Home समाचार झापामा १३ जना संक्रमित थपिए

झापामा १३ जना संक्रमित थपिए

झापा ३० जेठ । झापामा आज एकैदिन १३ जनामा कोरोना संक्रमण देखिएको छ ।
आज कोरोना संक्रमण देखिएका १३ जना मध्ये ११ जना कचनकवल र २ जना बाह्रदशी गाउँपालिकाका स्थानीय रहेको स्वास्थ्य कार्यालय झापाका अधिकृत जीवन चौंलागाईले जानकारी दिनुभयो ।
कचनकवलमा कोरोना पुष्टि भएकाहरु गाउँपालिकाको महेन्द्ररत्न माविको क्वारेन्टाइनमा रहेका हुन भने बाह्रदशीका े २ जना पशुपति मावि राजगढ क्वारेन्टाइनका रहेको बताइएको छ ।
दुवै ठाउँमा संक्रमित देखिएका उनीहरु १० दिन अघि भारतको राजस्थान, दिल्ली, मुम्बई, गुजरात र तमिलनाडुबाट आएका जनाइएको छ ।
झापाका १३ जना संक्रमित मध्ये ७ जनाको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र ६ जनाको प्रदेश प्रयोगशाला विराटनगरमा पिसिआर परीक्षण गरिएको अधिकृत चौंलागाईले बताउनु भयो ।
झापाबाट केहीदिन ३ हजार २ सय ९९ जनाको पिसिआर परीक्षणका लागि नमूना स्वाब संकलन गरी पठाइएका मध्ये अझै लगभग ४ सयजनाको रिपोर्ट आउन बाँकी रहेको चौलागाँईले जानकारी दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

समाचार झापामा १३ जना संक्रमित थपिए

Most Popular

मुक्तिचोकमा सरसफाइ र पुष्परोपण, बोलेनन् मन्त्री !

झापा ९ मंसीर । मुक्तिचोक । वास्तवमा यो चोक सबैको मुक्तिका लागि अधिकार बोल्ने मुख्य थलोको रुपमा परिचित छ ।यो चोकमा उभिएर...

खुकुरी प्रहारबाट श्रीमती ठहरै, एक घाइते

दमक ८ मंसीर । परपुरुषसंग लागेको शंका गरी झापा दमक नगरपालिका वडा नंं–१ का एक व्यक्तिले आफ्नै श्रीमतिको खुकुरी प्रहार गर्दा श्रीमतीको...

मेची–महाकाली बुहारीद्वारा अधिकारीलाई उपचार सहयोग

झापा ७ मंसीर । मेची–महाकाली बुहारी संयुक्त आवाज केन्द्रीय समिती र झापा जिल्ला समितिको सक्रियतामा झापा धुलाबारीकि शान्ता अधिकारीलाई आर्थिक सहयोग...

जेसीज सप्ताहः एकैदिन तीनवटा कार्यक्रम

भद्रपुर ६ मंसिर । जेसीज सप्ताहको सन्दर्भ पारेर भद्रपुर जेसीजले छुट्टा छुट्टै ३ वटा कार्यक्रमहरु सम्पन्न गरेको छ ।मंसिर ४ गतेबाट...

Recent Comments