Home समाचार झापाको लसुनामा भारतीय तस्करद्वारा सशस्त्र प्रहरीमाथि आक्रमण

झापाको लसुनामा भारतीय तस्करद्वारा सशस्त्र प्रहरीमाथि आक्रमण

झापा २ असार । भारतीय तस्कर जबरजस्ती सामान लिएर नेपाल प्रवेश गर्न खोज्दा नपाएपछि झापा गाउँपालिका–१ लसुनामा सोमबार बेलुका तस्करले र नेपालको सीमा सुरक्षार्थ खटिएका सशस्त्रलाई आक्रमण गरेका छन् । तस्करले जबरजस्ती हार्डवेयरका सामग्री लिएर नेपाल प्रवेश गर्न खोल्दा सशस्त्र प्रहरीले रोक्न खोजेपछि तस्करले सुरक्षाकर्मीमाथि आक्रमण भएको बताइएको छ । तस्करहरुको समूहले आक्रमण गरी सुरक्षाकर्मीलाई घिसार्न थालेपछि सशस्त्र प्रहरीले गुहार मागेका थिए ।
२०/२५ जानको संख्यामा रहेका तस्करले शसस्त्रका एकजनालाई घिसार्दै भारततर्फ लगेका थिए । सुरक्षाकर्मीलाई तस्करको समूहले घिसार्दै भारतीय भूमितर्फ लगेपछि सुरक्षाकर्मीलाई स्थानीयले सहयोग गरेको झापा गाउँपालिकाका अध्यक्ष जयनारायण साहले जानकारी दिनुभयो ।
तस्करले सामान लिएर जबरजस्ती नेपाल प्रवेश गर्न खोजेपछि केही समय तनाब भएको भएपनि मंगलबार स्थिति सामान्य रहेको अध्यक्ष साहले जानकारी दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

समाचार झापाको लसुनामा भारतीय तस्करद्वारा सशस्त्र प्रहरीमाथि आक्रमण

Most Popular

Recent Comments