सुनसरी ३ असार । सादा पोशाकको प्रहरी हुँ भनेर ब्यापारीहरुसंग रकम असुली गर्दै हिड्ने १ जनालाई जिल्ला प्रहरी कार्यालय सुनसरीले पक्राउ गरेको छ । जिल्लाको हरिनगर गाउँपालिका–२ का केही ब्यापारीहरुलाई बिभिन्न डर त्रास देखाई गैह्र कानूनी रुपमा रकम असुली गरिरहेको भन्ने सूचनाका आधारमा भुटाहा प्रहरी चौकीको टोलीले हरिनगरा–५ का २३ वर्षीय असरार अहमद मियालाई मंगलबार दिउँसो पक्राउ गरेको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।
यसरी प्रहरीको बदनाम गरी स्थानीय ब्यापारीहरुसंग गैह्र कानूनी तवरले रकम असुली गर्ने मियाको सम्बन्धमा थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।
प्रहरी हुँ भन्दै ब्यापारीसंग रकम असुल गर्ने पक्राउ
