिकाहरुको स्वास्थ्य संवेदनशिलतालाई ध्यानमा राखि त्यस्ता महिला तथा बालबालिकाहरुका लागि सुरक्षित घर (कबाभ जयगकभ ) यहि आर्थिक वर्षबाट शुरु गर्ने पोर्तेलको भनाइ छ ।
त्यस्तै उपप्रमुख मीना पराजुलीले लैङ्गिकमैत्री बजेट निर्माण गर्न गाउँपालिका र नगरपालिकालाई खवरदारी गर्ने बताउनु भयो । जुन शिर्षकमा बजेट छुट्टिएको हो त्यहि शिर्षकमा कार्यान्वयन भए÷ नभएको अनुगमन गर्ने पराजुलीले बताउनु भयो । शारीरिक तथा मानसिक रुपले समस्यामा रहेका महिला तथा बालबालिकाहरुका लागि झापामा सुरक्षित घर (कबाभ जयगकभ ) निर्माण गर्न प्रदेश सरकारले बजेट छुट्याएको पराजुलीले जानकारी दिनुभयो ।
जिल्ला समन्वय समिति झापाका प्रमुख पोर्तेल र उपप्रमुख पराजुलीले संवाद समूह झापाको महिला टिमले बुझाएको अनुरोध पत्र झापाका गाउँपालिका र नगरपालिकालाई तत्काल पठाइने प्रतिवद्धता जनाए ।
बुधवार भएको छलफलले तीन वुँदे निष्कर्ष निकालेको छ ।
स्थानीय सरकारहरुले जारी गर्ने र गरेका नीति तथा कार्यक्रमहरुलाई लैङ्गिक तथा सामाजिक समावेशीकरणका विषयलाई प्राथमिकतामा राखि सफल कार्यान्वयन गराउन जिल्ला समन्वय समिति समेतले समन्वय र पहल गर्ने, लक्षित वर्गको बजेट कार्यान्वयनका लागि जिल्ला समन्वय समिति, स्थानीय सरकार, संवाद समूहको समन्वयमा थप कार्यक्रम गर्ने र झापामा वेवारिसे रुपमा रहेका शारीरिक तथा मानसिक रुपले समस्यामा रहेका महिला तथा वालवालिकाहरुको स्वास्थ्य संवेदनशिलतालाई ध्यानमा राखी त्यस्ता महिला तथा वालवालिकाहरुका लागि झापामा सुरक्षित घर (कबाभ जयगकभ ) यहि आर्थिक वर्षवाट शुरु गर्ने, त्यसका लागि बजेट विनियोजन गर्ने प्रदेश सरकारलाई धन्यवाद ज्ञापन गर्दै उक्त कार्य पूरा गर्न सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।
कार्यक्रममा संवाद महिला समूहकी सदस्य तथा राप्रपाकी शारदा रिजालले जिल्ला समन्वय समिति झापाका प्रमुख पोर्तेललाई र संवाद महिला समूहकी सदस्य तथा समाजवादी पार्टीकी संगिता रौनियारले जिल्ला समन्वय समिति झापाकी उपप्रमुख पराजुलीलाई अनुरोध पत्र हस्तान्तरण गरेका थिए ।
संवाद महिला समूहकी सदस्य तथा नेपाली कांग्रेसकी पार्वता खरेल विमलीले अनुरोध पत्र वाचन गरेको कार्यक्रमको औचित्यमाथी नेकपाकी नेतृ लक्ष्मी न्यौपाने सरुले प्रकाश पारेकी थिइन् । संवाद महिला समूहकी सदस्य तथा नेपाली कांग्रेसकी उर्मिला पोखरेलले समापन गरेको कार्यक्रमको सञ्चालन संवाद महिला समूहकी सदस्य तथा महिला अधिकारकर्मी कविता शर्माले गरेकी थिइन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

महिला लैङ्गिकमैत्री बजेटका लागि जिससले समन्वय गर्ने

Most Popular

Recent Comments