विराटनगर १ असार । मोरङको सुन्दरहरैचा नगरपालिकाका एक युवकको माछा पोखरीमा डुबेर मृत्यु भएको छ । सुन्दरहरैचा नगरपालिका–१० स्थित माछा पोखरीमा नुहाउने क्रममा डुबेर वेपत्ता भएका २० वर्षीय आकाश राई मृत फेला परेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
आइतबार राती सवा ८ बजे साथीहरुसंग नुहाउन पोखरीमा पसेका राई डुबेर बेपत्ता भएका राई सोमबार विहान ९ बजे मृत फेला परेको जनाइएको छ । बेपत्ता युवकको खोजीमा खटिएको बिपद ब्यबस्थापन गुल्म चन्द्रगढी र शसस्त्र प्रहरी सहितको टोली खटिएको थियो ।
माछा पोखरीमा डुबेर युवकको मृत्यु
