Home समाचार शैक्षिक संस्थासहित १३ वटा क्षेत्र तत्काल नखुल्ने

शैक्षिक संस्थासहित १३ वटा क्षेत्र तत्काल नखुल्ने

काठमाडौँ २९ जेठ । कोरोना संक्रमण कायमै रहेको भन्दै सरकारले लकडाउन चरणबद्ध रुपमा खुला गर्ने निर्णय गरेको सरकारले विभिन्न १३ वटा क्षेत्र भने तत्काल खोल्न नमिल्ने जनाएको छ ।
सरकारका प्रवक्ता युवराज खतिवडाका अनुसार तत्काल खोल्न नमिल्ने १३ वटा क्षेत्रमा शैक्षिक संस्था, विद्यालय, विश्वविद्यालय, ट्युसन सेन्टर र तालिम केन्द्र, अनुमति प्राप्तबाहेक आन्तरिक र अन्तर्राष्ट्रिय उडान, तोकिए बाहेकका अन्तराष्ट्रिय सीमा नाकाबाट हुने आवतजावत, सबै प्रकारका तालिम, गोष्ठी, सभा र सेमिनार, सबै प्रकारका प्रदर्शन भेला र सम्मेलन, सिनेमाहल, पार्टी प्यालेस, डान्स बार लगायतका मनोरञ्जनस्थल, सार्वजनिक पुस्तकालय, संग्रहालय, चिडियाखाना, सैलुन र ब्युटीपार्लर, स्विमिङ पुल, जिमखानालगायत हेल्थ क्लब, सपिङ महल, समूहमा खेलिने खेलकुद र खेलमैदानमा हुने प्रस्तुति, सबै धार्मिक तथा सार्वजनिक स्थलहरु रहेका छन् ।
अन्य खुल्ला गर्ने क्षेत्रमा भने सरकारी कार्यालय, निजी सवारी साधान, उद्योग व्यापार व्यवसाय, डिर्पाटमेण्ट स्टोर, सबै प्रकारका ढुवानी, पैदल आवागमन खुला गर्ने निर्णय गरेको सरकारले साइकल र मोटर साइकल चल्न दिने, बैंक, वित्तिय संस्था र बिमा कार्यालय खोल्न पाइने, विकास आयोजनाहरु सञ्चालन गर्न पाइने र रेस्टुरेन्ट प्याकिङ दिने गरी खोल्न दिने निर्णय गरेको प्रवक्ता खतिवडाले बताउनु भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

समाचार शैक्षिक संस्थासहित १३ वटा क्षेत्र तत्काल नखुल्ने

Most Popular

Recent Comments