Home समाचार कोरोना महामारीमा खर्च भएको भनिएको १० अर्वको हिसाव माग्दै विर्तामोडमा प्रदर्शन

कोरोना महामारीमा खर्च भएको भनिएको १० अर्वको हिसाव माग्दै विर्तामोडमा प्रदर्शन

विर्तामोड ३१ जेठ । कोरोना महामारीमा सरकारले दश अर्ब खर्च भएको जनाएपछि त्यसको हिसाब माग्दै झापाको विर्तामोडमा पनि प्रदर्शन भएको छ ।
स्वतःस्फूर्त रुपमा भेला भएका युवाहरुले दर्के पानीका बावजुद पनि प्रदर्शन कायम राखेका थिए भने प्रदर्शनका क्रममा देशभक्तिका भावले ओतप्रोत भएका तथा जागरण सम्बन्धी गीत गाएका थिए ।
सरकारका तर्फबाट कोरोना महामारीमा दश अर्व खर्च भइसकेको सरकारकाकातर्फबाट सार्वजनिक भएसंगै विगत केही दिनदेखि काठमाडौंसहित देशका विभिन्न भागमा प्रदर्शन भइरहेको छ । सोही अनुसार झापामा पनि युवाहरुले प्रदर्शन गरेका हुन् ।
आ–आफैं स्वतस्फूर्त रुपमा सडकमा निस्किएका युवाहरुले कोरोना परीक्षणका लागि शतप्रतिशत पिसिआर हुनुपर्ने, किन छैन पिसिआर जनता जागे होसियार, युवालाई गरिखाने वातावरण बनाऊ जस्ता नारा लेखिएका प्लेकार्ड बोकेका थिए ।
अधिकतम प्लेकार्ड जनसरोकारसंग जोडिएका नारा लेखिएको भएपनि केही भने अस्लिलता जनाउने खालका प्लेकार्ड समेत देखिएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

समाचार कोरोना महामारीमा खर्च भएको भनिएको १० अर्वको हिसाव माग्दै विर्तामोडमा प्रदर्शन

Most Popular

मुक्तिचोकमा सरसफाइ र पुष्परोपण, बोलेनन् मन्त्री !

झापा ९ मंसीर । मुक्तिचोक । वास्तवमा यो चोक सबैको मुक्तिका लागि अधिकार बोल्ने मुख्य थलोको रुपमा परिचित छ ।यो चोकमा उभिएर...

खुकुरी प्रहारबाट श्रीमती ठहरै, एक घाइते

दमक ८ मंसीर । परपुरुषसंग लागेको शंका गरी झापा दमक नगरपालिका वडा नंं–१ का एक व्यक्तिले आफ्नै श्रीमतिको खुकुरी प्रहार गर्दा श्रीमतीको...

मेची–महाकाली बुहारीद्वारा अधिकारीलाई उपचार सहयोग

झापा ७ मंसीर । मेची–महाकाली बुहारी संयुक्त आवाज केन्द्रीय समिती र झापा जिल्ला समितिको सक्रियतामा झापा धुलाबारीकि शान्ता अधिकारीलाई आर्थिक सहयोग...

जेसीज सप्ताहः एकैदिन तीनवटा कार्यक्रम

भद्रपुर ६ मंसिर । जेसीज सप्ताहको सन्दर्भ पारेर भद्रपुर जेसीजले छुट्टा छुट्टै ३ वटा कार्यक्रमहरु सम्पन्न गरेको छ ।मंसिर ४ गतेबाट...

Recent Comments